• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ६. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

चिनियाँ कम्युनिस्ट पार्टीको अल्पसङ्ख्यक जनजातिप्रति कस्तो नीति थियो ?


  •   सोमबार, कार्तिक ०९, २०८३ मा प्रकाशित
  • निमबहादुर बुढाथोकीमगर ##

    Advertisement

    हामीले नेपालको सन्दर्भमा जातीय समस्याको बारेमा कम्युनिस्ट पार्टीले कस्तो नीति अपनाउनुपर्दछ भन्ने बारेमा धेरै बहस, छलफल गरेका हुन्छौँ । उनीहरूप्रति कस्तो नीति अपनाउँछौँ भन्नेबारेमा र त्यसलाई कार्यान्वयन गर्ने सवालमा चिनियाँ कम्युनिस्ट पार्टीले अल्पसङ्ख्यक जनजातिप्रति कस्तो नीति अपनाएको थियो भन्ने बारे बुझ्नु जरुरी हुन्छ ।

    कमरेड माओत्सेतुङ संस्थापक सदस्य रहनुभएको चिनियाँ कम्युनिस्ट पार्टीको जन्म सन् १९२१ मा भयो । त्यस पार्टीले आफ्नो स्थापनाकालदेखि नै अल्पसङ्ख्यक जनजातिप्रति आदरजतन गर्ने नीति लियो । त्यस्ता जनजातिबाट आएका कार्यकर्तालाई तालिम दिने काम गर्‍यो । सन् १९२१ देखि पार्टी र माओको नेतृत्वमा मङ्गोलियका जनता सङ्घर्षमा उत्रिए ।

    गृहयुद्धको समयमा (सन् १९२४–२७) चिनियाँ कम्युनिस्ट पार्टीले विभिन्न अल्पसङ्ख्यक जनजातिमाझ क्रान्तिकारी सङ्गठन निर्माण गर्‍यो र मजदुर–किसान आन्दोलन चलायो । सन् १९२५ मा गुयाङ्सीमा कम्युनिस्ट पार्टीको स्थापना भयो र पार्टीको नेतृत्वमा गुयाङ्सीका जनताले सन् १९२५ देखि हतियार नै उठाए ।

    सन् १९३४–३५ को लामो अभियान कालमा पनि चिनियाँ कम्युनिस्ट पार्टीले अल्पसङ्ख्यक जनजातिका कार्यकर्तालाई तालिम दिने काम गर्‍यो । फलस्वरूप त्यस अभियानमा चीनका थुप्रै अल्पसङ्ख्यक जनताले लालसेनामा भर्ना भएर युद्ध लडेका थिए । जब लालसेनाहरू मियाओ जनजाति क्षेत्रमा पुग्यो, मियाओ क्षेत्रमा प्रवेश गर्दा कमरेड माओले लालसेनामाझ विस्तारपूर्वक अल्पसङ्ख्यक जनजातिबारे पार्टीनीतिको व्याख्या गरेका थिए ।

    चीनमा अल्पसङ्ख्यक जनजातिका जनताको सङ्घर्षको लामो परम्परा रहेको छ । हानजातिका जनतासँग मिलेर उनीहरूले सामन्तवाद, साम्राज्यवाद र नोकरशाही पुँजीवादको विरुद्ध लामो सङ्घर्ष गरेका थिए । जापानसँगको प्रतिरोध युद्धकालमा (सन् १९३७–४५) इखचाओ लिग र ताचिङ पर्वत क्षेत्रमा पार्टीको जापान विरोधी आधार इलाका बनाउनमा भित्री मङ्गोलियाका थुप्रै जनजातिकाले महत्त्वपूर्ण योगदान दिएका थिए ।

    हुपे प्रान्तका हुई (मुस्लिम) जनताले सन् १९३८ मा जनसेना निर्माण गरी जापानी साम्राज्यवादी ताकतको विरुद्ध लडेका थिए । यसरी चीनका धेरै अल्पसङ्ख्यक जनजातिका जनताले जापानी आक्रमणको विरुद्ध उच्च कोटिको सङ्घर्ष गरेका थिए । त्यसैले उनीहरूको योगदानको कदर गर्दै माओत्सेतुङले भनेका थिए– ‘अल्पसङ्ख्यक जनजातिहरू सबैले चीनको इतिहासको निर्माणमा विशिष्ट योगदान गरेका छन् ।’

    उनीहरूको क्रान्तिप्रति विशिष्ट योगदानकै कारण चिनियाँ कम्युनस्टि पार्टी केन्द्रीय समितिको छैटौँ प्लेनममा कमरेड माओत्सेतुङले अल्पसङ्ख्यक जनजातिबारे चार नीति अघि सारेका थिए । तिनै नीतिमध्ये त्यस बेला माओत्सेतुङले ‘साङ्सी–ग्याङसी–निङ्सा सीमान्त’ क्षेत्रको प्रशासनिक कार्यक्रममा सबै जनजातिका बिच समानताको सिद्धान्तलाई ध्यानमा राखेर मङ्गोल र हुई जनताको राजनीतिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा हानले जतिकै अधिकार पाउने नीति पारित गरेका थिए ।

    कोमिङताङ प्रतिक्रियावादी सरकारले भने चीनलाई बहुजातीय मुलुक मान्नुको बदला अल्पसङ्ख्यक जनजातिलाई बन्दुकले ठिक पार्ने नीति लिएको थियो । मङ्गोल र हुईजस्ता धेरै जनजातिको कल्लेआम गरेको थियो । यसबारे टिप्पणी गर्दै माओले भन्नुभएको थियो– ‘कोमिङताङ जनविरोधी गुट चीनमा धेरै जनजाति छन् भन्ने कुरालाई इन्कार गर्दछ । हानबाहेक अन्य सबै जनजातिलाई ‘प्रजाति’ को बिल्ला भिराउँछ ।

    अल्पसङ्ख्यक जनजातिको विषयमा त्यसले चिङ वंश र युद्धसरदारको सरकारको प्रतिक्रियावादी नीतिलाई ग्रहण गरेको छ र हरसम्भाव तरिकाले तिनीहरूको शोषण र उत्पीडन गर्दछ । सन् १९४२ मा इखचाओ लिगमा मङ्गोल जनजातिका जनताको कत्लेआम, सन् १९४६ देखि आजसम्म सिनच्याङमा रहेको अल्पसङ्ख्यक जनजातिमाथि गरेको सशस्त्र दमन र हालैका केही वर्षमा काङसू प्रान्तमा हुई जनजातिका मानिसको हत्या—यसका केही ज्वलन्त उदाहरण हुन् । यी सबै कुरा हान अन्धराष्ट्रवादमा आधारित गलत विचारधारा र नीतिका परिणाम हुन् ।’

    जापानी साम्राज्यवादीलाई धपाएपछिको स्वाधीन युद्धको समय (सन् १९४६–४९) मा पनि जब स्वाधीन सेनासँग मिलेर मङ्गोल घोडचडी सेनाले उत्तरी चीन, उत्तरपूर्वी चीन र भित्री मङ्गोलियाको मुक्तिको लागि उत्तमस्तरको युद्ध गरेका थिए । हुई सेनाले पनि सन् १९४६ हेवेई सान्दोङ सीमान्त क्षेत्रमा बहादुरीपूर्वक लडेका थिए तर यस्ता बहादुर अल्पसङ्ख्यक जनजाति नमासिउन् भन्ने कुरामा पनि माओ त्यत्तिकै चनाखो हुनुहुन्थ्यो ।

    सन् १९४६ को कुरा हो । जापानी आक्रमणको विरुद्ध सन् १९३८ देखि ८ वर्षसम्म हेवेई सान्दोङ सीमाक्षेत्रमा बहादुरीपूर्वक लडेर इज्जत कमाएको सेनालाई सङ्ग्रामको मैदानबाट हटाएर रेलवे सेनामा खटाइयो । त्यसो गर्दा हुई सेनाले आफूलाई हान सेनाभन्दा निचा गरेको ठहर्‍याएका थिए तर पछि उनीहरूलाई थाहा भयो, माओको आफ्नै सक्रियतामा पार्टीको केन्द्रीय समितिले उनीहरूको क्रान्तिकारी शक्तिको रक्षा र भलाइको लागि उक्त निर्णय गरेको थियो, किनभने रेलवे सेनाले भन्दा स्थलसेनाले धरै युद्ध लड्नुपर्ने हुँदा धेरै क्षति हुन सक्थ्यो । यदि हुई सेनाले, जसको सङ्ख्या एकदमै कम थियो, स्थलसेना भएर युद्ध लडिरहेको भए उनीहरूको विनाश पनि हुन सक्थ्यो । त्यसकारण यस्ता बहादुर जनजातिको, जसले प्रतिक्रियावादी ताकतको विरुद्ध हतियार उठाएर लडेका थिए, मुक्तिको सवाल पनि कम महत्त्वको थिएन । त्यसैले कमरेड माओले सातौँ कङ्ग्रेसमा पेस गरेको रिर्पाेटमा भन्नुभयो– ‘कम्युनिस्टले उक्त उद्देश्य पूरा गर्नका लािग सबै अल्पसङ्ख्यक जनजातिद्वारा गरिने सङ्घर्षलाई सक्रिय भएर मदत गर्नुपर्छ र ती जनजाति र ती जनतासँग गासिएका उनीहरूका नेताहरूसमेतलाई राजनीतिक, आर्थिक एवम् सांस्कृतिक मुक्तिका लागि लड्न मदत गर्नुपर्छ, जसले जनताका हितको रक्षा गर्दछ ।’

    चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो अल्पसङ्ख्यक जनजातिका कार्यकर्तालाई तालिम नीतिअनुसार जापान विरोधी युद्धकाल (सन् १९३६–४५) मा स्वाधीन क्षेत्रको राजधानी युनानमा एउटा जनजातिका लागि प्रतिष्ठान स्थापना गर्‍यो । चीनको इतिहासमा यस प्रकारको यो पहिलो प्रतिष्ठान थियो । चीन सन् १९४९ मा स्वतन्त्र भएपछि यस प्रकारका प्रतिष्ठानले थुप्रै फाइदा उठाएका छन् ।

    कमरेड माओको ‘अल्पसङ्ख्यक जनजातिको बोली, रीतिरिवाज र धार्मिक विश्वासको कदर गरिनुपर्दछ’ भन्ने नीतिअनुसार युनानमा एउटा अर्को संस्था पनि खोलिएको थियो, जसले अल्पसङ्ख्यक जनजातिका भाषा, संस्कृति र धर्म विषयक अध्ययन–अनुसन्धान गर्दथ्यो । त्यस संस्थाले कमरेड माओत्सेतुङले लेख्नुभएको एउटा महत्त्वपूर्ण पुस्तक, जुन हुई जनजाति बारेमा लेखिएको थियो, लगायत थुप्रै पुस्तक प्रकाशन गरेको थियो ।

    चिनियाँ कम्युनिस्ट पार्टीको सातौँ राष्ट्रिय कङ्ग्रेसको एउटा महत्त्वपूर्ण थप उपलब्धि यो थियो– त्यस कङ्ग्रेसले कमरेड माओत्सेतुङको ‘चीनका अल्पसङ्ख्यक जनजातिलाई स्वायत्त शासनको अधिकार देऊ’ भन्ने नीति पारित गरेको थियो । त्यस नीतिअनुसार चिनियाँ कम्युनिस्ट पार्टीले मे १९४७ मा ‘भित्री मङ्गोलियन स्वशासित क्षेत्र’ स्थापना गरेको थियो । यो नै चीनको इतिहासमा जातीय स्वशासन स्थापना भएको पहिलो घटना थियो । चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनाकालदेखि नै कमरेड माओ र केन्द्रीय नेतृत्वले अल्पसङ्ख्यक जनजातिको नेतृत्व, तालिम र मुक्तिको लागि विशेष कार्यक्रम दिएको कुरा अविस्मरणीय छ ।

    २०८३ कात्तिक ६ गते, बागलुङ

    सोमबार, कार्तिक ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रङ्गीन फूलको एउटै माला बनाऔँ
    प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व
    बुढीगण्डकी बाढीले दिएको चेतावनी
    केपी शर्मा ओली : एक त्रिवेणी विमर्श
    सहकारीमा ठगीको जालो : मनोज भट्टद्वारा लिखित पुस्तकको समीक्षा
    ग्यास अभावको विकल्पप्रति गम्भीर बनौँ

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    • ६.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    भर्खरै

    • १.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • २.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ३.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ४.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ५.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    • ६.
      प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    • ७.
      इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    • ८.
      फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.