वासिङटन । अमेरिकामा करिब एक करोड ३२ लाख बालबालिका कोभिड १९ बाट सङ्क्रमित भएका छन् । यहाँ महामारी सुरु भएदेखि यता एक करोड ३२ लाख बालबालिका कोभिडबाट प्रभावित भएका बताइएको छ ।
“अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स” ले पछिल्लो तथ्याङ्कानुसार यहाँका एक करोड ३२ लाख बालबालिका कोभिड १९ को सङ्क्रमणबाट सङ्क्रमित भएका छन् ।
यहाँ पछिल्लो समयमा बालबालिकामा कोभिडको सङ्क्रमण बढ्दो देखिएको छ । त्यहाँ गएको मे १२ सम्मको पछिल्लो हप्तामा मात्र ९३ हजार बालबालिकामा यसको सङ्क्रमण भेटिएको पाइएको हो । पछिल्लो चार हप्तामा मात्र कम्तीमा पनि दुई लाख ४६ हजार जना बालबालिकामा कोभिडको सङ्क्रमण बढेको देखिएको छ ।
अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले यहाँ पछिल्ला हप्तामा बालबालिकामा कोभिडको सङ्क्रमण बढ्दै गएको छ ।
सो संस्थाले सन् २०२२ मा मा ५३ बालबालिकामा कोभिडको सङ्क्रमण देखिएको जनाएको थियो । अमेरिकी सरकारले बालबालिकामा देखिएको कोभिडको सङ्क्रमणलाई कम गर्न विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने गरेको छ । (रासस:सिन्ह्वा)