बागलुङ । बागलुङको गलकोट नगरपालिकामा रहेको सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न विधामा सेयर सदस्यहरूलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा ८० वर्ष पुगेका सेयर सदस्यहरू भूमिकला उपाध्याय, तिल कुमारी शर्मा, भवदत्त कँडेल, मनिकला कँडेल, छम बहादुर अधिकारी, मनरूपा थापा रहनुभएको छ ।
यस्तै, असल सदस्यको रुपमा होम बहादुर क्षेत्री, असल ऋण उद्यमीमा नरहरी घिमिरे, असल बचत कर्तामा भिमकली कँडेल र असल बाल बचतकर्तामा इसान बस्नेतलाई सम्मान गरिएको थियो । साथै, २१ जना शेयर सदस्यलाई काँडेवास सदस्य सेवाकेन्द्रबाट पहिलो चरणको प्रथम पटक असल सदस्य प्रदान गरिएको थियो ।
छोटो समयमानै विभिन्न वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गर्दै आइराखेको यस सिवाइसी साकोसको साभारण सभा काँडेवास सदस्य सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमिति सचिव सुशिला गौतम चालिसेको सञ्चालनमा अघि बढेको थियो ।
सेवा केन्द्र संयोजक पवित्रा बुढाथोकी अध्यक्षता तथा प्रमुख अथिती गलकोट नगरपालिका–८ का वडा अध्यक्ष तेज प्रसाद सापकोटाको प्रमुख आथित्यता रहेको कार्यक्रममा सम्पूर्ण शेयर सदस्य तथा विद्यालयको तर्फबाट प्रेम सागर सापकोटाको शुभकामना मन्तव्य रहेको थियो ।