• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

  • ६. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ९. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • १०. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

बा-आमालाई वृद्धाश्रम पुर्‍याउन प्रोत्साहन गर्ने वर्तमान शिक्षा


  •   शुक्रबार, असोज १७, २०७६ मा प्रकाशित
  • केशव नाथ योगी

    Advertisement

    नेपालको वर्तमान शिक्षा प्रणालीले गम्भीर सामाजिक समस्या निम्त्याइरहेको छ । यसले बालबालिकालाई दैनिक व्यवहारिक ज्ञानबाट टाढा, नैतिक र सांस्कृतिक मूल्य मान्यताबाट अलग तथा राष्ट्रियताप्रति वेवास्ताको भावना पैदा गराइरहेको मात्रै छैन, निहीत निजी स्वार्थपुर्तीका लागि एकलकाँटेसमेत बनाइरहेको छ ।

    हाम्रो शिक्षा नीति हाम्रो पारिवारिक, सामाजिक, साँस्कृतिक तथा राष्ट्रिय स्वार्थलाई टाढा राखेर केवल व्यक्तिगत स्वार्थलाई बढावा दिने खालको छ । यसले नेपालको मौजुदा समाजिक संरचनामा भविष्यमा अझ गम्भीर असर पार्ने निश्चित छ ।

    नेपालको वर्तमान परिवेशमा आफ्नो मातृभाषाभन्दा अंग्रेजी माध्यमबाट सञ्चालित विद्यालयहरु प्रतिको मोह बढेर गएको छ । अंग्रेजी बोल्न जान्ने, अंग्रेजी संस्कारमै नाच्न गाउन जान्ने, खानपिन तथा दैनिक व्यवहारमा समेत अंग्रेजी शैली अपनाउने कुरालाई उच्च तथा सर्वश्रेष्ठ शिक्षा मान्न थालिएको छ ।
    यो प्रवृति देशमा सबैतिर हावी हुँदै गएको देखिन्छ तर हामी यही कुरामा गौरवान्वित हुने गरेका छौँ ।

    यद्यपि अंग्रेजी भाषा सिक्नु हुँदैन भन्ने होईन तर अंग्रेजी मिडियमका नाममा जीवन पद्धती, सामाजिक परिवेश, नैतिक व्यवहार र नेपाली भाषा संस्कृतिलाई पुरै तिलाञ्जली दिने खालको शिक्षा प्रणालीलाई कसरी सहि मान्न सकिन्छ ?

    २०५१ सालदेखि नीजि क्षेत्रलाई प्रोत्साहित गरी वि.स. २०५५ मा उच्च स्तरीय राष्ट्रिय शिक्षा योजना आयोगको प्रतिवेदन सार्वजनिक गरे पछि नेपालको शिक्षा प्रणालीमा आफ्नो (पश्चिमा मुलक) प्रभाव कायम हुने गरी वैदेशिक लगानी देश भित्र भित्रियो । क्रमशः नेपालको शिक्षा प्रणाली मौलिक नैतिक र व्यवसायिक व्यवहारिक कृषि शिक्षा आदि विषय वस्तुहरु लोप हुँदै गयो । त्यति मात्र होईन सार्वजनिक विद्यालयहरुलाई एक लाखदेखि तीन लाख नगद, राहत शिक्षक दरवन्दी तथा भवन ब्लक जस्ता प्रलोभन देखाएर वि.स. २०६८ सालको अन्त्यसम्म करिव ७० प्रतिशत सरकारी विद्यालयहरुलाई सामूदायिककरण गरियो । सामूदायिककरणको अन्तिम लक्ष्य नीजिकरण नै हो ।

    हामीले छलफल गर्न खोजेको विषय वा उठाउन खोजेको विषय के हो भने हामीले हाम्रा बालबालिकाहरुलाई राम्रो शिक्षा प्रदान गर्ने नाममा नीजि विद्यालय जहाँ अंग्रेजी माध्यमबाट पठनपाठन गराईन्छ, उक्त विद्यालयबाट प्राप्त शिक्षाले बालबालिकाहरुलाई कस्तो प्रभाव पारिरहेको छ ? भविष्यका लागी उनीहरुलाई कसरी तयार पार्दै छ ? खास प्रश्न यो हो ।

    नीजि विद्यालयहरुले आफ्नो पहिचान लाई बढाउनका लागी हरेक परीक्षाहरुमा ए, ए जोड उच्च ग्रेड देखाउन विद्यार्थीहरुलाई बढी भन्दा बढी अंक ल्याउनका लागी रात दिन प्रयत्न गरिरहेका छन् । बढी भन्दा बढी समय पठनपाठन मै विताई रहेका छन् । बालवालिकाहरु पनि त्यो दौडमा लागिरहेका छन् । स्वयम् अभिभावकहरु पनि अन्धाधुन्द उक्त दौडमा सहभागी हुने गरेका छन् ।

    वर्षभरि ३६५ दिनमा सार्वजनिक विदा, चाडपर्व, हिउँदे र वर्खे विदा कटाएर २२० दिन विद्यालय खुल्ने सरकारी नियम रहेको छ । जसमध्ये (२२० दिन अर्थात ५२५० घण्टा) ६ घण्टा विद्यालयमा, दौड जित्नकालागी साँझ विहान ३÷४ घण्टा अतिरिक्त अध्यन, २ घण्टा होमवर्क, त्यति मात्र होईन चाडपर्वका बेला समेत बालवालिकाहरुलाई भ्याकेसन होमवर्क दिएको हुन्छ । जसलाई सिध्याउनका लागी विद्यार्थीहरुलाई मुस्किल पर्दछ ।

    यसरी हेर्दा विद्यार्थीहरुको अधिक समय पठनपाठनमा नै वित्ने गरेको पाईन्छ । वर्तमान शिक्षा प्रणालीको अन्धाधुन्द ए प्लस ग्रेडको दौडमा स्वयम् अभिभावक पनि दौडी रहेका छन् । यसप्रकार आज बालवालिकाहरु सामान्यतया छरछिमेकसँगको सम्बन्ध, आफ्नै घरपरिवार भित्र गर्नुपर्ने दैनिक आवश्यक क्रियाकलाप जो पछि गएर व्यवहारिक जीवनको महत्वपुर्ण हिस्सा हो, त्यसबाट टाढा भागिरहेका छन् । वा त्यसबाट उनीहरुलई टाढा राखिँदैछ ।

    स्वयम् अभिभावकहरु आफ्ना बालबालिकाहरुलाई ब्रोईलर बनाई रहेका छन् । अभिभावकहरु बालबालिकालाई भन्छन अरु कुनै पनि काम गर्न पर्दैन मात्र पढ…..पढ……मात्र पढ…..। राम्रोसँग पढेर राम्रो अंक ल्याएर (ए प्लस ल्याएर) पास हुन पर्छ । त्यस प्रकार आज बालबालिकाहरु उनीहरुका लागी व्यवहारिक जीवनमा काम लाग्ने कुनै पनि प्रकारको काम वा क्रियाकलापमा सहभागी हुन पाउँदैनन् ।

    खाना कसरी बन्छ, कुन तरकारी कसरी बनाईन्छ भन्ने जस्ता दैनिक व्यवहारकका सामान्य ज्ञान मात्रै होइन, लगाकपडा र कोठा सरसफाई समेत उनीहरुलाई असजिलो लाग्न थालेको छ । नेपालको वर्तमान शिक्षा प्रणालीले विद्यार्थीहरुलाई श्रमबाट मात्र टाढा राखेन उनीहरुलाई एकलकाँटे बनाउनका साथै व्यक्तिगत स्वार्थलाई आत्मसात गर्न सिकाई रहेको छ । नीजि स्वार्थको कुसंस्कारले घरपरिवार तथा समाजबाट अलग गरिदिएको छ ।

    नैतिक र व्यवहारिक ज्ञानको अभावको परिणाम देशका विभिन्न ठाँउहरुमा बृद्धाश्रम खुलेका छन । बृद्ध आमा बाको वृद्धावस्थालाई वोझ सम्झिने प्रवृतिका कारण वृद्धाश्रमको संख्या बढिरहेका छन् । नेपालमा हाल ७१ वृद्धाश्रम रहेका छन् । करिब दुई हजार हुनेखाने घर परिवारबाट आमा बाहरुलाई वृद्धाश्रममा पठाईको छ ।

    निहित र नीजि स्वार्थका कारणले भावनात्मक सम्बन्ध समेत खत्तम हुँदै गईरहेको छ । देशभित्र रहेका ७१ वटा वृद्धाश्रममा अधिकांश पढेलेखेका कथित वुद्धिजीवि भन्नेहरुका बा आमा नै रहेका कुरा जगजाहेर छ । त्यसैले वर्तमान शिक्षा प्रणालीले सभ्य, सचेत नैतिकवान र अनुशासित नागरिक उत्पादन गर्न भन्दा पनि नीजि स्वार्थ अंगिकार गर्ने रोवोट उत्पादन गर्दैछ ।

    शुक्रबार, असोज १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढी : तीन जिल्लाका १८ विद्यालयमा क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

    • ६.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.