काठमाडौँ । सरकारले विभिन्न मुलुकका लागि सिफारिस गरेका १० जना राजदूत संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि सम्बन्धित देशको एग्रिमो (सहमति) पर्खिरहेका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार दसैँअघि नै उनीहरूको नाम सम्बन्धित मुलुकमा सहमतिका लागि पठाइसकिएको छ। एग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले नियुक्त गर्ने र त्यसपछि उनीहरू सम्बन्धित देशमा जानेछन्।
अनुमोदित राजदूतहरूमा भारतका लागि डा. निश्चलराज पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जबरा, इजरायलका लागि सुरेश कर्ण, दक्षिण कोरियाका लागि डा. संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन, श्रीलंकाका लागि डा. मञ्चला झा, जर्मनीका लागि सरु जोशी र ओमानका लागि डा. पद्याक्षी राणा छन्।
यसैबीच, सरकारले रिक्त रहेका अन्य नौ देशमा राजदूत नियुक्तिका लागि गृहकार्य अघि बढाएको छ। रसिया, अस्ट्रेलिया, ओमान, स्पेन, बंगलादेश, ब्राजिल, म्यानमार, बहराइन र इजिप्टमा नेपाली राजदूतको पद रिक्त रहेको छ वा नियुक्तिको व्यवस्था गर्नुपर्ने अवस्था छ।





