• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

बागलुङको बडिगाडमा राजमोको चुनावी भेला, बलाल पुनः राजमोमै


  •   शनिबार, चैत ०५, २०७८ मा प्रकाशित
  • बागलुङ । बागलुङ जिल्लाको बडिगाडमा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाको जिल्लाव्यापी अभियान अन्तर्गत सो भेला भएको हो ।

    Advertisement

    कार्यक्रमलाई सम्बोधन गर्दै राजमो केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश सह–इन्चार्ज गौरीश्वर पाण्डेले अहिले गणतन्त्र तथा धर्मनिपक्षेता जस्ता उपलब्धी बचाउन राजमोले प्रतिगमनविरोधी शक्तिसँग गठबन्धन सहित निर्वाचनमा जाने नीति खुला राखेको बताउनुभयो । उहाँले राजमोले सम्मानजनक हैसियतामा मात्र चुनावी तालमेल गर्ने भन्दै एक्लै जित्नेगरी चुनावको तयारी गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

    कार्यक्रममा सो गाउँपालिका–८ निवासी जंग बहादुर बलाललाई पाण्डेले पार्टीमा स्वागत गर्नुभएको थियो । विगत केही समय अगाडि राजमो परित्याग गरी एमाले प्रवेश गरेका बलालले राजमोको नीति नै वास्तविक राष्ट्र हितमा रहेको र आफूले जनमोर्चा छोडेकोमा पछुतो भएको भन्दै पुनः राजमोमा फर्किएको बताउनुभयो ।

    कार्यक्रममा बिशिष्ट अतिथीको रुपमा बोल्दै राजमो जिल्ला अध्यक्ष अमर थापाले एमाले तथा माओवादी केन्द्रले अघिल्लो स्थानीय तहको निर्वााचनमा आफूहरुलाई धोका दिएको भन्दै गठबन्धन गर्ने कुरामा को सँग गर्ने, कसरी गर्ने भन्नेमा राजमो सचेत रहेको बताउनुभयो ।

    कार्यक्रमा नेकपा (मसाल) बागलुङका पवक्ता मेक बहादुर पाइजा, राजमो जिल्ला सचिव भिमलाल पोखरेल, राजमो नगर उपाध्यक्ष रुनमाया थापालगायतले मन्तव्य राख्नुभएको थियो ।

    सो अवसरमा अखिल नेपाल युवक संघका महासचिव भिमसेन वन, राजमो बडिगाडका सचिव इश्वरमान विक, सहसचिव टोप बहादुर श्रीस, कोषाध्यक्ष दुर्गा अर्याल राजमो बागलुङका पूर्वसदस्य राम प्रसाद आचार्य, बडिगाडका पूर्व कोषाध्यक्ष ओम बहादुर बुढा, बडिगाड कार्यपालिका सदस्य सोमान्त सलामी, शिक्षक संघका जिल्ला सदस्य शिवलाल वन, पालिका सदस्य मेहरसिँह छन्त्याल, राजमोका वडा अध्यक्षहरु नर बहादुर काउछा, टिका भुजेल, प्रेम पुन, बिमल श्रीस, दल बहादुर घर्ती पूर्ण विक, मान बहादुर केसी, लगायतको आतिथ्यता रहेको थियो ।

    भेलाले बोम बहादुर थापाको संयोजकत्वमा ९ सदस्यीय निर्वाचन परिचालन समिती गठन गरेको छ । जसमा रुनमाया थापा, इश्वरमान विक, दल बहादुर श्रीस, दुर्गादत्त अर्याल, सोमान्त सलामी, बिमल श्रीस, लोक बहादुर पाईजा र भिमसेन वन रहनुभएको छ ।

    टोप बहादुर श्रीसको संयोजकत्वमा १३ सदस्यीय प्रचार प्रसार समिति, मेहरसिँह छन्त्यालको संयोजकत्वमा ७ सदस्यीय आर्थिक परिचालन समिती, अनिल गिरीको संयोजकत्वमा १५ सदस्यीय युवा परिचालन समिती, रुनमाया थापाको संयोजकत्वमा १७ सदस्यीय महिला परिचालन समिती गठन गरिएको छ ।

    कार्यक्रम अनिल गिरीको सञ्चालन, बोम बहादुर थापाको अध्यक्षता तथा इश्वरमान विकको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

    शनिबार, चैत ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.