संकर प्रसाद पोख्रेल, गुल्मी (तम्घास) ।
Advertisement
राष्ट्रिय जनमोर्चाले आज रेसुङ्गा नगरपालिकामा भेला सम्पन्न गरेको छ । रेसुङ्गा नगरपालिका–११मा सम्पन्न भेलामा राजमो कार्यकर्तालाई राजनीतिक सैद्धान्तिक प्रशिक्षण दिइएको थियो ।
चुनावी भेलामा राष्ट्रिय जनमोर्चा गुल्मीका अध्यक्ष जीवन राना, राजमो जिल्ला नेताहरु कमल अर्याल, हरि न्यौपाने, नरबहदुर केसीले सम्बोधन गर्नुभएको थियो ।

भेलाको अध्यक्षता राजमो गुल्मीका अध्यक्ष जीवन रानाले गर्नुभएको थियो भने स्वागत राजमो रेसुङ्गा नगरपालिकाक सदस्य थम्मन कुँवरले गर्नुभएको थियो ।
भेलाले रेनपा वडा न. ११ का उम्मेदवारहरु चयन गर्नुको साथै झग बहादुर बहादुर विकको अध्यक्षतामा वडा समिती पुनर्गठन गरेको छ ।