कोलम्बो । बुधबार श्रीलंकाको संसदमा भएको निर्वाचनमा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे बुधबार नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
Advertisement
संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले विक्रमासिंघे १३४ मतले विजयी भएको घोषणा गरेका छन् । गोटाबाया राजापाक्षले राष्ट्रपति पदबाट राजीनामा दिएपछि संसदमा मतदान आह्वान गरेपछि यो निर्वाचन भएको हो ।
श्रीलंकाका प्रदर्शनकारीहरुले भने राष्ट्रपतिसँगै विक्रमासिंघेले पनि आफ्नो पदबाट राजीनामा दिनुपर्ने माग राखेका थिए।
श्रीलंका अहिले चरम आर्थिक तथा राजनीतिक संकटको सामना गरिरहेको छ।(एजेन्सी)





