कोलम्बो । श्रीलङ्कामा शनिबारदेखि जारी रहेको अविरल वर्षाका कारण भिषण बाढी आएको छ । सो बाढीका कारण यहाँ पहिरो पनि गएको बताइएको छ ।
Advertisement
राजधानी कोलम्बोबाट दक्षिणमा रहेको रतनपुरा जिल्लामा बाढीको प्रकोप बढी देखिएको छ । यस प्रकोपमा परेर ६०० भन्दा बढी परिवारका २ हजार २९० जना विस्थापित हुन पुगेका छन् ।
यहाँका मौसमसम्बन्धी अधिकारीहरूले वर्षा अझै जारी रहने भएकाले सतर्कता अपनाउन भनेका छन् । सो जिल्लाका ८२ भन्दा बढी घर भत्किएका छन् भने अरू भौतिक संरचनामा पनि बाढीले क्षति पुर्याएको छ ।
सो बाढीका कारण आएको पहिराका साथै वर्षा जारी नै रहेकाले यहाँको धेरै क्षेत्र प्रभावित बनाउन सक्ने अनुमान गरिएको छ । (रासस/सिन्हवा)