• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

देश अहिले अँध्यारो कालो सुरुङतिर धकेलियो : केसी


  •   शुक्रबार, साउन १३, २०७९ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देश अहिले अँध्यारो कालो सुरुङतिर धकेलिएको बताउनुभएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका जनप्रतिनिधिहरुको बुटवलमा आयोजित तीने दिने प्रशिक्षणको शुक्रबार उद्घाटन गर्दै अध्यक्ष केसीले देशका ठूला पार्टीहरुले सत्ताका लागि देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा सौदाबाजी गरेको आरोप लगाउनुभयो ।

    भारतीयलाई नागरिकता दिन संसदबाट जबर्जस्ती नागरिकता विधेयक पास गरेको केसीले बताउनुभयो ।
    ‘देश आज दिनप्रतिदिन अत्यन्त अप्ठ्यारो कालो सुरुङतिर प्रवेश गरिरहेको छ । मुलुकका प्रमुख पार्टीहरु मुलुकको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षा गर्नु होइन, त्यसको सौदाबाजी गरिरहेका छन् । सत्तामा जाने जुनसुकै मूल्य चुकाएर भए पनि चुनाव जित्ने’ केसीले भन्नुभयो, ‘बारम्बार सत्तामा बस्ने र मुलुकलाई हरिकंगाल बनाउने । अहिले त मुलुकको अस्तित्वमा समेत प्रश्नचिन्ह खडा गरेका छन् । साम्राज्यवादी हरुले देशलाई क्रिडास्थल बनाएका छन् । त्यो अप्ठ्यारो स्थितितिर मुलुक गइरहेको छ ।’

    अध्यक्ष केसीले राष्ट्रिय जनमोर्चा राष्ट्रियताको सवालमा संसदमा एक्लै हुने गरेको बताउनुभयो । संसदले पारित गरेका कैयौं राष्ट्रघाती विधेयकविरुद्ध पार्टी एक्लै उभिएको केसीले स्मरण गर्नुभयो ।

    ‘जनताले चुनेर पठाएका धेरै मान्छेहरु कति धेरै प्रतिनिधि छन् । प्रतिनिधि सभामा पनि छन् । राष्ट्रिय सभामा पनि छन् । उनीहरुले देशको राष्ट्रियता, सार्वभोमिकता र अखण्डताको सौदावाजी गरिरहेका छन् कि राष्ट्रको पक्षमा लडेका छन् तपाँइहरुले देखिरहनुभएको छ’ उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभामा हामी एक्लै छौँ । एक जना (राजेश विक) मात्रै हुनुहुन्छ । प्रतिनिधि सभामा पनि प्रायः त्यस्तै छ । प्रतिनिधिसभामा एमससीसी पास गर्न त्यस्तै भयो । अन्य राष्ट्रघादी विधेयकहरु नागरिकता विधेयक पास गर्न विदेशीलाई नागरिकता दिन सबैमा एकै ठाउँमा छन् । हामीसँग एउटा मात्र पार्टी उभियो त्यो हो मजदुर किसान पार्टी ।’

    अध्यक्ष केसीले राष्ट्रिय जनमोर्चालाई संसदमा र स्थानीय तहमा आउन नदिन साम्राज्यवादीहरुले प्रयास गर्दागर्दै पनि जनताले जिताएर पठाएको बताउनुभयो । तर, एक्लै भएपनि संघीयताको विरुद्ध संघर्ष गरेको स्मरण गर्नुभयो ।

    ‘जतिबेला २०६४ सालमा संविधान बन्दै थियो त्यतिबेला पनि हामी एक्लै थियो । शक्ति राष्ट्रहरुले नेपालमा संघीयता बोकाएर मुलुकलाई जातीय राज्य बनाउने क्षेत्रीय राज्य बनाउने, त्यो बिउ रोप्ने बेलामा संविधानसभामा हामी एक्लै थियो । राष्ट्रिय जनमोर्चा एक्लै लडेको थियो तर आज हामी एकलै छैनौं। संघीयताका ठेकेदारहरु भनिरहेका छन् अहिले संघीयताका कारण मुलुक टाट पल्टियो। अरबौं रुपैयाँ संघीयताको आबरणमा उडाइरहेका छन्’ केसीले भन्नुभयो, ‘जनताले जसरी हामीलाई आशा गरेका छन् जसरी हामीलाई विश्वास गरेका छन् । यो विश्वासलाई हामीले पूरा गर्नका लागि स्वयं हाम्रा कमीकमजोरीविरुद्ध, हामी आफ्नै विरुद्ध संघर्ष गर्नुपर्छ ।’

    उहाँले राष्ट्र र जनताको पक्षमा अपनाउने नीति अप्ठ्यारो हुने बताउनुभयो । साम्राज्यवादी लाई जे नीति चाहिएको छ त्यसैमा सामेल भएर भैलो गाउँदै हिँड्न सजिलो हुने उहाँको भनाई थियो ।

    मुलुकको अस्तित्व नेपालको अस्तित्व प्रश्न चिन्ह खडा भइरहेको बेलामा जनतासँग प्रत्यक्ष जोडिएर गलत चिजबारे जनतालाई स्पष्ट पार्न पनि उहाँले जनप्रतिनिधिलाई सुझाव दिनुभयो । सबभन्दा पहिला पार्टीको सिद्धान्त, पार्टीको नीति बुझ्न र पार्टीले किन चुनावमा भाग लिन पठाएको छ भन्ने कुरा बुझ्नुपर्ने उहाँले बताउनुभयो । सधै चुनावमा भाग लिएर यही संसदीय व्यवस्थाबाट आमूल परिवर्तन नहुने उहाँको भनाई थियो ।

    अरु ठूला भन्ने पार्टीहरुले यही संसदबाट यही व्यवस्थाबाट परिवर्तनका कुरा समाजवादका कुरा गरिरहेका छन् भन्दै केसीले चुनावमा भाग लिएर समाजवाद नआउने स्पष्ट पार्नुभयो । तर अहिलेको परिस्थितिमा चुनावमा भाग लिनुको विकल्प नरहेको पनि उहाँको भनाई थियो ।

    ‘यो तत्कालिक विषयमात्रै हो । तपाईं जनताबाट अलग हुन सक्नुहुन्न । जनतालाई आफ्नो ठाउँबाट सेवा गर्नुपर्छ’ केसीले भन्नुभयो, ‘जनताको काम गर्नुपर्छ, विकास निर्माणका काम गर्नु पर्छ । जनताका विकासका कुरा गरेर कतिपय पार्टीहरुले जनतालाई भ्रममा पार्ने काम गरिरहेका छन्, त्यसलाई चिर्नुपर्छ ।’

    केसीले गलत संगतका कारण कहिलेकाहीँ हाम्रा साथीहरु पनि गलत भड्कावमा पर्ने गरेको बताउनुभयो । तर, पार्टीले लगातार दिने प्रशिक्षण, आलोचना र अनुगमनले अरु पार्टीभन्दा राजमोका कार्यकर्ता फरक र अनुशासित भएको केसीको भनाई थियो ।

    ‘हाम्रोमा तपाईंहरूको जस्तो अनुशासन छैन भनेर हामीलाई कतिपय पार्टीहरुले भन्छन् । तपाईंहरुको कडा अनुशासन छ हाम्रोमा अनुशासन छैन भनेर लाजै नमानीकन भन्छन्’ केसीले भन्नुभयो, ‘अहिलेकै गठबन्धनमा हेर्नुहोस् जुन विषयका लागि गठबन्धन भयो, प्रतिगमन विरुद्ध तर चुनाव जित्नकै लागि जोसँग पनि मिल्ने प्रवृत्ति गठबन्धनका दलहरुमा देखियो ।

    अरु पार्टी र राष्ट्रिय जनमोर्चाका जनप्रतिनिधिबीच जनताले फरक खोजेका केसीले बताउनुभयो । केसीले अरुभन्दा राम्रो, अरुभन्दा उत्कृष्ट र अरुभन्दा इमान्दारितापूर्वक जनतको काम गर्न पनि जनप्रतिनिधिलाई निर्देशन दिनुभयो ।

    • राजमो जनप्रतिनिधिलाई तारा जिसीको ढाडस : थोरै छौँ भनेर नआत्तिनूहोला
    • राष्ट्रिय जनमोर्चाका जनप्रतिनिधिको प्रशिक्षण बुटवलमा सुरु

    शुक्रबार, साउन १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.