• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

महिलाहरू अलौकिक शक्तिमा विश्वास गर्ने भ्रमबाट मुक्त हुनुपर्छ : मीना पुन


  •   सोमबार, भदौ १४, २०७८ मा प्रकाशित
  • चन्द्राकुमारी श्रीस, काठमाडौँ ।
    अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले महिलाहरू अलौकिक शक्तिमा विश्वास गर्ने भ्रमबाट मुक्त हुनुपर्ने बताउनुभएको छ ।

    Advertisement

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजअन्तर्गत रहेको केन्द्रीय महिला विभागको आयोजनामा २०७८ भदौ १४ गते आयोजित “हरितालिका तिज : महिला सशक्तीकरणको सम्भावना” शीर्षकको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

    कार्यक्रममा सम्बोधन गर्दै उहाँले अलौकिक शक्तिमाथि विश्वास गरेका कारण पनि महिलाहरूले उन्नति हुन नसकेको बताउनुभयो ।

    ‘नेपाली महिलाहरू विकसित देश देशमा पुगेर पनि अगाडि बढ्न सक्दैनन्’ उहाँले अगाडि भन्नुभयो– ‘त्यसका पछाडिको एउटा कारण उनीहरू अलौकिक शक्तिजस्तै आदर्शवादी धारणामा विश्वास गर्नु हो ।’

    अर्कोतर्फ उहाँले समाजको उत्पादनका साधन विकसित नभए महिलाहरू एक्लै अघि बढ्न नसक्ने बताउनुभयो ।

    ‘जुन देशको उत्पादन पद्धति पिछडिएको छ, त्यहाँका महिलाहरू स्वतः पछि परेका हुन्छन्’ उहाँले भन्नुभयो ।

    पछिल्लो समयमा नेपालमा महिलाहरू राज्यको उच्च पदमा पुग्नुलाई उहाँले सकारात्मक रूपमा लिनुभयो ।

    राष्ट्रपति, सभामुख, प्रधान न्यायाधीशमा महिला पुग्नु सकारात्मक परिघटना भएको बताउँदै उहाँले भन्नुभयो– ‘तर सर्वसाधारण महिला अझै पनि अघि बढ्न सकेका छैनन् ।’

    उहाँले त्यसका लागि महिलाहरूलाई सचेत र स ङ्गठित बताउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले तिजपर्वमा महिलाहरूले गीतसङ्गीतबाट आफ्ना पिर, वेदना पोख्न पाउनु सकारात्मक भएको बताउनुभयो ।

    अर्कातिर, उहाँले महिला एक्लैले सङ्घर्ष गरेर आमूल परिवर्तन आउन नसक्ने बताउँदै भन्नुभयो– ‘उत्पीडित वर्गका महिला र पुरुष काँधमा काँध मिलाएर सङ्घर्ष गरेपछि मात्र समाजमा आमूल परिवर्तन हुन सक्छ ।’

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष दुर्गाबहादुर केसीले महिलाले आफू बसेको ठाउँबाट मुक्ति–आन्दोलनमा निरन्तर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सांसद पियारी थापाले तिजमा महिलाले गाउने गीतसङ्गीतमा बुर्जुवा विचार विद्यमान रहेकाले त्यसको चिरफार गर्नुपर्ने बताउनुभयो ।

    राजमोकै अर्का केन्द्रीय सदस्य तथा कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष तारा थापाक्षेत्रीले तिजमा दर खाने नाममा गहनाको प्रदर्शन गर्ने विकृति फैलिएको बताउँदै हामीले त्यस्तो संस्कृतिको प्रतिवाद गर्नुपर्ने बताउनुभयो ।

    लुम्बिनी प्रदेशकी राजमो सांसद तारा जिसीले नयाँ संविधानमा महिलाको पक्षमा थुप्रै सकारात्मक प्रावधान भए पनि कार्यान्वयनको पक्ष फितलो हुँदा “बर्मा गए कर्मसँगै” भनेजस्तो भएको बताउनुभयो ।

    कार्यक्रम शुष्मा खड्काको सञ्चालन तथा फूलबिना पौडेलको अध्यक्षता सम्पन्न भएको थियो । उपस्थित सहभागीलाई भगवती कुँवरले स्वागत गर्नुभएको थियो ।

    सोमबार, भदौ १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.