नयाँ दिल्ली । छुट्टै गोर्खाल्यान्ड राज्य गठनको माग गर्दै भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तरमन्तरमा प्रदर्शन गरिएको छ ।
Advertisement
गोर्खाल्यान्ड राष्ट्रिय मञ्चको आयोजनामा भएको कार्यक्रममा सहभागीहरूले भारतीय संविधानको धारा ३ अन्तर्गत छुट्टै गोर्खाल्यान्ड राज्य गठन गर्न माग गरेका थिए । प्रदर्शनकारीहरूले गोर्खा समुदायको राजनीतिक पहिचान र अधिकार सुनिश्चित गर्नुपर्ने भन्दै नाराबाजी तथा विभिन्न मागसहितका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
कार्यक्रममा सहभागीहरूले भारतको विकास, प्रगति र सुरक्षामा गोर्खा समुदायले पुर्याउँदै आएको योगदानको सम्मान गर्दै राजनीतिक अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए।