• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सुरक्षाका लागि विश्वव्यापी समुदाय निर्माण अपरिहार्य : सी चिनफिङ


  •   शुक्रबार, जेठ ०६, २०७९ मा प्रकाशित
  • बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले सार्वजनिक सुरक्षाका लागि विश्वव्यापी समुदाय निर्माण गर्न मिलेर काम गर्नु अपरिहार्य भएको बताउँदै त्यसनिम्ति ब्रिक्स राष्ट्रलाई आह्वान गर्नुभएको छ ।

    Advertisement

    ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्स राष्ट्रका विदेशमन्त्रीको बैठकको उद्घाटन सत्रमा भिडियो सम्बोधन गर्दै सीले उक्त टिप्पणी गर्नुभएको हो ।

    विश्व इतिहासमा एक शताब्दीयता नदेखिएको महामारी तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उत्पन्न अस्थिरता, अनिश्चितता र असुरक्षाका कारक बढ्दै गएकाले ब्रिक्स राष्ट्रलाई एकजुट हुन उहाँले आग्रह गर्नुभएको हो ।

    ‘शान्ति र विकास वर्तमानको अपरिवर्तित विषय हो, अन्तर्राष्ट्रिय समुदायको साथ–सहयोग र ऐक्यबद्धता अत्यावश्यक छ’ उहाँले भन्नुभयो ।

    अन्तर्राष्ट्रिय समुदायमा सकारात्मक, प्रेरणादायी र रचनात्मक शक्तिको रूपमा ब्रिक्सका सदस्य देशले दृढतापूर्वक काम गर्नुपर्ने तथा अन्तर्राष्ट्रिय सम्बन्धमा स्थायित्व, शान्ति र विकासको प्रवद्र्धन, निष्पक्षता, न्याय, लोकतन्त्र एवम् स्वतन्त्रताको समर्थन आवश्यक भएको राष्ट्रपति सीले बताउनुभयो ।

     

    अरूको खर्चमा आफ्नो सुरक्षा खोज्दा नयाँ तनाव र जोखिम मात्रै सिर्जना हुने बताउँदै राष्ट्रपति सीले विश्वमा साझा सुरक्षा प्रवद्र्धन गर्न विश्वव्यापी सुरक्षा प्रयास उपयोगी हुने विचार व्यक्त गर्नुभयो ।

    ब्रिक्स देशहरूले राजनीतिक रूपमा पारस्परिक विश्वास र सुरक्षा सहयोगलाई सुदृढ गर्न, प्रमुख अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दामा निकट सम्पर्क कायम गरेर एकार्काको सार्वभौमसत्ता, सुरक्षा र विकासका लागि सुरक्षाको विश्वव्यापी समुदाय निर्माण गर्नुपर्ने धारणा उहाँको थियो । उहाँले शीतयुद्धको मानसिकता र टकरावबाट मुक्त हुनुपर्नेमा पनि जोड दिनुभयो ।

    ‘अहिलेको जोखिम र चुनौतीपूर्ण परिस्थितिमा विकासोन्मुख देशले समृद्धिका लागि पारस्परिक एकता र सहयोगलाई अझ बलियो बनाउनुपर्छ उहाँले भन्नुभयो– ‘आपसी समझदारी एवम् विश्वास बढाउन, सहयोगका क्षेत्रलाई बढाउन तथा आपसी हित प्रवद्र्धन अभिवृद्धि गर्नुपर्छ ।’(रासस:सिन्ह्वा)

    शुक्रबार, जेठ ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.