बुटवल । राष्ट्रिय जनमोर्चा रुपन्देहीले सिद्वाथनगर नगरपालिकामा आफ्नो उम्मेदवारी दर्ता गराएको छ । राजमोले नगर प्रमुखमा हिरालाल धामी र उपप्रमुखमा दुर्गादेवी शर्मा आचार्यको उम्मेदवारी दर्ता गराएको छ ।
Advertisement
यस्तै, ६ नम्बर वडा अध्यक्षमा कविराम भट्टराई, वडा नम्बर ९ को अध्यक्षमा श्यामराज कुर्मी, १२ नम्बरको अध्यक्षमा भिमबहादुर क्षेत्री सुवेदी, वडा नम्बर ९ को सदस्यमा सगिर आलम र १२ नम्बर वडा सदस्यमा रेनुका क्षेत्री सुवेदीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
प्रतिगमनलाई परास्त गर्नकालागि गठबन्धन दल भित्र एकताको प्रयास निरन्तर लामो समयदेखि गर्दै आए पनि अन्तिम समयसम्म पनि गठबन्धन सफल हुन न सकेकोले सोमबार सिद्धार्थनगर नगर पालिकामा आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएको जिल्ला अध्यक्ष बद्रे आलमले जानकारी गराउनु भयो ।