खिमबहादुर विक/हैदवारवाद (भारत) ।।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्यदक्षिण क्षेत्रीय समितिको आयोजनमा क्षेत्रीय सदस्य तथा महिला विभागकी पूर्व कोषाध्यक्ष लीलादेवी शर्मालाई एक कार्यक्रममाझ आइतबार बिदाइ गरिएको छ ।।
कार्यक्रममा मूल प्रवाह केन्द्रीय सचिव प्रेम पौडेलले दोसल्ला ओढाई लीलादेवी शर्मालाई सम्मान गर्नुभएको थियो ।
मूल प्रवाहकी महिला संयोजक फूलबिना पौडेलले उहाँलाई माला लगाएर बिदाइ गर्नुभएको थियो ।
त्यसैगरी महिला क्षेत्रीय समितिकी अध्यक्ष माया थापा, क्षेत्रीय महिला विभागकी कोषाध्यक्ष गोमा राना, क्षेत्रीय सदस्य गङ्गा कडायत, हैदरावाद उत्तर महिला विभागकी कल्पना पौडेल, हैदरावाद दक्षिण नगरकी सम्झना दुलाल र लीलादेवी शर्माकी कान्छी छोरी तथा रक्तिमकी क्षेत्रीय कलाकार रिता शर्माले मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा मन्तव्य राख्दै लीलादेवी शर्माले आफूले गत लामो समयदेखि निरन्तर सङ्गठनले दिएको जिम्मेवारी निभाउँदै आएकोमा स्वदेशको सङ्गठनमा आबद्ध भई काम गर्ने प्रतिबद्धता व्यक्तm गर्नुभएको थियो ।
कार्यक्रम मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलको अध्यक्षता, सचिव खिमबहादुर विकको सञ्चालनमा अघि बढेको थियो भने उपस्थित सम्पूर्णलाई क्षेत्रीय महिला विभागकी सचिव पुष्पा पौडेलले स्वागत गर्नुभएको थियो ।
बागलुङ जैमिनी पैयुँ घर र हाल नवलपुर गैँडाकोट बसाइँसराइ गरेकी लीलादेवी शर्मा गत लामो समयेदेखि मूल प्रवाहका विभिन्न समितिमा रहदै इमानदारीपूर्वक काम गर्दै आउनुभएको थियो । गत साल मूल प्रवाहका सदस्य उहाँका पति खगेश्वर शर्माको निधन भएपछि उहाँ सदाको लागि स्वदेश जाने निर्णय गर्नुभएको थियो