• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, मङि्सर ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रधानमन्त्री शाह नयाँदिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण र नेपालको राष्ट्रिय हितको सवाल

राष्ट्रिय जनमोर्चा दाङले सञ्चालन गर्ने भयो ‘सापुरापु’ अभियान

करिब पाँच क्विन्टल गाँजासहित साह प्रहरी नियन्त्रण

इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु, ३६ जना बेपत्ता

मूल प्रवाहका पूर्वी भारत क्षेत्रीय सल्लाहकार सुबान सिंह माझीको निधन

परिवार

नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो

अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता

लोकप्रिय समाचार

  • १. राष्ट्रिय जनमोर्चा जैमिनीको सामूहिक खेती अभियान : ४० रोपनीमा धान खेती, ८० मुरी उत्पादन (फोटाहरू सहित)

  • २. युवाहरूको आक्रोशलाई एउटा षड्यन्त्रको हतियारका रूपमा प्रयोग गरियो

  • ३. ‘निर्धारित समयमै चुनाव हुनुपर्दछ’ मसाल भन्छ– ‘रास्वपा र राप्रपासित तालमेल हुँदैन’

  • ४. न्यायाधीशका पीएसओको गोली लागेर निधन

  • ५. दोस्रो पटक बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटोसहित)

  • ६. अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एक वर्षयताकै कम

  • ७. भारतस्थित नेपालीहरूका हकहित र अधिकारका लागि मूल प्रवाहले अभिभावकीय भूमिका खेल्दै आएको छ : प्रेम पौडेल

  • ८. प्रगतिशील देउसीभैलोलाई सहयोग गर्ने सबैलाई रक्तिमको धन्यवाद

  • ९. राजमो कावा अध्यक्ष नेपाली उपचारपछि डिस्चार्ज

  • १०. टोपबहादुर एमाले भेलामा

मधुमेहका ११ लक्षण र ध्यान दिनुपर्ने कुरा


  •   शनिबार, कार्तिक २८, २०८३ मा प्रकाशित
  • डा दीपक मल्ल ##

    Advertisement

    बदलिँदो जीवनशैली र खानपानमा आएको अस्वस्थ परिवर्तनका कारण नेपालमा मधुमेहका बिरामी ह्वात्तै बढिरहेका छन् । मधुमेह भनेको शरीरमा सुगरको मात्रा बढी हुने रोग हो । नेपाली समाजमा यसलाई चिनीरोग भनेर चिनिन्छ ।

    मानव शरीरमा चिनीको आवश्यकता हुन्छ । शरीरमा चिनी नहुने हो भने मानिस बाँच्न सकदैन तर जब शरीरमा चिनीको मात्रा बढ्छ त्यसले भने असर देखाउन थाल्छ । चिनीको मात्रा बढी भयो भने शरीरमा यसले विभिन्न अङ्गलाई असर गर्न थाल्छ ।

    शरीरमा भएको चिनीको मात्रा, जसलाई ग्लुकोज भनिन्छ, मानिसले जुनसुकै खाना खाइसकेपछि शरीरमा ग्लुकोजको रूपमा प्रवेश गर्छ र त्यसबाट कोष सञ्चालन गर्ने शक्ति आउँछ ।

    चिनीबाट कार्बाेहाइटेड र इनर्जी पाइन्छ । त्यसलाई प्रयोग गराउने भनेको इन्सुलेनले हो । त्यो भनेको हाम्रो पेटको भागमा रहेको प्यान्क्रियाज ग्रन्थिले उत्पादन गर्ने हर्मोन हो । इन्सुलिनको काम भनेको शरीरमा बनेको ग्लुकोजलाई शरीरका विभिन्न कोषहरूमा लगेर प्रयोगमा ल्याउने हो ।

    टाइप वान र टाइप टू मधुमेह

    जब शरीरमा इन्सुलिन बन्दै बनेन भने त्यसलाई ‘टाइप वान मधुमेह’ भनिन्छ । प्रकार १ मा इन्सुलिनको मात्रा शून्य हुन्छ । बाँच्नका लागि इन्सुलिन नै चाहिन्छ । यो समस्या बच्चामा बढी देखिन्छ ।

    शरीरमा इन्सुलिन छ तर पर्याप्त मात्रामा उत्पादन गरेन अथवा शरीरले भएको इन्सुलिनलाई राम्रोसँग प्रयोगमा ल्याउन सकेन भने त्यो ‘टाइप टू’ मधुमेह हो । यो समस्या विगतमा ५० वर्ष माथिकालाई देखिन्थ्यो तर पछिल्लो समय अस्वस्थ जीवनशैलीका कारण ३० वर्ष र त्यो भन्दा कम उमेरमा पनि देखिन थालेको छ ।

    युवा उमेरमा मधुमेह देखिने क्रम बढ्नुको प्रमुख कारण अव्यवस्थित जीवनशैली हो । खेलकुदमा व्यस्त हुनुपर्ने बेलामा मोबाइलमा व्यस्त हुँदा बालबालिकामा पनि यो प्रकारको मधुमेह बढ्दै गएको छ ।

    गर्भवती अवस्थामा देखिने मधुमेह

    अर्को भनेको गर्भवती अवस्थामा पनि मधुमेह हुन्छ । गर्भवती हुनुभन्दा पहिला मधुमेह नभएको र गर्भवती भएको २४ हप्तादेखि २८ हप्ताका बिचमा रगत परीक्षण गर्दा मधुमेह देखियो भने त्यसलाई गर्भवती अवस्थामा देखिने मधुमेह भनिन्छ । चिकित्सकीय भाषामा यसलाई जेसटेसनल मधुमेह भनिन्छ । गर्भवती समयमा मधुमेह भएको खण्डमा आमा, शिशु दुवैमा समस्या आउँछ । शिशु जन्मेपछि पनि भविष्यमा आमा र शिशु दुवैलाई मधुमेह हुने सम्भावना हुन्छ ।

    डेलिभरीपछि यो समस्या हराउँछ तर बेलैमा नियन्त्रण गरिएन भने पछि त्यो प्रकार दुई को मधुमेहमा परिवर्तन हुन सक्छ । डेलिभरीपछि मेरो सुगर हरायो भनेर ढुक्क बस्नुहुँदैन । अस्वस्थ जीवनशैली तथा खानपानमा ध्यान दिनुपर्छ । संसारमा प्रत्येक छ जना महिलामध्ये एक जनालाई यो भएको पाइएको छ ।

    सामान्यतया खाली पेटमा ग्लुकोजको मात्रा १२० भन्दा कम र खाना खाएपछि १८० भन्दा कम भएको मधुमेहलाई सामान्य मानिन्छ । ‘टाइप वान’ मधुमेह छ भने त्यसको उपचारविधि इन्सुलिन हो । ‘टाइप टू’ मधुमेहमा पनि दुई/तीनोटा औषधी चलाउँदा मधुमेह अनकन्ट्रोल भएको अवस्थामा सक्दो छिटो इन्सुलिन प्रयोग गर्नुपर्छ ।

    नेपालमा मधुमेहका बिरामी कति छन् भन्ने तथ्याङ्क छैन तर एउटा अन्तर्राष्ट्रिय डाइबिटिज फेडरेसनले हरेक वर्ष तथ्याङ्क निकाल्दा सन् २०१७ र २०१८ मा हाम्रो चार प्रतिशत जनसङ्ख्यामा मधुमेह देखाएको छ । सन् २०१६ मा ३.३ प्रतिशत मात्रै थियो । अहिले आएर लगभग वर्षमा एक प्रतिशत नै बढेको देखिन्छ । यो तथ्याङ्कले पनि बढ्ने क्रम धेरै भएको देखाउँछ । हामीले आफ्नो अभ्यासमा पनि पहिलाको भन्दा अहिले धेरै नै अन्तर पाइरहेका छौँ । हरेक दिन, हरेक वर्ष मधुमेह बिरामीको सङ्ख्या एकदमै बढ्दो छ ।

    लक्षण

    १. थकाइ लाग्ने, २. आलस्य हुने, ३. जाँगर नचल्ने, ४. पिसाब लाग्ने, ५. मुख सुख्खा हुने, ६. खाना बढी रुचि हुने, ७. खुट्टा पोल्ने, ८. खुट्टा झमझमाउने, ९. आँखा धमिलो हुने, १०. कुनै पनि घाउ निको हुन गाह्रो हुने र ११. पिसाब फेरेको ठाउँमा कमिला लाग्ने आदि ।

    मुख सुक्यो, राति सुतेको बेलामा धेरै पानी तिर्खा लाग्यो, धेरै भोक लाग्यो, धेरै पिसाब लाग्यो भने मधुमेह हुन सक्छ भन्ने कुरा धेरैलाई थाहा छ तर आधा जनसङ्ख्यालाई मधुमेह भनेको के हो भन्ने कुरा नै थाहा छैन । पिसाब धेरै लाग्नु, पानीतिर्खा धेरै लाग्नु र ज्यादा भोग लाग्नु—यी तीनोटा प्रमुख लक्षण हुन्, जसलाई अङ्ग्रेजीमा ‘थ्री पी’ भनिन्छ ।

    मधुमेह लागेको व्यक्ति छोटो समयमा धेरै दुब्लाउँछ तर हामीले जे भन्यो त्यही कुरा बिरामीमा नआउन पनि सक्छ । नेपालको अवस्थाको कुरा गर्ने हो भने पहाडी क्षेत्रका नागरिक आउनजान एकदमै गाह्रो हुने अवस्था छ । सहरमा भएका बिरामी केही न केही लक्षण लिएर अस्पताल आउनुहुन्छ । सुरुमै आँखाको ज्योति जानु, मिर्गाैला खराब हुनु, खुट्टाको नसा सुकिसकेको र खुट्टामा घाउ भएको अवस्थामा बल्ल अस्पताल आउने बिरामी पनि छन् । त्यसैले मधुमेहको लक्षण यो नै हुन्छ भन्ने हुँदैन ।

    सबैभन्दा ठुलो कुरा यसमा आफ्नो परिवारमा कसैलाई मधुमेह भएको छ भने अन्य सदस्यले मलाई पनि यो रोग लाग्न सक्छ है भन्ने जानकारी हुनुपर्‍यो । लाग्नैपर्छ भन्ने कुरा पनि होइन । दुई/तीन जनामा एक जनामा लाग्न सक्छ । कसैको परिवारमा मधुमेहको बिरामी छ भने आफू पनि सचेत हुनु, समयसमयमा स्वास्थ्य परीक्षण गर्नु नै उत्तम उपाय हो ।

    ४०–४५ वर्ष लागेपछि मधुमेहको परीक्षण गर्नैपर्छ अथवा जो मोटो छ, उचाई अनुसारको तौल धेरै भयो, बिएमआई ३० भन्दा पनि धेरै भयो, परिवारमा कसैलाई मधुमेह छ, ब्लडप्रेसर, कोलेस्टेरोल छ भने त्यस्ता व्यक्तिले ३०–३५ वर्षको उमेरमा पनि मधुमेहको परीक्षण गर्नुपर्छ ।
    ध्यान दिनुपर्ने कुरा

    मधुमेह लागेको बिरामीको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको नियमअनुसार खानपान, सुत्ने, हिँड्ने गर्नुपर्‍यो । मानसिक तनाव एकदमै कम गर्नुपर्छ । तपाईं निदाएर मात्रै हुँदैन, सुत्नु नै पर्छ । निदाएको छ तर धेरै तनाव लिएर सुत्नुभयो भने अरू हर्माेनको कारणले गर्दा सुगर बिहान उठ्दा हाई हुन सक्छ । समय मिल्छ भने आफ्नो परिवारसँग रमाइलो गर्ने, घुम्न जाने, गीत सुन्ने, नाँच्ने गर्ने हो भने शरीरको लागि व्यायाम पनि भयो र मानसिक तनाव पनि कम हुन्छ ।

    दोस्रो कुरा चिकित्सकले दिएको औषधी तोकिएको समयमा नियमित खानुपर्‍यो । दुईपटक खाने औषधी छ, एकपटक मात्रै खानुभयो भने काम गर्दैन ।

    मधुमेहको औषधी धेरै छन् । कोही खानाअगाडि, केही खानापछाडि खाने छ भने कोही औषधी खानाको पहिलो गाँसमै त कोही खानाको बिचमा खानुपर्ने छ । चिकित्सकले मात्रै लेखेर भएन, बिरामीले पनि राम्रोसँग आफ्नो औषधीको बारेमा बुझ्नुपर्‍यो । बिरामीले कुन औषधी कतिखेर र कसरी खाने भन्नेबारेमा लेखेर राख्नुपर्‍यो ।

    चिकित्सकसँग खासै नबुझ्ने अनि औषधी लिएर घर गएपछि औषधी कसरी खाने भन्ने बारेमा पनि अन्योल हुने गरेका छन् अनि आफ्नै गाउँमा गएर अन्य मधुमेह रोगीलाई सोध्छन् । ‘मैले त खानापछि खाएको छु’ भन्ने जबाफ खानाअघि खानुपर्ने औषधीमा खाइयो भने त्यो औषधीले राम्रो काम गर्दैन ।

    सबै औषधीको फरकफरक बाटो हुन्छ । एउटा बाटोमा जाने औषधी अर्काे बाटोमा गयो भने काम लाग्दैन । मधुमेहको औषधी मुटु, क्यान्सरका लागि काम गरिरहेको हुन्छ भने कतिपय औषधीले मोटोपन घटाइरहेको हुन्छ । त्यसैले औषधी रोक्नुभन्दा पनि सानो डोजमा औषधी निरन्तर खाइरहेको राम्रो हो ।

    एकैपटक औषधी बन्द गर्नको लागि बिरामी चिकित्सकको सम्पर्कमा हुनुपर्‍यो । हरेक महिना स्वास्थ्य परीक्षणमा आउँछु भन्नुपर्‍यो ।

    मधुमेहका मानसिक तनाव नलिने, समयमा उठ्ने, समयमा औषधी र खाने कुरा खाने आफ्नो काम गर्ने होल डेको प्लान बिरामीले बनाउनुपर्छ । मधुमेह भएको बिरामीले एकैपटक धेरै खाने होइन, थोरैथोरै धेरैपटक खाने बानी बसाल्नुपर्छ । दिनमा छपटक खान मेरो सुझाव छ ।

    मधुमेह भन्दैमा बिरामीले दौडधुप नै गर्नुपर्छ, नखाई बस्नुपर्छ भन्ने होइन । बिरामीले अरूले जसरी नै खाने हो । अरूले सबै कुरा खाएको छ, मधुमेह बिरामीले पनि खानुपर्छ तर अरूले जसरी खानु भएन तर जुन दिन अलि धेरै अथवा एक्स्ट्रा क्यालोरी खाइन्छ, त्यो दिन बिरामी एक्स्ट्रा हिँड्नुपर्छ ।

    उपचारको क्रममा औषधी मात्रै सबैभन्दा ठुलो कुरा होइन । बिरामीले हिँड्ने, डुल्ने बसिराख्ने काम नगर्ने, ९० मिनेट बस्नुभएको छ भने १५ मिनेट हिँड्ने । दैनिक हिँड्नुपर्छ भन्ने पनि होइन, दिनमा ४५ मिनेट, हप्तामा ३ दिन हिँड्नु भयो भने पनि मधुमेह औषधीको साथसाथै कम पनि भएर जान्छ ।

    खानामा कार्बाेहाइड्रेड, प्रोटिन, फ्याट पनि चाहिन्छ । हामीले कम गर्ने हो भने कार्बाेहाइड्रेडको मात्रा हो । चामल, रोटी अर्थात् अन्न कम गर्नुपर्छ तर बिरामीलाई यो पनि नखा, त्यो पनि नखा भनेर मानसिक तनाव दिनुहुँदैन । कुनै पनि भोजमा जाँदा खानै पाएन भने मानसिक तनाव हुन्छ । खाने तर धेरै खानुभएन; जस्तै : जेरी, स्वारी, लट्टु एकैपटक खानुभएन ।

    मधुमेहको उपचार भनेको सबैभन्दा पहिलो कुरा मानसिक तनाव कम, खानापानमा ध्यान दिने अनि मात्र बल्ल औषधीमा आउने हो ।

    नेपालीमा मधुमेह अहिले युवा उमेरमा पनि देखा पर्न थालेको छ । विशेषगरी विदेशबाट फर्केर आउने धेरैलाई देखा पर्न थालेको छ । विदेश जानुभन्दा पहिला स्वास्थ्य अवस्था राम्रो भए पनि पछि समस्या आउने र विदेशबाट आउनेमा जोखिम पनि धेरै छ । विदेशबाट आउनेमा मिर्गाैला फेल भएको, आँखा, नसा र मुटुमा पनि समस्या भएका व्यक्ति पनि धेरै छन् ।

    मधुमेह रोग लागेका बिरामीमा आँखा, मुटु, मिर्गाैला, खुट्टा र नसा—यी पाँच अङ्गमा विस्तारैविस्तारै समस्या ल्याउँछ । त्यसकारण यो रोग लागिसकेपछि यी कुरामा विशेष ध्यान दिन जरुरी छ । टाइप वान मधुमेहले यो रोग लागेको ५–१० वर्ष पछाडि यस्ता समस्या ल्याउन सक्छ भने टाइप टू मधुमेहले भने सुरुमा पनि यस्ता समस्या लिएर आउँछन् । बिरामी १० वर्षपछि आउँदा पनि उसको आँखा, मिर्गाैला राम्रो हुनुपर्‍यो र ऊ आफ्नै खुट्टाले टेकेर आउन सक्नुपर्‍यो । अस्पतालमा आउँदा अन्धो भएर, मिर्गाैला नै फेरेर आउने अथवा खुट्टै काटेको अवस्थामा आयो भने कि चिकित्सकले राम्रोसँग उपचार गरेन कि त बिरामी आफैले आफ्नो स्वास्थ्यको बारेमा ध्यान दिएन भन्ने कुरा बुझ्नुपर्‍यो। त्यसैले हामीले जोगाउनुपर्ने भनेकै आँखा, मिर्गाैला, खुट्टा, नसा र मुटु हो । यो कुरामा धेरैले ध्यान दिएको हुँदैन । अब चेतनाका कार्यक्रम विस्तार गर्दै यी कुरामा ख्याल गर्ने सन्देश फैलाउन जरुरी छ ।

    मुख्यत: हरेक मानिसले आफूलाई समस्या नभए पनि वर्षमा एकपटक शरीरको जाँच गराउनुपर्छ । जसलाई मधुमेह छ उनीहरूले एचबिएवानसी टेस्ट कम्तीमा ६ महिनामा एकचोटी गराउनुपर्छ र त्यसको लेभल सात प्रतिशतभन्दा मुनि राख्न सक्नुपर्छ ।

    (मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा मल्लको यो लेख हामीले स्वास्थ्यखबरबाट लिएका हौँ)

    शनिबार, कार्तिक २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण र नेपालको राष्ट्रिय हितको सवाल
    परिवार
    प्रसौनी शिविरबाट ३४६ जना लाभान्वित
    २६ वर्षपछि अमेरिकामा देखियो दादुरा
    बाढीप्रभावितको व्यवस्थापनमा तदारुकता
    राजमो कावा अध्यक्ष नेपाली उपचारपछि डिस्चार्ज

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      राष्ट्रिय जनमोर्चा जैमिनीको सामूहिक खेती अभियान : ४० रोपनीमा धान खेती, ८० मुरी उत्पादन (फोटाहरू सहित)

    • २.
      युवाहरूको आक्रोशलाई एउटा षड्यन्त्रको हतियारका रूपमा प्रयोग गरियो

    • ३.
      ‘निर्धारित समयमै चुनाव हुनुपर्दछ’ मसाल भन्छ– ‘रास्वपा र राप्रपासित तालमेल हुँदैन’

    • ४.
      न्यायाधीशका पीएसओको गोली लागेर निधन

    • ५.
      दोस्रो पटक बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटोसहित)

    • ६.
      अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एक वर्षयताकै कम

    भर्खरै

    • १.
      प्रधानमन्त्री शाह नयाँदिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत

    • २.
      प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण र नेपालको राष्ट्रिय हितको सवाल

    • ३.
      राष्ट्रिय जनमोर्चा दाङले सञ्चालन गर्ने भयो ‘सापुरापु’ अभियान

    • ४.
      करिब पाँच क्विन्टल गाँजासहित साह प्रहरी नियन्त्रण

    • ५.
      इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु, ३६ जना बेपत्ता

    • ६.
      मूल प्रवाहका पूर्वी भारत क्षेत्रीय सल्लाहकार सुबान सिंह माझीको निधन

    • ७.
      परिवार

    • ८.
      नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.