• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, मङि्सर ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण र नेपालको राष्ट्रिय हितको सवाल

राष्ट्रिय जनमोर्चा दाङले सञ्चालन गर्ने भयो ‘सापुरापु’ अभियान

करिब पाँच क्विन्टल गाँजासहित साह प्रहरी नियन्त्रण

इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु, ३६ जना बेपत्ता

मूल प्रवाहका पूर्वी भारत क्षेत्रीय सल्लाहकार सुबान सिंह माझीको निधन

परिवार

नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो

अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता

भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट निधन हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत

लोकप्रिय समाचार

  • १. राष्ट्रिय जनमोर्चा जैमिनीको सामूहिक खेती अभियान : ४० रोपनीमा धान खेती, ८० मुरी उत्पादन (फोटाहरू सहित)

  • २. युवाहरूको आक्रोशलाई एउटा षड्यन्त्रको हतियारका रूपमा प्रयोग गरियो

  • ३. ‘निर्धारित समयमै चुनाव हुनुपर्दछ’ मसाल भन्छ– ‘रास्वपा र राप्रपासित तालमेल हुँदैन’

  • ४. न्यायाधीशका पीएसओको गोली लागेर निधन

  • ५. दोस्रो पटक बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटोसहित)

  • ६. अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एक वर्षयताकै कम

  • ७. भारतस्थित नेपालीहरूका हकहित र अधिकारका लागि मूल प्रवाहले अभिभावकीय भूमिका खेल्दै आएको छ : प्रेम पौडेल

  • ८. प्रगतिशील देउसीभैलोलाई सहयोग गर्ने सबैलाई रक्तिमको धन्यवाद

  • ९. राजमो कावा अध्यक्ष नेपाली उपचारपछि डिस्चार्ज

  • १०. टोपबहादुर एमाले भेलामा

इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु, ३६ जना बेपत्ता


  •   आइतबार, मङि्सर ०६, २०८३ मा प्रकाशित
  • जकार्ता, ६ मङ्सिर । इन्डोनेसियाको राजधानी जकार्ताको पश्चिममा रहेको एक मिठाई उत्पादन गर्ने कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन् ।

    Advertisement

    स्थानीय उद्धार अधिकारीका अनुसार शनिबार दिउँसो सेराङ जिल्लास्थित फोनुसा अगुङ मुलिया कारखानामा आगलागी भएको हो। उक्त स्थान राजधानी जकार्ताबाट करिब ५० किलोमिटर पश्चिममा पर्दछ ।

    आगलागीमा परी चार जना घाइते भएका छन् । उनीहरूलाई नजिकैको अस्पताल तथा स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको उद्धार अधिकारी रिज्की द्वियान्तोले जानकारी दिनुभयो ।

    उहाँका अनुसार बेपत्ताहरूको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ । उद्धार कार्यमा संलग्न कर्मचारीको सुरक्षालाई प्राथमिकता दिँदै खोजी तीव्र पारिएको उहाँले बताउनुभयो ।

    आगलागीबाट कारखानाको ठूलो भाग ध्वस्त भएको छ । भवनको छाना केही स्थानमा भत्किएको छ भने घटनास्थलबाट अझै धुवाँ निस्किरहेको दृश्य सार्वजनिक भएका छन् ।

    स्थानीय अग्नि नियन्त्रण अधिकारी टुबागुस मचफुज्दका अनुसार शनिबार अपराह्न ४ः३० बजे आगलागीको सूचना प्राप्त भएको थियो । दमकल घटनास्थल पुग्दा भवनको ठूलो भाग आगोको चपेटामा परिसकेको थियो ।

    बान्तेन प्रान्तका गभर्नर आन्द्रा सोनीले आगलागी हुँदा कारखानाभित्र करिब ६० जना रहेको अनुमान गरिएको बताउनुभएको छ ।

    आगलागीको कारणबारे अनुसन्धान भइरहेको स्थानीय विपद् व्यवस्थापन निकायले जनाएको छ।

    इन्डोनेसियामा औद्योगिक तथा भवनमा हुने आगलागीका घटना यसअघि पनि भएका छन्। गत वर्ष डिसेम्बरमा जकार्ताको साततले भवनमा आगलागी हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको थियो। सन् २०२३ मा निकेल प्रशोधन कारखानामा भएको विस्फोटमा १३ जनाको ज्यान गएको थियो।

    आइतबार, मङि्सर ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय जनमोर्चा दाङले सञ्चालन गर्ने भयो ‘सापुरापु’ अभियान
    करिब पाँच क्विन्टल गाँजासहित साह प्रहरी नियन्त्रण
    मूल प्रवाहका पूर्वी भारत क्षेत्रीय सल्लाहकार सुबान सिंह माझीको निधन
    नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो
    अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
    भारतको मणिपुरमा विषाक्त मदिरा सेवनबाट निधन हुनेको संख्या १६ पुग्यो, ६०० उपचाररत

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      राष्ट्रिय जनमोर्चा जैमिनीको सामूहिक खेती अभियान : ४० रोपनीमा धान खेती, ८० मुरी उत्पादन (फोटाहरू सहित)

    • २.
      युवाहरूको आक्रोशलाई एउटा षड्यन्त्रको हतियारका रूपमा प्रयोग गरियो

    • ३.
      ‘निर्धारित समयमै चुनाव हुनुपर्दछ’ मसाल भन्छ– ‘रास्वपा र राप्रपासित तालमेल हुँदैन’

    • ४.
      न्यायाधीशका पीएसओको गोली लागेर निधन

    • ५.
      दोस्रो पटक बाढीपीडितलाई राजमो र मूल प्रवाहद्वारा राहत वितरण (फोटोसहित)

    • ६.
      अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एक वर्षयताकै कम

    भर्खरै

    • १.
      प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण र नेपालको राष्ट्रिय हितको सवाल

    • २.
      राष्ट्रिय जनमोर्चा दाङले सञ्चालन गर्ने भयो ‘सापुरापु’ अभियान

    • ३.
      करिब पाँच क्विन्टल गाँजासहित साह प्रहरी नियन्त्रण

    • ४.
      इन्डोनेसियाको मिठाई कारखानामा आगलागी हुँदा तीन जनाको मृत्यु, ३६ जना बेपत्ता

    • ५.
      मूल प्रवाहका पूर्वी भारत क्षेत्रीय सल्लाहकार सुबान सिंह माझीको निधन

    • ६.
      परिवार

    • ७.
      नेटो इनोभेसन कोषमा क्यानडा आबद्ध, २५औँ सदस्य राष्ट्र बन्यो

    • ८.
      अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.