काठमाडौँ । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।
Advertisement
आज (बुधबार) अपरान्ह ३ बजेर ८ मिनेट जाँदा धक्का महसुस गरिएको हो।
सिन्धुपाल्चोकस्थित चीनको सीमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।
भूकम्पको धक्का काठमाडौं उपत्यका आसपासका धादिङ, गोरखा, काभ्रेमा पनि महसुस भएको छ ।
२०७२ सालको भूकम्पपछि पटकपटक पराकम्प हुँदै आएको छ।