• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राजमो रुपन्देहीको चुनावी प्रतिद्धता : निशुल्क शिक्षा, सुकुम्बासीलाई धनी पुर्जा


  •   आइतबार, बैशाख १८, २०७९ मा प्रकाशित
  • बुटवल। राष्ट्रिय जनमोर्चा रुपन्देहीले आगमी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । चुनावी घोषणा पत्रको रुपमा राष्ट्रिय जनमोर्चाले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी ३१ बुँदे चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष बद्रे आलमले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको हो । पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको उक्त प्रतिवद्धता पत्रमा गणतत्रन्त्र, राष्ट्रियताको रक्षा, संघीयता र एमसीसी खारेजीका लागि राष्ट्रिय जनमोर्चाले रुपन्देहीका स्थानीय तहहरुमा उम्मेदवारी दिएको उल्लेख गरिएको छ ।

    स्थानीय स्वशासनलाई संविधानमै मौलिक हकका रुपमा स्थापित गर्न र प्रदेश संरचनाको खारेजी गरी प्रदेशको अधिकार स्थानीय तहमा हस्तान्तरण गराउन स्थानीय तहको चुनावमा भाग लिएको प्रतिवद्धता पत्रमा उल्लेख छ ।

    त्यस्तै संविधानमा उल्लेखखित जनताको मौलिक हक अधिकार व्यवहारमा लागू गर्न, स्वास्थ्य संस्थाहरुको स्तरउन्नती गरी निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न, गाउँ, नगरको विकासका साथै सर्वाङगिण विकासका लागि विकेन्द्रित र सन्तुलित विकासको नीति लागू गरिने राष्ट्रिय जनमोर्चाले बताएको छ ।

    फोहोरको उचित व्यवस्थापन, शुद्व खानेपानीको पहुँच जनतामा पुर्याउने, नदीजन्य पदार्थको जथाभावी उत्खनन् नियन्त्रण गरिने, विद्युत तथा इन्धन आपूर्ति, अपराध नियन्त्रण र ट्राफिक नियमको उचित व्यवस्थापन गरिने उल्लेख छ ।
    स्थानीय तहसम्म मौलाउँदै गएको भ्रष्टाचार, महंगी, लागुऔषधको नियन्त्रण, हत्या, हिंंसा, बलात्कार, छुवाछुत, कुप्रथाको अन्त्य र जेष्ठ नागरिकको संरक्षण, उचित स्वास्थ्य सेवाको व्यवस्था व्यवस्था गरिने राष्ट्रिय जनमोर्चाको चुनावी प्रतिवद्वता पत्रमा उल्लेख गरिएको छ ।

    विकासका नाममा हुने अनियमितता रोक्न, भूमिहीन र अव्यवस्थित बसोवासको समस्यालाई सधैँका लागि अन्त्य गरी जग्गाधनी पूर्जा वितरण गरिने प्रतिवद्धता जनाइएको छ ।

    त्यस्तै जीवन उपयोगी निःशुल्क शिक्षाको व्यवस्था गरिने र कृषि, पर्यटनको उचित विकास गरी सहकारी मार्फत कृषि उत्पादन, साना उद्योगहरुलाई प्रोत्सान गर्ने र विदेशी आयतलाई प्रतिस्थापन गरी स्थानीय सरकारको आर्थिक विकास गरिने छ ।

    जनताबाट निर्वाचित प्रतिनिधिले जनताको हित विपरित कार्य गरेमा फिर्ता बोलाउन पाउने पाउने अधिकार सुनिश्चित गरिने राष्ट्रिय जनमोर्चा रुपन्देहीका उम्मेदवाहरुले प्रतिवद्वता जनाएका छन् ।

    पाँच दलीय गठबन्धनमा सामेल राष्ट्रिय जनमोर्चाले रुपन्देहीका विभिन्न स्थानीय तहमा ७८ जना जनप्रतिनिधि उम्मेदवार बनेका छन्।

    बद्रे आलमको अध्यक्षता र गंगालाल सापकोटाको सञ्चालनमा पत्रकार सम्मेलन भएको थियो ।

    बुटवल उपमहानगरपालिकामा राष्ट्रिय जनमोर्चाको तर्फबाट कृष्ण प्रसाद पोखरेलले प्रमुख र रेनु कुमारी क्षेत्रीले उपप्रमुखमा उम्मेदवारी दिनुभएको छ ।

    • बुटवल उपमहानगरमा राजमोबाट प्रमुखमा पोखरेल र उपप्रमुखमा क्षेत्री  
    • सिद्धार्थनगरमा राजमोको तर्फबाट प्रमुखमा धामी, उपप्रमुखमा शर्मा

    आइतबार, बैशाख १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.