बुटवल । बुटवल उपमहानगरपालिकामा राष्ट्रिय जनमोर्चाको तर्फबाट कृष्ण प्रसाद पोखरेलले प्रमुख पदमा उम्मेदवारी दिनुभएको छ । उपप्रमुखमा रेनु कुमारी क्षेत्रीको उम्मेदवारी परेको छ ।
यस्तै, वडा नं २ बाट केसर राना, ४ मा जित वहादुर विक, ६ मा मेग बहादुर जिसि, ७ मा इश्वरी प्रसाद सापकोटा, ८ मा शशिराम पौडेल, ९ मा प्रकाश पोखरेल, ११ मा कृष्ण बराईली, १२ मा भोला नाथ भुसाल, १३ मा माधव भुसाल, १५ मा प्रेम आचार्यले वडाअध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।

यस्तै, रुपन्देहीको अर्को महत्वपूर्ण सहर सिद्धार्थनगर नगरपालिकामा हिरालाल धामी प्रमुख र दुर्गा देवी शर्मा आचार्य उपप्रमुखको उम्मेदवार बन्नुभएको छ ।
यता, तिलोतमा नगरपालिकामा रुक बहादुर पराजुली र शान्ता पौडेलले उम्मेदवारी दर्ता गर्नुभएको छ भने सैनामैनाको प्रमुखमा जयश्वर रेग्मी र कञ्चन गाउँपालिका अध्यक्षमा लिला वल्लभ खनाल र उपाध्यक्षमा उमा थापाले उम्मेदवारी दिनुभएको छ ।