• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

सरकार र जनता मिलेर कोरोनाको सामना गर्नुपर्दछ


  •   सोमबार, भदौ १५, २०७७ मा प्रकाशित
  • चित्रबहादुर केसी, अध्यक्ष, राष्ट्रिय जनमोर्चा

    Advertisement

    ० अहिलेसम्मको जीवनमा यस्तो महामारी कहिल्यै बेहोर्नुभएको थियो ?

    – थिइनँ । यस्तो महामारी अहिलेसम्म बेहोरेकै थिइनँ ।

    ० लकडाउन वा निषेधाज्ञाको समयमा दिन कसरी बिताइरहनुभएको छ ?

    – अहिले त सबै काम कोठाबाटै भइरहेको छ । इन्टरनेट र प्रविधिलाई सदुपयोग गरेर पार्टी र जनवर्गीय सङ्गठनका बैठक, प्रशिक्षण भइरहेका छन् । मिडियासित कुराकानी भइरहेको छ । मिडियाका साथीहरूलाई समेत कोठामा ल्याउने गरेको छैन । कसैलाई घरनजिक बोलाएर कुराकानी गरेको छु । कसैसित यस्तै फोनमार्फत कुराकानी/अन्तर्वार्ता दिने गरेको छु । सङ्क्रमणबाट बच्न यस्तो तरिका अपनाएको छु ।

    ० लकडाउनलाई कतिपयले “ज्यानमारा” भनिरहेका छन्, यो सत्य हो ?

    – होइन, त्यस्तो होइन । सबैलाई थाहा छ, विश्वमा जसले लकडाउनको बेवास्ता गरे, त्यहाँ कोरोनाको सङ्क्रमण झन् बढ्दै गयो । फेरि ती देशहरूले पुनः लकडाउन लगाउन थाले । नेपालमा पनि त्यस्तै भयो । केही दिन लकडाउन लगाइएन । अहिले फेरि कोरोनाको सङ्क्रमण बढेको बढ्यै छ । त्यसकारण लकडाउनलाई पूरै “ज्यानमारा” भन्न मिल्दैन । लकडाउनको पालना त सबैले गर्नैपर्दछ, जनताले पनि गर्नुपर्दछ ।

    ० निषेधाज्ञा र लकडाउनमा फरक के हो ?

    – उस्तै उस्तै हो । लकडाउन भने पनि, निषेधाज्ञा भने पनि मानिसहरूको एकै ठाउँमा एकै समयमा बाक्लो जमघट नहोस् भन्ने कुरा नै हो । तर मैले देखिरहेको छु, निषेधाज्ञा वा लकडाउन लगाइए पनि मानिसहरूको भिड बढेकोबढ्यै छ । बिहान साढे ७ देखि ९ बजेसम्म त भिडै हुन्छ । मानिसहरूको घुइँचो लागेको देखिन्छ । मैले पनि देखेको छु, तरकारी, खाद्यान्न किन्न घुइचै लागेको छ । यसरी तीनचार घण्टासम्म भिडभाड भएपछि सङ्क्रमण झन् बढ्ने खतरा देखिएको छ ।

    ० पछिल्लो केही दिनयता सङ्क्रमित र मृतकको सङ्ख्या बढिरहेको छ । यस्तो किन भइरहेको छ ? तपाईलाई के लाग्छ, यसको कारण के हो ?

    – विदेशमा गएका नेपालीहरू उतै कोरोनाको चपेटामा परे । उनीहरूको रोजगारी पनि गुम्यो । अलपत्र भए । त्यसमध्ये केही नेपालीहरू स्वदेश फर्किएका छन् । यता, छिमेकी देश भारतमै कोरोनाको सङ्क्रमण बढिरहेको छ । शनिवार मात्रै त्यहाँ ७८ हजार नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । भारतमा ठुलो सङ्ख्यामा नेपालीहरू पनि छन् । कोरोनाले उनीहरूलाई पनि नछुने कुरा भएन । खुला सिमानाका कारण उनीहरू नेपालतर्फ आउँदा कोरोनाको सङ्क्रमण बढ्ने देखियो । यसरी नेपालको दक्षिणी भेगमा कोरोना फैलिने नै भयो । भन्न त नेपाल र भारतको माझमा १० ठाउँबाट मात्रै ओहोरदोहोर गर्ने भनिएको छ । तर पनि भनेजस्तो भएकै छैन । मानिसहरू जताततैबाट नेपाल प्रवेश गरिरहेका छन् । यसरी तराईमा भारत हुँदै फैलिएको कोरोना काठमाडौँसम्म पनि आइपुग्यो ।

    भारतबाट आउनेहरूलाई पिसिआर परीक्षण गरेर नेपाल प्रवेश गराउने वा नेपाल प्रवेश गराएपछि पनि निश्चित समयसम्म क्वारेन्टाइनमा राख्ने विषयमा सरकारले काम गर्न सकेन । सरकारको क्षमताले पनि पुगेन । त्यसले गर्दा पछिल्लो समयमा हामीकहाँ कोरोनाको सङ्क्रमण फैलिएको छ । ठुलो सङ्ख्यामा चिकित्साकर्मी, सुरक्षाकर्मी र मिडियाका साथीहरूसमेतमा पनि सङ्क्रमण फैलिएको अवस्था छ ।

    ० बेलायतको एउटा संस्थाले नेपालमा गरेको भनिएको एउटा अध्ययनमा यस वर्ष २०२० को डिसेम्बरसम्ममा ५० हजार नेपाली कोरोना सङ्क्रमणबाट मृत्यु हुने अनुमान व्यक्त गरिएको छ । यस्तो हुन सक्छ ?

    – त्यो अध्ययन मात्रै हो । त्यसैको रिपोर्टमाथि पूरै विश्वास गरिहाल्ने अवस्था छैन । सामाजिक–शारीरिक दुरी कायम राखेर, औषधिउपचार व्यवस्थित गराएर, क्वारेन्टाइन, आइसियू र भेन्टिलेटरसहित अस्पतालको स्तरोन्नति गरेर हामीले सम्भावित मृत्यु सङ्ख्या घटाउन सक्दछौँ । तर नेपालमा यी सबै सुरक्षाका उपायहरू व्यवहारमा कार्यान्वयन नगरिएकाले त्यो रिपोर्टमा भनिए झैँ कोरोनाले भयावह रूप लिने हो कि भन्ने लागेको पनि छ । यसरी सङ्क्रमण द्रुतगतिमा नफैलियोस्, त्यसका लागि सरकारले उच्चस्तरमा काम गर्नुपर्दछ । तर सरकारको असक्षमतालाई हेर्दा अथवा पछिल्लो समयमा तराई र काठमाडौँको अवस्थालाई हेर्दा त्यो अध्ययनमा भनेजस्तै त्यस्तो नहोला नै भनेर ठोकुवा गर्न भने सकिन्न । फेरि पनि सरकारले उच्चस्तरको तयारी र व्यवस्थापन गरेर कोरोनाको सङ्क्रमण नियन्त्रण गर्न सरकारले ध्यान दिनुपर्दछ ।

    ० लकडाउनकै बेलामा भ्रष्टाचारका समाचार आउँदै गरे । यो समाचार मात्रै हो कि भ्रष्टाचार भएकै हो ? के लाग्छ यहाँलाई ?

    – भ्रष्टाचार नभइकन कसैले भयो भन्दै–भन्दैन । काँचो खरमा आगो बल्दैन । फेरि यो नयाँ विषय पनि होइन । यसभन्दा अघि पनि भ्रष्टाचार भइरहेकै हो । हामीकहाँ मौकामा चौका हान्ने प्रवृत्ति छ नै । गल्ती–कमजोरी भएकै छ । भ्रष्टाचार भएकै छ । त्यसैले यो खबर बाहिरिएको हो ।

    यस्तो अहिले मात्रै भएको भन्ने पनि होइन, पञ्चायत कालदेखि नै मौकामा चौका हान्ने प्रवृत्ति यथावत चलिआएको छ । भ्रष्टाचारीलाई ठाउँको ठाउँ कारबाही गर्ने काम सरकारले गर्दै गरेको छैन, उल्टै तिनैको पक्षपोषण गर्ने गरेको छ । पञ्चायत कालमा पनि बाढीपहिरो, भुइँचालो, महामारीजस्ता प्राकृतिक र मानवीय प्रकोप आउँदा उल्टै त्यसलाई देखाएर केही मान्छेले कमाउने प्रवृत्ति हामीकहाँ पहिलेदेखि नै छ नि ! अहिले पनि त्यस्तै गरे । जनतालाई राहत बाँड्ने भनेर त्यसमा पनि फाइदा उठाए । औषधिउपचार वा चिकित्सायन्त्र खरिद् गर्ने नाममा पनि भ्रष्टाचार गरेको खबर बाहिरियो । यस कार्यमा सरकार पनि चोखो देखिएन । यही बेला हो कमाउने भन्ने प्रवृत्ति देखियो ।
    यदि स्वास्थ्योपचार वा चिकित्सायन्त्र खरिद्मा भ्रष्टाचार भएको छैन भने सम्बन्धित घटनाको छानबिन गर्नुपर्यो । निस्पक्ष प्रतिवेदन सार्वजनिक गर्नुपर्यो । दोषीउपर कारबाही गर्नुपर्यो । यस्तो गरियो भने त अफवाह फैलिने कुरै हुँदैन । भ्रष्टाचर नभए अफवाह कसरी फैलिन्छ ? केही भएर नै बाहिर कुरा आएको हो । तर जनताले यी सबै हेरिरहेका छन् । यस्तो प्रवृत्तिलाई जनताले माफी दिने छैनन् ।

    ० कोरोना नियन्त्रण गर्न सरकारले केकस्ता कदम उठाउनुपर्दछ भन्ने लाग्दछ यहाँलाई ?

    – कोरोना नियन्त्रण खालि सरकारको एकतर्फी प्रयत्नले मात्र सम्भव हुन्न, जनता पनि चनाखो हुनुपर्दछ । सतर्कता सरकारको लागि होइन नि, आफ्नै लागि हो । तर हामी देखिरहेका छौँ, बिहान त पूरै मेला लाग्छ बजारमा । त्यसैले पहिलो कुरा त जनता आफै पनि सचेत र सतर्क हुनुपर्दछ । अर्कातिर, सरकारले पनि जनताको जीवनरक्षालाई उच्च प्राथमिकता दिनुपर्यो । चिकित्साकर्मी र सुरक्षाकर्मीलाई प्रोत्साहन दिनुपर्यो । तर यतिखेर सरकार आफै सत्ता र शक्तिको खिचातानमा मस्त देखिन्छ । उसलाई बाढीपहिरोपीडितलाई बचाउनमा ध्यान छैन । सिन्धुपाल्चोकको लिदीमै हेर्नुस् न, त्यहाँ एउटै त्रिपालमुनि २५ जना बसिरहेका छन् । उनीहरू कसरी बस्छन् ? कसरी सुत्छन् ? सरकारलाई खै चिन्ता ?

    त्यस्तै, सेनाप्रहरीमा पनि कल्याणकारी कोष बनाइएकै छ । सरकारले मुखले त चिकित्साकर्मी र सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिने भनेको छ । तर व्यवहारमा त्यसको कार्यान्वयन भएको छैन । हामीलाई थाहै छ, हिजो संसदमा बस्नेले प्रोत्साहन भत्ता खाएका थिए । तर आज चिकित्साकर्मी र सुरक्षाकर्मीले प्रोत्साहन भत्ता पाएका छैनन् । यसले गर्दा उनीहरूको मनोबल घटिरहेको छ । उनीहरूको मनोबल घट्यो भने के हुन्छ ? त्यसले त कोरोना नियन्त्रण गर्ने सरकारी प्रयासमा बाधा पुग्दछ । त्यसले गर्दा कोरोना महामारीले भयावह रूप लिन्छ । त्यसकारण सरकारले उनीहरूलाई प्रोत्साहन दिने विषयमा बेलैमा ध्यान दिनुपर्दछ ।

    सरकारले यति बेला सबै काम छोडेर जनताको जिउधनको रक्षामा लाग्नुपर्दछ । सिङ्गो मानवजातिमाथि आएको यस्तो अकल्पनीय महमारीको सरकार र जनता दुवै मिलेर सामना गर्नुपर्दछ । यो महामारी कहिलेसम्म रहने हो ? थाहा छैन । त्यसकारण यसबाट जोगिन सरकार र जनता दुवै जिम्मेवार, सजग र सतर्क रहनुपर्दछ ।

    ० विदेशस्थित नेपालीलाई स्वदेश फिर्ताको काम अझै बाँकी छ । सरकार सुस्ताउनुका पछाडिको कारण के हो ?

    – सरकारले विदेशमा रहेका केही नेपालीमध्ये अलिकतिलाई त ल्यायो । तर अहिले पनि धेरै नेपालीहरू विदेशमा अलपत्र परेका छन् । प्रत्येक नेपालीलाई विदेश जाँदा १,५०० जति रुपियाँ अनिवार्य लिइन्छ नि, कल्याणकारी कोषमा जम्मा गर्ने भनेर । अहिले त्यही पैसा खर्च गर्ने हो नि ! त्यही पैसाले उनीहरूलाई उद्दार गर्ने हो । तर यहाँ पनि सरकारको गैरजिम्मेवारीपन देखिएको छ । कल्याणकारी पैसा खर्च गरेर विदेशस्थित नेपालीहरूलाई नेपाल ल्याउँदा एउटा तप्कालाई नाफा भएन । निजी विमान कम्पनीहरूलाई नाफा भएन । जसले हिजो तिनै विदेश जाने नेपालीले पठाएको रेमिट्यान्मबाट गाडी चढ्थे, आज उनीहरूलाई नाफा भएन । सरकारले नाफालाई ध्यानमा राखेकै कारण विदेशस्थित अलपत्र नेपालीलाई नेपाल फर्काउने काममा सुस्तता आएको हो ।

    सरकारले कल्याणकारी रकम खर्च गर्ने बेला यही हो । यही बेला हो थैलो फुकाउने । तर सरकारलाई त प्राइभेट विमान कम्पनीलाई नाफा कमाउन दिने ध्याउन्ना छ । जनताको जिउधनको के चिन्ता सरकारलाई ? कोरोना फैलिएको छ महिना भइसक्यो । अहिलेसम्म पनि ती अलपत्र नेपालीलाई ल्याउन नसक्नु दुःखको कुरा हो । सरकारले तुरन्तै विदेशस्थित अलपत्र नेपालीलाई नेपाल फर्काउनुपर्दछ ।

    ० लकडाउनले बिपन्नवर्गलाई ‘रोगले होइन, भोकले मार्यो’ भन्ने गुनासो सुनिन्छ । बिपन्नवर्गको समस्या कसरी समाधान गर्नुपर्दछ सरकारले ?

    – बिपन्नवर्गका जनतालाई सरकारले यही बेला तत्कालै यथोचित सहयोग गर्नुपर्दछ । सुरु सुरुमा त सरकारले केही गरे झैँ पनि गर्यो । अहिले चुपचाप । जसले दिनभरि काम गरे बेलुका चुल्हो बाल्छन्, उनीहरू भोकै छन् । एक त लकडाउन लगाउनुभन्दा पहिले नै सरकारले उनीहरूको बारेमा विचार गर्नुपर्दथ्यो । उनीहरूलाई पहिले नै व्यवस्थापन गर्नुपर्दथ्यो, तर गरेन । अब गर्नुपर्यो । सांसदको तलबभत्ता कटाएर भए पनि कर्मचारीको आधा तलबभत्ता कटौति गरेर भए पनि उनीहरूलाई सहयोग गर्नुपर्यो । लकडाउन वा निषेधाज्ञाले उनीहरू बाटबाटै अलपत्र परिरहेका छन् । उनीहरूलाई व्यवस्थित गरेको झुटो प्रचार सरकारले गरिरहेको छ । बरु एक छिन विकास–निर्माणको काम रोकौँ, तर विपन्नवर्गका, दैनिक ज्यालादारीमा जीवन निर्वाह गर्ने जनताको स्वास्थ्य परीक्षण गरौँ, उनीहरूको जीविकोपार्जनको तत्काल व्यवस्था गरौँ ।

    ० कोरोना महामारीको माझमा राष्ट्रिय जनमोर्चाका गतिविधि कसरी चलिरहेका छन् ?

    – प्रविधिको प्रयोग गरेर राष्ट्रिय जनमोर्चाका गतिविधि सञ्चालन गरिरहेका छौँ । भर्चुअल विधिबाट कार्यक्रमहरू भइरहेका छन् । प्रत्यक्ष भेटघाट सम्भव नभएको अवस्थामा त यसरी नै जानुपर्यो । हाम्रा साथीहरूले सम्भव भएसम्म स्थानीयस्तरमा सङ्क्रमित साथीहरूलाई सहयोग पुर्याइरहनुभएको छ । उपचारमा सहयोग गर्नुभएको छ । हाम्रा कतिपय साथीहरू आफै पनि सङ्क्रमित पनि हुनुभएको छ । उहाँहरूको उपचार पनि भइरहेको छ ।

    ० ओली सरकारले एमसिसी जसरी पनि पास गर्दै छ भन्ने खबर छ नि यति बेला । यो सत्य हो ?

    – पास गर्ने प्रयासमा त छ नै । अमेरिकाको सहयोग लिएर वा अरू कुनै तरिकाले कसरी हुन्छ, पास गर्ने प्रयासमा यो सरकार छ । तर त्यसको विरुद्धमा त्यही पार्टीभित्रै पनि विरोध छ । हामीले पनि लगातार विरोध गरिरहेका छौँ । देशभरिका जनता एमसिसीको विरोधमा छन् ।

    ० भारतद्वारा अतिक्रमित लिम्पियाधुरा–लिपुलेकलगायतका भूमि फिर्ता ल्याउनेबारे के काम भइरहेको पाउनुभएको छ ?

    – यस विषयमा पहिल्यै सर्वदलीय बैठक बोलाइएको थियो । भारतले लिम्पियाधुरादेखि लिपुलेकसम्म नेपाली अतिक्रमण गरेको विरोधमा सर्वदलीय सहमति कायम भएको थियो । यस मामिलामा अहिले पनि सिङ्गो देश एक ढिक्का छ । त्यहीअनुसार संविधान संशोधन पनि भइसकेको छ । तर भारतले यस विषयलाई आलटाल गरिरहेको छ । जालझेल गरिरहेको छ ।

    भारतले लिम्पियाधुरा–लिपुलेकमा मात्रै होइन, सुस्तासहित धेरै ठाउँमा सीमा अतिक्रमण गरेको छ । उसले बनाएका बाँधका कारण नेपाली भूमि डुबानमा परेका छन् । भारतले भौगोलिक, जनसाङ्ख्यिक, संवैधानिक अतिक्रमण गरिरहेको छ । तर म देख्छु, एकाध वर्षयता भारतको माइक्रो म्यानेजमेन्टमा केही कम आएको छ । तर यो अस्थायी कुरा हो । उसले सीमा अतिक्रमण गर्ने मात्र होइन, सिङ्गै नेपाललाई सिक्किम बनाउन खोजिरहेको छ । त्यही क्रममा सङ्घीयता ल्याइयो । २ नं. प्रदेशका ८ जिल्ला त उनीहरूले अलग बनाइसकेका छन् । उनीहरूको यस्तो प्रयास जवाहरलाल नेहरूको पालादेखि नै चल्दै आएको छ ।

    नेपाली जनताले भारतले गर्दै आएको यस खालको ज्यादतीको विरोध गरिरहेका छन् । यसबारे जनता सचेत पनि छन् । उनीहरूलाई थाहा छ, भारतले जबर्जस्ती गरिरहेको छ भन्ने । नेपाली जनताले जुनसुकै मूल्य चुकाएर भए पनि आफ्नो भूमि छोड्ने छैनन् । सन् १८१६ को सुगौली सन्धिपछि लामो समयसम्म लिम्पियाधुरा हाम्रै भोगचलनमा रहेको पनि हो । त्यसलाई फिर्ता गरिनुपर्दछ । सरकाले सम्भव भएसम्म कूटनीतिक रूपमा उच्चस्तरीय वार्ता गरेर र त्यसरी सम्भव नभए यो विषयलाई अन्तर्राष्ट्रियकरण गरेर भए पनि अतिक्रमित भूमि फिर्ता ल्याउनुपर्दछ ।

    ० अन्तमा युगदर्शनमार्फत भन्नुपर्ने केही छुट्यो कि ?

    – यतिखेर देश अप्ठ्यारो परिस्थितिमा छ । एकातिर, कोरोना सङ्क्रमणको चपेटामा छौँ हामी । अर्कातिर, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता गम्भीर स्थितिमा छ । यो अवस्थामा हामीले तात्कालिक रूपमा कोरोना सङ्क्रमितको उपचार गर्नुपर्ने छ । त्यस्तै सरकारले गरेका गल्ती–कमजोरीको आलोचना गर्नुपर्दछ । कोरोनाका कारण समस्यामा परेका बिपन्नवर्गका ज्यालादारी मजदुर, सुकुम्बासीको पक्षमा काम गर्न सरकारमाथि दबाब दिनुपर्दछ । राष्ट्रिय जनमोर्चाका साथीहरूले पनि यस क्षेत्रमा आफूले सकेको सहयोग गर्नुपर्दछ ।
    अन्तमा, मलाई राष्ट्रिय जनमोर्चा र मेरोतर्फबाट विचार राख्ने अवसर दिनुभएकोमा युगदर्शनलाई धन्यवाद दिँदै यसको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

    अन्तर्वार्ता : प्रकाश थापा मगर

    सोमबार, भदौ १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्वस्थ भए पनि मसालप्रति प्रतिबद्ध छु
    लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो– प्रथम राष्ट्रपति डा यादव
    गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
    पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार
    तानाशाही ध्येयका साथ विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाइँदैछ : जिसी (भिडियो अन्तर्वार्ता)
    चीनमा स्वेच्छिक अंगदाता संख्या ७३ लाख नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.