• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ३०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

महिला नेतृ रानाप्रति प्रगतिशीलको श्रद्धाञ्जली

अन्टुकद्वारा महासचिव रानाप्रति श्रद्धाञ्जली

ऊ एक्लै छ

सुगौली सन्धिको सक्कल प्रति कहाँ छ ? भारतले दियो यस्तो जवाफ

महासचिव रानाको निधनप्रति अप्फाको श्रद्धाञ्जली

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

महासचिव रानाको निधनप्रति महिला सङ्घको श्रद्धाञ्जली

संयुक्त मजदुर आन्दोलन उठाउने क्रममा छौँ : सापकोटा (भिडियोसहित)

कम्युनिस्ट नेतृ सकुन्तला रानाको निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

लोकप्रिय समाचार

  • १. भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

  • २. लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

  • ३. राजमो गुल्मीका नेता हीरा तरामुको निधन

  • ४. लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

  • ५. राजमोको बाइसौँ पार्टीस्कुल समापन

  • ६. तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुँदै

  • ७. बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

  • ८. मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

  • ९. कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

  • १०. नयाँ पार्टीकी सांसद, पुरानै सामन्ती शैली !

ऊ एक्लै छ


  •   शनिबार, साउन ३०, २०८३ मा प्रकाशित
  • विशाल दर्लामी ##

    Advertisement

    ऊ सत्ताको शिखरमा छ
    उसको अगाडि
    झुक्नेहरूको कमी छैन
    उसको एउटा इसारामा
    ढोका खुल्छन
    उसको एउटा शब्दमा
    निर्णयहरू फेरिन्छन्

    ऊ ठुलो दलको प्रमुख हो
    उसको पछाडि
    हजारौँ कार्यकर्ता छन्
    लाखौँ मत छन्
    ठुलो सङ्गठन छ
    एआईसिर्जित नारा छन्

    तर अचम्म छ
    यति धेरै मान्छेका बिचमा पनि
    ऊ एक्लै छ

    सायद
    उसलाई एक्लो बनाउने
    विपक्षी होइनन
    समय होइन
    परिस्थिति पनि होइन
    उसकै निर्णय हुन
    उसकै अहङ्कार हुन्
    उसकै वरिपरि बनाइएको
    सानो घेरा हो

    उसले
    सल्लाह सुन्न छोड्यो
    प्रश्न गर्नेलाई पर धकेल्यो
    सत्य बोल्नेलाई शत्रु ठान्यो
    र प्रशंसा गर्नेहरूलाई
    आफ्नो वरिपरि जम्मा गर्‍यो

    आज
    उसको वरिपरि ताली धेरै छन्
    तर विश्वास कम छ
    जयजयकार धेरै छ
    तर मनबाट साथ दिनेहरू
    बिस्तारै टाढिँदैछन्

    ऊ अझै शक्तिशाली छ
    तर शक्तिको अर्थ
    साथीहरूको सङ्ख्या होइन रहेछ
    सङ्कटका बेला
    कसले हात समाउँछ भन्ने रहेछ

    ऊ अझै सत्तामा छ
    दलको नेतृत्वमा छ
    तर आफ्नै बोलीको भारले
    आफ्नै पाइला भारी बनाउँदैछ

    हिजो उसको छेउमा उभिन
    प्रतिस्पर्धा गर्नेहरू
    आज उसको छायाबाट समेत
    टाढा हुन खोज्दैछन्

    किनकि सत्ता टिकाउन सकिन्छ
    पद जोगाउन सकिन्छ
    बहुमत जुटाउन सकिन्छ
    तर विश्वास आदेशले किन्न सकिँदैन

    ऊ सत्ताको प्रमुख हो
    ऊ ठुलो दलको प्रमुख हो
    तर इतिहासले एउटा प्रश्न
    उसको अगाडि राखिसकेको छ–
    तिमीलाई एक्लो कसले बनायो ?

    शनिबार, साउन ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अग्निसपन्दनको रापताप
    जनताको आवाज बनेका जनगायक जीवन शर्मा
    बादल चाम्लिङको अनुवाद कवितासङ्ग्रह ‘नाइटमेयर’ सार्वजनिक
    एल्गोरिदमको पर्दापछाडि
    ‘स्रष्टाका आँखामा प्युठान’ विमोचनसँगै प्रगतिवादी साहित्यकार सिंह सम्मानित
    ‘स्रष्टाका आँखामा प्युठान’ विमोचन हुँदै

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

    • २.
      लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

    • ३.
      राजमो गुल्मीका नेता हीरा तरामुको निधन

    • ४.
      लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

    • ५.
      राजमोको बाइसौँ पार्टीस्कुल समापन

    • ६.
      तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुँदै

    भर्खरै

    • १.
      महिला नेतृ रानाप्रति प्रगतिशीलको श्रद्धाञ्जली

    • २.
      अन्टुकद्वारा महासचिव रानाप्रति श्रद्धाञ्जली

    • ३.
      ऊ एक्लै छ

    • ४.
      सुगौली सन्धिको सक्कल प्रति कहाँ छ ? भारतले दियो यस्तो जवाफ

    • ५.
      महासचिव रानाको निधनप्रति अप्फाको श्रद्धाञ्जली

    • ६.
      यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    • ७.
      महासचिव रानाको निधनप्रति महिला सङ्घको श्रद्धाञ्जली

    • ८.
      संयुक्त मजदुर आन्दोलन उठाउने क्रममा छौँ : सापकोटा (भिडियोसहित)

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.