• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

प्रतिगमनको खतरा कायमै रहेकाले सरकारलाई दिएको समर्थन यथावत : राजमो


  •   बुधबार, फागुन २५, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएको समर्थन यथावत रहेको स्पष्ट पारेको छ । प्रतिगमनको खतरा कायमै रहेकोले गठबन्धनबाट अलग भएपनि समर्थन यथावत राखिएको राजमोले जनाएको छ ।

    Advertisement

    बुधबार महासचिव मनोज भट्टले एक वक्तव्य प्रकाशित गरी प्रतिगमन विरुद्ध बनेको सरकारलाई दिएको समर्थन फिर्ता लिने हो भने त्यसबाट देशको राजनीति गलत दिशातर्फ जाने र प्रतिगमन थप सुदृढ हुने खतरा देखिएको स्पष्ट पार्नुभएको छ ।

    देशको राजनीतिलाई गलत दिशामा जान नदिनका लागि वर्तमान सरकारलाई दिएको समर्थनलाई कायम राख्ने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ ।

    यस्तै, राजमोले आगामी निर्वाचनमा एमाले र राजावादी शक्तिसँग तालमेल नगर्ने पनि स्पष्ट पारेको छ ।

    यस्तो छ वक्तव्य :
    २०७८ फागुन २३ गते बसेको राष्ट्रिय जनमोर्चा केन्द्रीय सचिवालयको बैठकले गरेका निर्णय सार्वजनिक गर्न यो विज्ञप्ति जारी गरिएको छ ।

    १. पाँच दलीय गठबन्धनमा सामेल हाम्रो दल राष्ट्रिय जनमोर्चा बाहेकका अन्य घटकहरुले एमसीसी जस्तो राष्ट्रघाती परियोजना संसदबाट पारित गर्न जालझेल तथा षड्यन्त्रमूलक भूमिका खेलेका थिए । सरकारले पनि तानाशाही तथा अप्रजातान्त्रिक तरिकाबाट एमसीसीलाई संसदबाट पारित गरेको थियो । पाँच दल तथा सरकारको एमसीसी पारित गर्ने राष्ट्रघाती कार्यको हाम्रो पार्टीले कडा विरोध तथा भत्र्सना गरेको थियो । अहिले पनि हामी एमसीसीका विरुद्ध संघर्षरत रहेका छौँ । पाँच दलीय गठबन्धनले एमसीसी पारित गर्न भूमिका खेलेका कारण हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा पाँच दलीय गठबन्धनबाट अलग भएको थियो । राष्ट्रिय जनमोर्चा पाँच दलीय गठबन्धनबाट अलग भइसकेपछि सरकारलाई दिएको समर्थनका विषयमा कुन प्रकारको नीति अपनाउने भन्ने सवालमा विचार गर्नुपर्ने आवश्यकता छ । वर्तमान सरकारको निर्माण ओलले लादेको प्रतिगमन विरुद्धको संघर्षको सफलताको परिणाम भएको थियो । अहिले पनि प्रतिगमन विरुद्धको संघर्षको आवश्यकता र औचित्य कायमै छ । त्यसैले प्रतिगमन विरुद्ध बनेको सरकारलाई दिएको समर्थन फिर्ता लिने हो भने त्यसबाट देशको राजनीति गलत दिशातर्फ जाने र प्रतिगमन थप सुदृढ हुने खतरा देखिएकोले देशको राजनीतिलाई गलत दिशामा जान नदिनका लागि वर्तमान सरकारलाई दिएको समर्थनलाई कायम राख्ने निर्णय भएको छ । त्यो नीति प्रदेश सरकारहरुको हकमा पनि कायम रहने छ । तर सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट पारित गराउन खेलेको भूमिका र सरकारका विभिन्न गलत काम कार्यवाहीको भण्डाफोर तथा विरोध गर्दै संघर्षलाई लगातार अगाडि बढाउने हाम्रो नीति हुनेछ ।

    २. हाम्रो दल पाँच दलीय गठबन्धनबाट अलग भए पनि आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल सम्बन्धी नीति गत बैठकले लिएको निर्णय अनुसार नै हुनेछ । एमाले र राजावादी शक्तिहरुसँग हाम्रो कुनै प्रकारको चुनावी तालमेल हुने छैन । पाँच दलीय गठबन्धनमा सामेल बेग्ला बेग्लै घटकहरुसँग चुनावी तालमेल गर्न सक्ने नीतिलाई कायम नै राखिएको छ । तर त्यसको अर्थ ती पक्षसँग अनिवार्य रुपमा नै तालमेल गर्ने नीति अपनाइएको भन्ने अर्थमा हामीले बुझ्नु हुँदैन । स्थानीय निर्वाचनमा अन्य पक्षसँगको तालमेलका लागि सम्बन्धित पक्षहरुसितको वार्ता र समझदारीमा कोसँग कार्यगत एकता गर्ने र कोसँग नगर्ने भन्ने कुरा निर्भर रहने छ ।
    मितिः२०७८ फागुन २५
    मनोज भट्ट
    महासचिव

    बुधबार, फागुन २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.