काबुल । अफगानिस्तानको उत्तरी प्रान्त तखारमा खाद्य विषाक्तताका कारण ४२ जना बिरामी परेको स्थानीय प्रहरीले सोमबार जानकारी दिएको छ ।
Advertisement
घटना आइतबार राति चाह हब जिल्लाको तखान अबाद गाउँमा एक विवाह समारोहको क्रममा भएको प्रान्तीय प्रहरी विभागका अब्दुल मुबिन साफीले बताएका छन् ।
बिरामी हुनेहरूमा दुलहा र दुलही पनि रहेको स्रोतले उल्लेख गरेको छ । प्रभावित व्यक्तिलाई जिल्ला अस्पतालमा लगिएको थियो, जहाँ धेरै बिरामीहरू सघन हेरचाह एकाइमा उपचारत छन् ।
सुदूर पश्चिम जिल्लामा खाद्य विषाक्तताको मुद्दामा तीन जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको स्रोतले जनाएको छ । (रासस–सिन्ह्वा)