दाङ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष गणेश आचार्यले अहिले बनेको गठबन्धन चुनावको लागि जस्तो देखिए पनि मूलरुपमा राजनीतिक उपलब्धिको रक्षाको लागि बनेको बताउनुभएको छ ।
Advertisement
दाङको घोराहीमा पाँचदलीय गठबन्धनले सोमबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो कुरा बताउनु भएको हो ।
‘नेपालमा राजनैतिक रुपमा ठूला संकट आउँदा काङ्ग्रेस र कम्युनिस्ट एक ठाउँमा आएर संकटको समाधान गरेको हाम्रो लामो इतिहास छ’ आचार्यले भन्नुभयो, ‘अहिले पनि हामीले त्यही गरेका छौँ । त्यसैले राजनीतिक उपलब्धिहरु गुम्न नदिनको लागि यो गठबन्धनलाई बिजयी गराउन सबैलाई आग्रह गर्छु ।’
कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नु भएको थियो ।