काबुल । अफगानिस्तानको उत्तरी बदख्सान प्रान्तको एउटा गाउँमा सोमबार पहिरो जाँदा चार जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएको प्रान्तीय प्रशासनका अधिकारी मौलावी मोहम्मद अक्रम अकबरीले मङ्गलबार जानकारी दिएका छन् ।
Advertisement
सोमबार साँझ यवन जिल्लाको सोलार–ए–पायन गाउँमा भएको प्राकृतिक प्रकोपमा चार जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना घाइते भएको अधिकारीले बताए । स्थानीय अधिकारीले पीडित परिवारलाई मानवीय सहायता पठाउने प्रयास गरिरहेको अकबरीले बताएका छन् ।
यसैबिच, स्थानीयवासीले घटनाबाट तीन परिवार प्रभावित भएको र मृतकको सङ्ख्या रिपोर्ट गरिएभन्दा बढी हुन सक्ने बताएका छन् । (रासस–सिन्ह्वा)