• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

‘काल्पनिक र झुठा समाचार सय पटक दोहोर्‍याए पनि सत्य हुँदैन’


  •   शुक्रबार, माघ ०३, २०७६ मा प्रकाशित
  • रामप्रकाश पुरी

    Advertisement

    हाम्रो पार्टीको सरकारमा जाने नीति खुला भए पनि वर्तमान सरकारमा सामेल हुने हाम्रो पार्टीले कुनै निर्णय गरेको छैन । त्यसैले वर्तमान सकारमा जानका लागि प्रत्यक्ष वा अप्रत्यक्ष तरिकाले कुनै प्रयत्न नै भएको छैन । यसरी पार्टीको निर्णय बेगर को ? सरकारमा जाने वा नजाने भन्ने कुरा कोही कसैले कही बोल्ने र चर्चा गर्ने विषय नै बन्न सक्दैन । राष्ट्रिय जनमोर्चाको तर्फबाट उपसभामुख वा सरकारमा जाने भन्ने काल्पनिक सन्दर्भलाई जोडेर बाहिर आएका एवम् विभिन्न पत्रपत्रिका तथा अनलाइनमा प्रकाशन भएका कुरा सबै झुठ, कपोल कल्पित एवम् सृजित भएको व्यहोरा स्पष्ट गर्न चाहन्छु । यस प्रति हाम्रो पार्टीको प्रथम रुपमै गम्भीर आपत्ति छ ।

    ताजाखबर साप्ताहिकको २०७६ पुष १ गतेको भित्रि पृष्ठमा, ‘प्रचण्डको कमाण्डमा चन्द र भट्टराई फर्कने मन्त्री माग्दै मोहन विक्रम खुमालटारमा’ भन्ने लेखको रुपमा प्रकाशित गरिएको समाचार प्रति आपति जनाउँदै हामी हाम्रो पार्टीको तर्फबाट यस समाचार प्रति खेद प्रकट गर्दै निम्नानुसारको खण्डन गर्दछौं ।

    यो प्रकाशित समाचारबाट हाम्रो पार्टीका महामन्त्री मोहन विक्रम सिंह र सांसद दुर्गा पौडेल र हामीहरुको पार्टीको मान सम्मानमा आँच पुग्ने गरी कपोल कल्पित, झुट्ठा, वनावटी एवम् सृजित लेख्र प्रकाशित गर्ने सम्पादक एवम पत्रिका प्रति गम्भीर आपत्ति प्रकट गर्न चहान्छु । उक्त लेखमा लेखिएको छः ‘माओवादीले जनयुद्ध शुरु गर्दा त्यसैका विरुद्ध पर्चा छापेर देशभर फाल्दै हिंडेका क्रान्तिकारी नेता मोहन विक्रमलाई अहिले श्रीमती दुर्गा पौडेललाई मन्त्री बनाउनु छ ।’

    सोही पत्रिकाले आफ्नो गल्तीलाई ढाकछोप गर्दै हाम्रो पार्टी र पार्टीका जिम्मेवार कमरेडहरुको मान मर्दन गर्दै अझ उक्त पत्रिकाले आफ्नो गलत कर्तुतलाई मिति २०७६ पुष १५ गते पत्रिकाका कार्यकारी सम्पाद कइश्वरी वाग्लेले भित्रि पृष्ठमा ‘स्वार्थमा चोट पर्दा पीत पत्रकारिता’ भन्ने व्यानर शिर्षकमा हुँदै नभएका कुराहरुलाई उल्लेख गर्नुभएको छ ।

    उहाँ लेख्नु हुन्छः ‘हामीलाई सिकाउने हो ? प्रचण्डले डा. भट्टराईलाई कारवाहीगर्दा (रोल्पा फुटीवाङ्ग बैठकबाट) उनको बचाउका निम्ती यिनै क्रान्तीकारी सिंह दिल्ली पुगेर एसडी मुनीलाई भेटेको तथ्य पनि हामीसँग छ त्यो पीत पत्रकारिता हो ?’ उक्त लेखमा समावेश भएको अर्को वाक्यमा उहाँ लेख्नुहुन्छ, ‘महामन्त्री मोहन विक्रम सिंहले प्रथमतः शुरु गरेर विज्ञप्ती प्रकाशित गर्दै समाचारलाई झुट भने पनि अनौठो नमाने हुन्छ । किनकी उनी पहिला प्रधानमन्त्री केपी ओलीसँग श्रीमतीलाई मन्त्री बनाईदिन निकै धाए । ओलीले वेवास्ता गरे पछि खुमलटार धाउन थालेको प्रमाण समाचार सुत्रले गोप्य राखेको छ ।’

    यी माथि उदृत गरिएका वाक्य एवम् उक्त पुरै समाचार झुट र कल्पनामा अतिरञ्जित भएर आएका छन् । यही समाचारलाई केही अनलाइन पत्रिकाले सम्प्रेषण गरेका छन् । यो अति नै गम्भीर आपतिको विषय छ । गलत तथ्य बनाएर प्रमाणबाट कहिँकतै कहिल्यै पुष्टि हुन नसक्ने, केही समयलाई जन मानसमा भ्रम सृजना गर्नु पत्रकारिताको असल आदर्श होइन । कहिल्यै हुन पनि सक्दैन । कुनै काल्पनिक कुरा झुटका आधारमा बनाइएको समाचार सय पटक दोहोर्‍याउँदा पनि सत्य हुन सक्दैन । झुट झुट नै हुन्छ ।

    यस किसिमको झुट्टा एवम काल्पनिक समाचार सम्प्रेषणले हाम्रो पार्टीका जिम्मेवार कमरेडहरुको र हाम्रो पार्टी प्रति जनमानसमा भ्रम सृजना गर्ने प्रयत्नबाट हामी र हाम्रो पार्टीको गम्भीर प्रकारले अपमान गर्ने काम भएको छ ।

    एकातर्फ यो सरकारमा जाने हाम्रो पार्टीले निर्णय गरेको छैन भने अर्को तर्फ प्रधानमन्त्री ओलीसँग उनी प्रधानमन्त्री भए पछि मोहनजीको प्रत्यक्ष एवम परोक्ष रुपबाट भेट नै भएको छैन । पूर्व सभामुख कृष्ण बहादुर महराले राजिनामा दिए पछि उपसभामुखको प्रसंग सुरु भएको हो । यो समयमा मोहनजीको प्रचण्डसंँ कुनै भेटघाट वा फोनमा कुरा समेत नभएको व्यहोरा मोहनजीले पहिले नै स्पष्ट पारि सक्नु भएको छ । माथि उल्लेखित भएको वाक्य पत्रकारको अडकल, अनुमान र कल्पना मात्र हो । यो प्रेस काउन्सिल ऐन, २०४८ र पत्रकार आचार संहिता, २०७३ को पूर्ण विपरित छ ।

    अहिले सदनमा छलफलमा चलि रहेको सूचना प्रविधि विधेयक र पत्रकारिता सम्बन्धी विधेयकहरुको हकमा हाम्रो पार्टीले सर्वदा प्रेश स्वतन्त्रता माथि अनावश्यक नियन्त्रण गर्ने र पत्रकारिता माथि कडा सजायको प्रावधानहरुको विरोध गरेको छ र यो मत अहिले पनि कायम नै छ । हामी यहाँ यो पनि स्पष्ट उल्लेख गर्न चाहन्छौँ की प्रेश स्वतन्त्रताको गलत अर्थ नलगाइयोस्, झुट्टा र कपोल्कल्पित समाचार सृजना गरी प्रकाशन गरेर कसैको इज्जत र चरित्र माथी आँच नपुगोस् । यस प्रकारका गतिविधिहरु माथी पूर्ण नियन्त्रण हुनु पर्दछ ।
    रामप्रकाश पुरी, प्रवक्ता, नेकपा (मसाल)

    शुक्रबार, माघ ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.