• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

संसदीय पदलाई भयंकर ठुलो ठान्ने सोचाइ गलत हो (अन्तरवार्ता)


  •   शुक्रबार, पुष १८, २०७६ मा प्रकाशित
  • कृष्ण थापा, सांसद, गण्डकी प्रदेश

    Advertisement

    नेकपा (मसाल) को राजनीतिलाई जनतामा पु-याउन बागलुङलगायत विभिन्न स्थानमा कष्टसाध्य काम गर्नुभयो । अहिले सांसदको भूमिकामा हुनुहुन्छ । गतकालको आफ्नो भूमिका कसरी सम्झिनुहुन्छ ?
    नेकपा (मसाल) को राजनीतिमा लाग्दा अर्थात् गतकालमा आफ्नोतर्फबाट भूमिका सम्पादन गर्दाका अनौठा सम्झनाहरू छन् । त्यसलाई मैले पुस्तकको रूपमा ‘अनौठा सम्झनाका ती दिन’ शीर्षकमा प्रकाशित गरिसकेको छु । पञ्चायतको कालरात्री धेरै निरङ्कुश प्रकारको थियो । पार्टीकामका लागि जनतामा जाँदा यातनासहित जेल बस्नुपर्ने, मुद्दामामिला, तारिक बोकी अदालत, प्रशासन, कार्यालय (सदरमुकाम) धाउनुपर्ने हुन्थ्यो । जनताको न्यून चेतनाका कारण कपितय अवस्थामा विरोधपूर्ण परिस्थितिको समेत सामना गरिरहनुपर्ने हुन्थ्यो । राजनीति गरेकै कारण आफ्नो परिवार, जहानबच्चा, आफन्त, साथीभाइ गिरफ्तारी गर्ने अप्ठ्यारो अवस्थाका कारण सार्वजनिक रूपमा साथसहयोग कमै हुन्थ्यो । रातारात उकालीओराली गरेर लुकी लुकी पार्टीको बैठक बस्नुपर्ने अवस्था थियो । आर्थिक समस्याका कारण कैयौँपटक भोकैसमेत रहनुपर्ने हुन्थ्यो । आखिर त्यो पञ्चायती कालरात्री थियो । २०४६ सालपछि निरङ्कुश पञ्चायती व्यवस्था गयो । तर हाम्रो राज्यव्यवस्था अहिले पनि पुनः पञ्चायतलाई सम्झाउनेखालको छ । त्यसखालको नयाँ शासनव्यवस्था अथवा बहुदल आएको भए पनि हामीले भोग्यौँ । नेपाली काङ्ग्रेसद्वारा गरिएको गुण्डागर्दी, झुटा मुद्दा आदि पनि हामीले बेहो¥यौँ । तर पनि सत्य, न्याय मर्दै मर्दैन । एक दिन सत्य र न्यायको जीत हुन्छ नै । हाम्रो हकमा पनि त्यही भएको हो ।

    गतकालमा गरेको दुःखअनुसार पार्टीले मलाई जिम्मा दियो भन्ने लाग्दछ कि लाग्दैन ?
    सभासद भएपछि मैले तपाईले भनेको जस्तै प्रश्न अलि बढी सुन्ने गरेको छु । निर्वाचनको समयमा पनि मलाई धेरै शुभचिन्तक र विरोधीहरूले समेत तपाईलाई पार्टीले टिकट दिएर न्याय गरेको छ, सफलताको शुभकामना छ भनेका थिए । सहानुभूतिको मत पनि मेरो एकहजारभन्दा माथि नै परेको थियो । मेरो विचारमा निरन्तर पार्टीमा काम गर्ने योद्दाले पार्टीको उच्च पद प्राप्त गर्दा सानो (केही) नठान्ने, तर संसदीय पद प्राप्त गर्दा भयङ्कर ठुलो ठान्ने सोचाइ बनाउनु हुँदैन । हाम्रो पार्टीमा पद प्राप्त गरेपछि धेरै मान्छे पलायन भएका पनि छन् । यो साह्रै दुःखको कुरा हो । त्यसकारण पार्टीले दिएको जिम्मा र गरिब जनताको पक्षमा अविरल काम गर्नु छ मलाई ।

    संघीयताको विरोध गर्दागर्दै त्यही संघीय एकाइको सांसद बन्दा अप्ठ्यारो महशुस भइरहेको छैन ?
    संविधानका चार अन्तरवस्तुमध्ये गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षतालाई हामीले समर्थन गरेका छौँ । यससँग जोडिएको एउटा पक्ष हो– संघीयता । यसको हामी संविधान निर्माणकै दौरानमा समेत विरोध गरेका थियौँ । अहिले पनि विरोध गरिरहेका छौँ । यसरी संघीयताको विरोध गरिरहेको अवस्थामा त्यही एकाइको सभासद बन्दा झन् अप्ठ्यारो त भएको छैन भन्ने जुन प्रश्न छ, यसलाई द्वन्द्वात्मक प्रकारले बुझ्नुपर्दछ अर्थात् राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षतालाई समर्थन, तर संघीयताको विरोध । कतिपय पक्षबाट विरोध गर्ने, त्यही व्यवस्थामा समावेश हुनु हुन्न भन्ने गलत तर्क गरेको पनि सुनिन्छ । आज समाजमा समर्थन गरेकोजति राम्रो र विरोध गरेकोजतिलाई अप्ठ्यारो भन्ने तरिकाले बुझ्नु हुँदैन । राज्यबाट जनताका धेरै आवश्यकताहरू पूरा हुन सकिरहेका छैनन् । त्यसलाई पूरा गर्नु हाम्रो दायित्व हो । संघीयताको एकाइभित्रैबाट संघीयताको विरोध गर्नुको आज हामीलाई छुट्टै मजा छ ।

    मैले प्रदेशसभाको पहिलो बैठकमा भनेको थिएँ– ‘संघीयता हिराको सिक्रीले बाँधेको भालु हो ।’ महङ्गो हिराको सिक्रीले बाँधिराखेको भालुलाई बाँधिरहन सकिँदैन, छाडौँ भने गाउँमा ल्याइएको भालुबाट जनताको जनजीवन असुरक्षित हुन्छ । आज प्रदेशका हरेक फोरममा सँगै बसेर काम गर्दा महशुस भइरहेको छ, सरकारबाट कति काम त आर्थिक पक्षको अभावका कारणले सम्पन्न हुन सकिरहेका छैनन् । हामीले बुझिरहेका छौँ, सधैँ अभावैअभावबाट प्रदेश अगाडि बढिरहेछ । आर्थिक अभावकै कारणले प्रदेशको निर्णय राम्रोसँग कार्यान्वयन भएका छैनन् । तीन तहका सरकार आपसमै अन्तरकलह गरिरहेका छन् । त्यसका प्रत्येक पाइलामा हामी बोल्दछौँ । खरबदारी गर्दछौँ । संघीय एकाइभित्रैबाट गलत पक्षको विरोध गर्नु हाम्रो काम हो । धेरै वा थोरै त्यसले हाम्रो काममा बढी प्रभाव पार्ने कुरा त छ नै ।

    गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चाको भूमिका कस्तो रहेको छ ? अरू सांसदहरू के गरिरहनुभएको छ ?
    गण्डकी प्रदेशमा राजमोको सङ्ख्या तीनजनाको रहेको छ । करिब एक वर्षपहिले प्रत्यक्षतर्फबाट निर्वाचित माननीय सांसद टेकबहादुर घर्तीज्यूको असामयिक निधन भयो । त्यसपछि हामी बाँकी दुईजना रहेका थियौँ । कार्यपरामर्श समिति, प्रदेश मामिला सभापति र विधान समितिमा हामी छौँ । अब फेरि रिक्त रहेको स्थानमा पनि राष्ट्रिय जनमोर्चाकै प्रतिनिधि विजय भएर आउनुभएको छ । उहाँलाई उहाँले रोजेको एउटा समितिमा राख्ने छौँ । हामीले प्रदेशसभामा विशेष गरेर तीन प्रकारका एजेन्डालाई बढीजसो उठाउने गरेका छौँ । पहिलो– देश र प्रदेशका समसामयिक राजनैतिक घटना । दोस्रो– प्रदेश सरकारबाट आउने नीति तथा आर्थिक बजेट कार्यक्रम । प्रदेशको विकास योजना, समानता आवश्यकताको आधारमा हुनुपर्ने हाम्रो राय छ । पहुँचको भरमा हुन नहुने भन्ने कुरा हामीले राख्दछौँ । हाम्रो भूमिकाले सत्तापक्ष र प्रमुख प्रतिपक्ष सरप्राइजमा रहनुपर्ने स्थिति छ । यस प्रदेशमा हाम्रो भूमिका अरूको भन्दा फरक र उच्च प्रकारको छ । तेस्रो– विधेयकहरू, जस्तै– सेवासुविधा, करवृद्धि, १० प्रतिशतको थ्रेसहोल्ड, नाम, राजधानी आदि रहेका छन् । त्यसबारे पनि हामी बोल्ने गरेका छौँ ।

    गत दुई वर्षको समयमा प्रदेश सांसदको रूपमा के कस्ता कामहरू गर्नुभयो ?
    म प्रदेशसभाको सांसद भएपछि विशेषतः विकासको काममा अहिलेसम्मको संसदीय इतिहासमा कसैले पनि गर्न नसकेका उल्लेखनीय कामहरूको थालनी भएको छ भन्ने लाग्दछ । बागलुङ क्षेत्र नं. १, २ प्रदेश सत्तामा बसेका व्यक्तिबाट लामो समयसम्म ओझेलमा परिरहेको क्षेत्र हो । विशेषतः अहिलेसम्म पनि बागलुङ कुश्मिसेरा, बरेङ, शान्तिपुर सडकको अवस्था राम्रो छैन । यो सडक मेरो पहिलो प्राथमिकताको योजना हो । यस खण्डमा अहिले पाउजा–दुभिबट र कुश्मिसेरा–राङखानी देवलधारा दुई खण्डमा (१०/१० किलोमिटर) सडक कालोपत्रे हुँदै छ । यसको लागत बजेट करिब ५४ करोड पर्छ । स्थानीय सडक १३, खानेपानी, सिँचाइ, केवलकार (जो प्री डिपिआर चरणमा छ), नमूना कृषिगाउँ, विद्यालय सहायता, मोटरेबल पुल चारवटा, झोलुङ्गे पुल आदि गर्दा (२०७६ सालभित्रमा) करिब डेढ अरब रुपैयाबराबरको बजेट मेरो निर्वाचन क्षेत्रमा भित्रिएको छ । यी मैले गरेका मुख्य कामहरू हुन् ।

    तपाईले प्रदेश मुख्यमन्त्रीको रेडलाइट एरिया व्यवस्थित गर्नुपर्दछ भन्ने अभिव्यक्तिको विरोध गर्नुभयो । गण्डकी प्रदेशमा यो समस्या कस्तो छ र ?
    गण्डकी प्रदेशका मुख्यमन्त्रीज्यूले पोखराको एउटा कार्यक्रममा लेकसाइडमा रेडलाइट (वेश्यावृत्ति) सञ्चालन गरी कर लिएर विकास गर्ने अभिव्यक्ति दिनुभएको थियो । यस सम्बन्धमा प्रदेशसभामा सर्वप्रथम यस अभिव्यक्तिको विशेष समय लिएर मैले आलोचना गरेको थिएँ । यसमा मेरो मुख्य भनाइ थियो– हामीले कर आदिको बहानामा रेडलाइट सञ्चालन गर्ने हो भने यसले नेपाली समाजमा नराम्रो विकृतिपूर्ण अवस्था सृजना गर्ने छ । यसको परिणाम भयावह हुने छ । त्यसैले रेडलाइट सञ्चालन हैन, त्यसलाई नियन्त्रण र दुरुत्साहन गर्नुपर्दछ । मैले यसरी मुख्यमन्त्रीको अभिव्यक्तिको आलोचना गरेको थिएँ । आज विश्वका धेरै देश रेडलाइट एरिया सञ्चालन गरेर, असफल भएर पछि हटिरहेका छन् । राज्यबाट होटल सञ्चालनमा अस्तव्यस्त, युवायुवतीमा अराजकता, बेरोजगारी, लागूपदार्थमा अनियन्त्रण, मदिरामातले गर्दा रेडलाइट आदि कारणले पोखरा बजारका केही क्षेत्रमा अलि बढी चर्चा, विरोध भएका छन् । त्यो सानो प्रयत्नबाटै समस्या समाधान हुने छ । राज्यको ध्यान त्यसको नियन्त्रणतर्फ जानु आवश्यक छ ।

    तपाई सांसद बन्नुभएपछि प्रदेशमा राष्ट्रिय जनमोर्चाको छवि व्यापक भएको ठान्नुहुन्छ ? राजमोलाई प्रदेशव्यापी स्थापित गर्न के गर्नुपर्दछ भन्ने लाग्दछ ?
    मेरो अथवा राष्ट्रिय जनमोर्चाको उपस्थितिले प्रदेशसभा गुञ्जायमान नै भएको छ । सत्ता र प्रतिपक्ष हाम्रो उपस्थितिबाट गलत कामको तुरुन्त खण्डन हुन्छ भन्ने तथ्यप्रति सचेत छन् । हामीले उठान गर्ने विषयवस्तुबाट आलोचित पनि भएका छन् । बागलुङ जिल्लाबाहेक धेरै जिल्लामा राष्ट्रिय जनमोर्चाको राम्रो जनाधार बन्न सकेको अवस्था छ । नियमित सङ्गठन निर्माण गर्ने ठुलो सङ्ख्यामा नेता/कार्यकर्ताको अभावको कारण आधार हुँदाहुँदै पनि सङ्गठन बन्न सकिरहेको छैन । धेरै स्थानमा सङ्गठन निर्माणका लागि सम्पर्क भइरहेको अवस्था छ । आगामी दिनमा त्यसलाई हामीले सम्बोधन गर्नुपर्ने छ ।

    एउटा सांसदको रूपमा तपाईका आगामी योजना के कस्ता छन् ?
    धेरै कुरा त मैले माथि नै भनिसकेँ । चुनावको समयमा निर्वाचन क्षेत्रमा गरेका मेरा प्रतिबद्धता छन्, त्यसलाई पूरा गर्नु छ । अहिले प्रदेशबाट केही जग बसालेको छु । त्यसलाई आगामी दिनमा निरन्तरता दिनका लागि अगाडि बढ्ने छु । राष्ट्रिय, अन्तर्राष्ट्रिय र प्रदेशको समस्यामा सङ्घीयताको खारेजी, त्यसले दिएको चुनौती, बाधासम्बन्धमा नियमित कार्ययोजनाका साथ अगाडि बढ्ने छु । नियमित रूपमा बस्ने बैठकद्वारा जनताको पक्षमा योजना बनाउने र जनताको हित विपरीत ती योजना बनेमा त्यसलाई रोक्ने काममा सङ्घर्ष गर्ने छु । बढ्दो करवृद्धि, हाम्रो पार्टीसमेतमाथि लगाइएको १० प्रतिशत थ्रेसहोल्ड र जनप्रतिनिधिलाई दोहोरो सुविधाजस्ता कुरा रोक्न लागिपर्ने छु । यस अवधिमा उत्तरमा कोरला र दक्षिणमा सुस्ता–त्रिवेणी नाका सञ्चालन, शान्ति, सुरक्षा, जेल (कारागार सुधार) र तीन मन्त्रालयको आर्थिक वर्षको खर्च (बजेट) मा निगरानी, निर्देशन दिनेबारेमा विशेष सचेत रहने छु ।

    प्रदेश सांसदको रूपमा सिङ्गै प्रदेशका लागि सोच्नुपर्नेमा तपाई धेरैजसो बागलुङमा केन्द्रित हुनुभयो भन्ने आरोपबारे के भन्नुहुन्छ ?
    सर्वप्रथम म समानुपातिकतर्फको सांसद नभई प्रत्यक्ष निर्वाचित सांसद हुँ । सैद्धान्तिक रूपमा सबैसँग (प्रदेश) का समस्या पूरा गर्नेबारे अपेक्षा राख्नु स्वाभाविक हो । तर व्यावहारिक रूपमा अलि नमिल्दो हुँदो रहेछ । सबैतिर सबै काम सम्पन्न हुनेगरी मिलाउन अप्ठ्यारो स्थिति बन्ने गरेको छ । त्यसका बाबजुद समानुपातिक सभासद हामीसँग पनि हुनुहुन्छ । तर मसित आफ्नो निर्वाचन क्षेत्र बागलुङसँगको दायित्व बढी भएकाले, धेरै विकासका र सङ्गठनात्मक जिम्मेवारी पनि बागलुङसितै जोडिएकाले त्यो आरोपभन्दा पनि सत्य नै देखिएको ठान्दछ । त्यो स्वाभाविक पनि छ । मबाट हुन सक्नेजति स्थानमा यदि पार्टीले खटाएको अवस्थामा सङ्गठनात्मक काममा लाग्ने छु ।

    देशको वर्तमान परिस्थतिलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
    देशको वर्तमान अवस्थामा शान्ति, सुरक्षा, भ्रष्टाचार नियन्त्रण, महङ्गी र राष्ट्र निर्माणका लागि क्रमशः पाँचवर्षे, दशवर्षे र बिसवर्षे योजना बनाई अगाडि बढ्नुपर्ने दीर्घकालीन कार्ययोजनाको अहिले पनि अभाव छ । सङ्घीयताको कारण जनतामा ठुलो व्ययभार थपिएको छ । पहुँचको आधारमा योजना विनियोजन गरिन्छ । आवश्यकता, समानता, भूगोल, पिछडिएका जातिको बारेमा ध्यान दिइदैन । वैदेशिक हस्तक्षेप विशेषतः भारतीय साम्राज्यवादको हस्तक्षेप बढेको छ । उही परम्परावादी प्रकारले शासन सञ्चालन भइरहेको देशको अवस्था छ ।

    सांसदबाट पछि फर्किएर फेरि ती पुरानै भूमिकामा फर्कनु सम्भव छ ? यदि त्यस्तो स्थिति आयो भने त्यसका लागि तपाई तयार हुनुहुन्छ ?
    मैले प्रकाशन गरेका पुस्तकहरू तपाईले अध्ययन गर्नुभएकै छ । खास रूपमा भन्ने हो भने पुरानो भूमिका नै मेरो वर्तमान हो । म त्यसरी नै अहिले पनि चल्दछु । कतै तपाईले मलाई संसदीय समितिको (सभापतिको) सामान्य सुविधाबाट आफ्नो विगत बिर्सने शङ्का गर्नुभएको होला । तर मेरो जीवनको सबैभन्दा ठुलो सम्पत्ति नै पुुरानो भूमिका हो । वितमा जनताको पक्षमा गरिएको आन्दोलन, संघर्ष महत्वपुर्ण विषय हो । पार्टीले निर्णय गरेर मलाई अर्को भूमिकामा फर्कने आदेश दिएमा एक सेकेन्ड पनि नरोकिई तुरुन्त म नयाँ भूमिकामा फर्कने छु । त्यो काम गर्न मलाई कत्ति पनि गाह्रो हुने छैन । म त पार्टी बिना पानी बिनाको माछाजस्तै हुँ ।

    आफ्नो गतकालको अनुभवको आधारमा नेकपा (मसाल) को राजनीतिमा आएका नयाँ पिढीलाई के भन्न चाहानुहुन्छ ?
    राजनीतिमा विगतको जस्तो अवस्था अहिले छैन । खुला परिवेश आएको छ । त्यसका साथै काम गर्नेभन्दा पनि एक–अर्कालाई तानातान गरेर बखेडा गर्नेजस्तो विकृति देखिएको छ । यता, उत्पीडित जनताको अवस्थामा भने खासै परिवर्तन भएको छैन । नैतिकता, अनुशासन र इमान्दारिता र निस्वार्थ भावनाले संघर्ष, संगठन तथा जिम्मेवारी लिई सुन्दर सपना पूरा गर्ने काम नयाँ पुस्ताको नै हो । त्यसैले उनीहरूले जिम्मेवारी लिनुपर्छ । भविष्य हाम्रै हो ।

    अन्तमा, युगदर्शन मार्फत् भन्नुपर्ने थप केही छन् कि ?
    हाम्रो पार्टीले लामो समयसम्म हाँक साप्ताहिक सञ्चालन गरेको थियो । अहिले हाँक साप्ताहिक पत्रिका पार्टी निर्णय नमान्ने अनुशासनविहीन तत्वहरूबाट सञ्चालित छ । त्यसैले अहिले हाँक साप्ताहिकले हाम्रो पार्टीको विरुद्ध क्रमशः भ्रम सिर्जना गर्ने काम गरेको छ । अब युगदर्शन साप्ताहिक पार्टीको आधिकारिक पत्रिका बनेर आएको छ । यसले उत्पीडित जनता र सिंगो युगको प्रतिनिधित्व अविरल रूपमा गर्ने छ । मलाई आफ्ना विचार, भावना राख्न दिनुभएकोमा हार्दिक हार्दिक धन्यवाद व्यक्त गर्दछु । (अन्तर्वार्ताः प्रकाश थापा)

    शुक्रबार, पुष १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्वस्थ भए पनि मसालप्रति प्रतिबद्ध छु
    लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो– प्रथम राष्ट्रपति डा यादव
    गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
    पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार
    तानाशाही ध्येयका साथ विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाइँदैछ : जिसी (भिडियो अन्तर्वार्ता)
    चीनमा स्वेच्छिक अंगदाता संख्या ७३ लाख नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.