• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, मङि्सर ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको निधन

घातक स्वायत्त हतियार नियमन गर्न सहमति

एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको दाबी

विश्व टेलिभिजन दिवसमा भिडियो पत्रकारको भेला

विदेशस्थित नेपालीको मताधिकारका लागि तीन विकल्पमा विचार हुँदै

बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको निधन, एक बालक गम्भीर घाइते

बाँकेको डुडुवामा भूमिहीन सुकुम्वासी सङ्घर्ष समिति

मधेसको नयाँ मुख्यमन्त्रीमा जसपाका यादव

यस वर्ष पनि मेसिनबाट रोपियो खैरहनीमा आलु

लोकप्रिय समाचार

  • १. राष्ट्रिय जनमोर्चा जैमिनीको सामूहिक खेती अभियान : ४० रोपनीमा धान खेती, ८० मुरी उत्पादन (फोटाहरू सहित)

  • २. रसुवाका बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटासहित)

  • ३. युवाहरूको आक्रोशलाई एउटा षड्यन्त्रको हतियारका रूपमा प्रयोग गरियो

  • ४. ‘निर्धारित समयमै चुनाव हुनुपर्दछ’ मसाल भन्छ– ‘रास्वपा र राप्रपासित तालमेल हुँदैन’

  • ५. न्यायाधीशका पीएसओको गोली लागेर निधन

  • ६. दोस्रो पटक बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटोसहित)

  • ७. अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एक वर्षयताकै कम

  • ८. भारतस्थित नेपालीहरूका हकहित र अधिकारका लागि मूल प्रवाहले अभिभावकीय भूमिका खेल्दै आएको छ : प्रेम पौडेल

  • ९. प्रगतिशील देउसीभैलोलाई सहयोग गर्ने सबैलाई रक्तिमको धन्यवाद

  • १०. राजमो कावा अध्यक्ष नेपाली उपचारपछि डिस्चार्ज

भारतस्थित नेपालीहरूका हकहित र अधिकारका लागि मूल प्रवाहले अभिभावकीय भूमिका खेल्दै आएको छ : प्रेम पौडेल


  •   सोमबार, कार्तिक ३०, २०८३ मा प्रकाशित
  • तिलक राना – हैदराबाद, १५ नोभेम्बर २०२६।

    Advertisement

    भारतमा नेपालीहरूका समस्या दिनप्रतिदिन बढ्दै गइरहेको र उनीहरूको हकहित तथा अधिकारको संरक्षणका लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले अभिभावकीय भूमिका निर्वाह गर्दै आएको केन्द्रीय अध्यक्ष प्रेम पौडेलले बताउनुभएको छ ।

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिको आयोजनामा १५ नोभेम्बर २०२६ का दिन हैदराबादमा सम्पन्न २०८३ सालको प्रगतिशील जनवादी भैलो कार्यक्रमलाई उद्घाटन गर्दै प्रमुख अतिथि पौडेलले उक्त धारणा व्यक्त गर्नुभएको हो ।

    उहाँले भारतमा नयाँ आधार कार्ड बनाउन बन्द गरिएकाले नेपालीहरूलाई विभिन्न कार्य गर्न कठिनाइ भइरहेको बताउनुभयो । आधार कार्डको अभावले विशेषगरी नयाँ पुस्ताको भविष्य अन्योलमा परेको उल्लेख गर्दै उहाँले भारतमा रहेका नेपालीहरूले भोगिरहेका समस्याप्रति चिन्ता व्यक्त गर्नुभयो ।

    भारतमा रहेका नेपालीहरूको हकहित, अधिकार र सुरक्षाका लागि मूल प्रवाहले निरन्तर आवाज उठाउँदै आएको बताउँदै पौडेलले आगामी १४, १५ र १६ फेब्रुअरी २०२७ मा भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न हुन गइरहेको समाजको नवौँ राष्ट्रिय सम्मेलनले नेपालीहरूका समस्या समाधानका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

    उहाँले सम्मेलनलाई सफल बनाउन सबैलाई सक्रियतापूर्वक लाग्न आह्वानसमेत गर्नुभयो ।

    कार्यक्रमको उद्घाटन अध्यक्ष पौडेलले दीप प्रज्वलन गरी गर्नुभएको थियो । कृष्णबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तिलक रानाले गर्नुभएको थियो भने उपस्थित जनसमुदायलाई राजु दुलालले स्वागत गर्नुभएको थियो ।

    कार्यक्रममा केन्द्रीय सदस्यहरू फूलबीना पौडेल र रतन सिंह कर्मा, मध्य दक्षिण क्षेत्रीय उपाध्यक्ष गगन सिंह विक, केन्द्रीय सांस्कृतिक विभागकी माया थापा, मध्य दक्षिण क्षेत्रीय महिला विभाग संयोजक सोबीता पौडेल, विद्यार्थी विभागकी ममता कडायत तथा क्षेत्रीय वैकल्पिक सदस्य भरतबहादुर विक अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

    कार्यक्रमको सुरुवातमा रक्तिम सांस्कृतिक कलाकारहरूले स्वागत गीत प्रस्तुत गरेका थिए भने ज्ञात–अज्ञात सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो ।

    साँझको समयमा रक्तिम सांस्कृतिक कलाकारहरूले जनवादी गीत तथा नृत्य प्रस्तुत गर्नुका साथै जनवादी भैलो प्रदर्शन गरेका थिए । जनवादी गीत र नृत्यको प्रस्तुतिमा सहभागीहरूले उत्साहपूर्वक साथ दिएका थिए ।

    कार्यक्रमको अन्त्यमा सहभागीहरूले आगामी नवौँ राष्ट्रिय सम्मेलनको प्रचारप्रसारमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको घोषणा गरेका थिए ।

    सोमबार, कार्तिक ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको दाबी
    विश्व टेलिभिजन दिवसमा भिडियो पत्रकारको भेला
    विदेशस्थित नेपालीको मताधिकारका लागि तीन विकल्पमा विचार हुँदै
    बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको निधन, एक बालक गम्भीर घाइते
    बाँकेको डुडुवामा भूमिहीन सुकुम्वासी सङ्घर्ष समिति
    मधेसको नयाँ मुख्यमन्त्रीमा जसपाका यादव

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      राष्ट्रिय जनमोर्चा जैमिनीको सामूहिक खेती अभियान : ४० रोपनीमा धान खेती, ८० मुरी उत्पादन (फोटाहरू सहित)

    • २.
      रसुवाका बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटासहित)

    • ३.
      युवाहरूको आक्रोशलाई एउटा षड्यन्त्रको हतियारका रूपमा प्रयोग गरियो

    • ४.
      ‘निर्धारित समयमै चुनाव हुनुपर्दछ’ मसाल भन्छ– ‘रास्वपा र राप्रपासित तालमेल हुँदैन’

    • ५.
      न्यायाधीशका पीएसओको गोली लागेर निधन

    • ६.
      दोस्रो पटक बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटोसहित)

    भर्खरै

    • १.
      भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको निधन

    • २.
      घातक स्वायत्त हतियार नियमन गर्न सहमति

    • ३.
      एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको दाबी

    • ४.
      विश्व टेलिभिजन दिवसमा भिडियो पत्रकारको भेला

    • ५.
      विदेशस्थित नेपालीको मताधिकारका लागि तीन विकल्पमा विचार हुँदै

    • ६.
      बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको निधन, एक बालक गम्भीर घाइते

    • ७.
      बाँकेको डुडुवामा भूमिहीन सुकुम्वासी सङ्घर्ष समिति

    • ८.
      मधेसको नयाँ मुख्यमन्त्रीमा जसपाका यादव

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.