खिमबहादुर विक/हैदरावाद (भारत) ।।
फेब्रअरी २१, २०२१ का दिन टिप्परको ठक्करबाट निधन भएका पतिपत्नी भीमलाल भण्डारी र मीना भण्डारीका हैदरावादस्थित अलवाल लालबजार शमशान बाटिकामा आज फेबु्रअरी २३ का दिन दाहसंस्कार गरिएको छ ।
गान्धी अस्पतालमा पोस्टमार्टम प्रक्रिया पूरा भइसकेपछि दाहसंस्कार गरिएको हो ।
मृतक भीमलालका साइला भाइको उपस्थितिमा पतिपत्नीलाई एकै चितामा राखेर उनीहरूको अन्तिम बिदाइ गरिएको हो ।
दासंस्कार स्थलमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य खिमबहादुर विक, मूल प्रवाहकै मध्यदक्षिण क्षेत्रीय समितिका के. रतन सिह, सूर्य पुन, मध्य हैदराबाद नगर समितिका सचिव तिलक राना, शुभचिन्तकहरू सङ्गीता केसी, भानु केसीलगायत आफन्तजन र स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।
स्वर्गद्वारी नगरपालिका तापा–७ प्युठान घर भई हाल दाङ भालुवाङको पिपरीमा बसोबास गर्दै आएका भीमलाल र मीनाको आइतबार राती हैदरावादमा सडक दुर्घटनमा मृत्यु भएको थियो ।
सडक दुर्घटनामा पतिपत्नीको मृत्यु