जगदीश ढकाल, नेपालगञ्ज ।
Advertisement
बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ मा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको सङ्घर्ष समिति गठन भएको छ ।
अखिल नेपाल किसान महासङ्घ (अप्फा) का महासचिव तुलसि सापकोटाको प्रमुख आतिथ्यमा २०८३ मङ्सिर ५ गते शनिबार सम्पन्न भेलाले सो समिति गठन गरेको हो ।
सङ्घर्ष समितिको अध्यक्षमा तुलसिराम गिरी, उपाध्यक्षमा कविराम क्षेत्री, सचिवमा लालबहादुर ओली र कोषाध्यक्षमा रेशमी बुढाथोकी रहनुभएको छ ।
त्यस्तै सदस्यमा लालबहादुर सार्की, हिम गिरी, कुले दमाई, भूवन शाही, जगमती भण्डारी, हर्कबहादुर खड्का र समीर विक रहनुभएको छ ।
ज्येष्ठ नागरिक भूवन शाहीको अध्यक्षतामा सम्पन्न उक्त भेलामा ३१ जनता भूमिहीन तथा अव्यवस्थित सुकुम्वासीको उपस्थिति रहेको थियो ।