• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

नेप्से परिसूचक बढ्यो

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

प्रधानमन्त्री केपी ओली मूर्ख सिकारी झैँ : चित्रबहादुर केसी (फोटो)


  •   शुक्रबार, फागुन १४, २०७७ मा प्रकाशित
  • शंकरप्रसाद पोख्रेल/तम्घास (गुल्मी) ।।
    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओलीलाई मूर्ख सिकारी झैँ भएको बताउनुभएको छ ।

    Advertisement

    मूर्ख सिकारीहरूले दिनभरिको मिहिनेतका साथ मारेको माछा खोलामा फालेर मृगको पछि दगुर्दा माछा र मृग दुवै गुमाएको किंवदन्ती सुनाउँदै उहाँले भन्नुभयो– ‘प्रधानमन्त्रीले पनि मूर्ख सिकारीले झैँ गर्नुभयो ।

    प्रधानमन्त्री ओलीले आफ्नै प्रधानमन्त्री रहेको जननिर्वाचित प्रतिनिधि सभालाई विघटन गर्नुभयो’ उहाँले अगाडि भन्नुभयो– ‘त्यसपछि उहाँको माग के भन्दा आफ्नो नेतृत्वमा दुईतिहाइ बहुमतको सरकार ।’

    उहाँले योभन्दा मुर्ख कुरा केही नभएको दावी गर्दै भन्नुभयो– ‘ढुक्कसँग दुईतिहाइको हाराहारीमा बहुमत भएको संसदलाई विघटन गर्नुभन्दा मूर्खता अरू केही हुन सक्दैन ।’

    उहाँले भन्नुभयो– ‘प्रधानमन्त्री ओलीलाई घिउ पचेन ।’

    कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै राजमो अध्यक्ष केसीले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर गम्भीर गल्ती गरेको बताउँदै अदालतले यसभन्दा अघि जे गरे पनि यस पटक जनताको पक्षमा फैसला गरेको बताउनुभयो ।

    ‘अदालतले पाप पखाल्यो’ अध्यक्ष केसीले भन्नुभयो– ‘यसभन्दा अघि जे गरे पनि अदालत, न्यायाधीस, वकिलहरू प्रतिनिधि सभा पुनस्र्थापनाको पक्षमा उभिए । त्यसका लागि उहाँहरूलाई धन्यवाद दिनुपर्दछ ।’

    उहाँले संसद पुनस्र्थापना हुनु राम्रो भए पनि अब बन्ने सरकारको क्रममा सांसदको खरिदबिक्रीदेखि राष्ट्रघाती सन्धिसम्झौता हुन सक्नेतर्फ सचेत गराउँदै जनताले तिनीहरूको गतिविधिलाई खबरदारी गर्नुपर्ने बताउनुभयो ।

    उहाँले देशमा सङ्घीयता घाँडो भएकोले त्यसलाई खारेज गर्न आग्रह गर्नुभयो ।

    अहिले नै धान्न धौ धौ भएको सङ्घीयता खारेज गर्न जनता एक पटक फेरि सडकमा उत्रिनुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो ।

    सम्बोधनको क्रममा उहाँले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता राष्ट्रघाती भएकाले त्यसको खारेज हुनुपर्ने माग गर्नुभयो ।

    राष्ट्रिय जनमोर्चा कालीगण्डकी गाउँपालिका समितिको आयोजनामा २०७७ फागुन १४ गते पालिकाकेन्द्र पुर्तिघाटमा आयोजना गरेको बृहत् जनसभालालाई सम्बोधन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य तथा कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष तारा थापा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य रामकुमार क्षेत्री, राष्ट्रिय जनमोर्चाका गुल्मी जिल्ला सचिव छविलाल सर्तुङ्गी र नेकपा (मसाल) गुल्मीका प्रवक्ता ओमेन्द्र कुँवरले पनि मन्तव्य राख्नुभएको थियो ।

    जनसभामा रक्तिम सांस्कृतिक अभियानका सचिव हेमराज पुन, राष्ट्रिय जनमोर्चा गुल्मीका अध्यक्ष जीवन राना, राष्ट्रिय जनमोर्चा पर्वत जिल्ला अध्यक्ष गोविन्द पौडेल, राष्ट्रिय जनमोर्चा गुल्मीका उपाध्यक्ष रामेश्वर खत्री, राजमो गुल्मीका कोषाध्यक्ष टेकबहादुर केसी, जिल्ला सदस्य हरि न्यौपाने र पूर्णबहादुर थापा, अखिल नेपाल जनजाति सम्मेलन गुल्मीका अध्यक्ष गुमानसिंह पुन, अखिल नेपाल युवक सङ्घका गुल्मी जिल्लाध्यक्ष खिमबहादुर बुचा, राजमो जिल्ला सदस्य पुन बहादुर थापा, युगदर्शनका संवाददाता शङ्करप्रसाद पोख्रेल, रक्तिम सांस्कृतिक अभियानकी उषा थापा, राजमो जनप्रतिनिधि मीरा थापा, क्षितिज क्षेत्री, राजमो सत्यवतिका मित्रलाल तरामु, युवक युवक सङ्घ कालीगण्डकीका मेघराज शर्मालगायतको आतिथ्यता रहेको थियो ।

    जनसभाको अध्यक्षता राजमो कालीगण्डकी गाउँपालिका समितिका अध्यक्ष गङ्गा केसीले गर्नुभएको थियो भने सञ्चालन राजमो गाउँपालिका समितिकै लेखान्त पुनले गर्नुभएको थियो । घनश्याम ढकालको स्वागत मन्तव्यका साथ अघि बढेको उक्त कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय तथा जिल्लास्तरका कलाकारहरूले जोसिलो गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।

    जनसभापूर्व पुर्तिघाट बजारमा हजारौँको नेता–कार्यकर्ताको सहभागितामा जुलुस सम्पन्न भएको थियो । बजार परिक्रमा गरेपछि सो जुलुस गाउँपालिकाको केन्द्रमा गएर जनसभामा परिणत भएको थियो ।

    राजमो कार्यालय उद्घाटन
    सोही क्रममा राष्ट्रिय जनमोर्चा कालीगण्डकी गाउँपालिका कार्यालयको उद्घाटन गरिएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले रिबन काटेर कार्यालयको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा गाउँपालिका उपाध्यक्ष तारा थापा, राजमोका जिल्लाध्यक्ष जीवन राना, राजमो गाउँपालिका समितिका अध्यक्ष गङ्गा केसी, मूल प्रवाह अखिल भारत नेपाली एकता सकाजका केन्द्रीय सदस्य रामकुमार क्षेत्रीलगायतको उपस्थिति रहेको थियो ।

    शुक्रबार, फागुन १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने
    सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य
    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी
    शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
    भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

    • २.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    • ३.
      ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

    • ४.
      माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

    • ५.
      स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

    • ६.
      शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

    • ७.
      भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    • ८.
      बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.