• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ३०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

महिला नेतृ रानाप्रति प्रगतिशीलको श्रद्धाञ्जली

अन्टुकद्वारा महासचिव रानाप्रति श्रद्धाञ्जली

ऊ एक्लै छ

सुगौली सन्धिको सक्कल प्रति कहाँ छ ? भारतले दियो यस्तो जवाफ

महासचिव रानाको निधनप्रति अप्फाको श्रद्धाञ्जली

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

महासचिव रानाको निधनप्रति महिला सङ्घको श्रद्धाञ्जली

संयुक्त मजदुर आन्दोलन उठाउने क्रममा छौँ : सापकोटा (भिडियोसहित)

कम्युनिस्ट नेतृ सकुन्तला रानाको निधन, महामन्त्री सिंहद्वारा श्रद्धाञ्जली

लोकप्रिय समाचार

  • १. भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

  • २. लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

  • ३. राजमो गुल्मीका नेता हीरा तरामुको निधन

  • ४. लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

  • ५. राजमोको बाइसौँ पार्टीस्कुल समापन

  • ६. तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुँदै

  • ७. बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

  • ८. मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

  • ९. कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

  • १०. नयाँ पार्टीकी सांसद, पुरानै सामन्ती शैली !

संयुक्त मजदुर आन्दोलन उठाउने क्रममा छौँ : सापकोटा (भिडियोसहित)


  •   शनिबार, साउन ३०, २०८३ मा प्रकाशित
  • धनपति सापकोटा, राष्ट्रिय जनमोर्चाको बाइसौँ पार्टीस्कुलका प्रशिक्षार्थी

    Advertisement

    राष्ट्रिय जनमोर्चाको बाइसौँ केन्द्रीय प्रशिक्षणमा भाग लिन आउनुभएका धनपति सापकोटाज्यूलाई युगदर्शन मिडियामा स्वागत गर्न चाहन्छौँ ।

    ० आरामै हुनुहुन्छ ?

    :: अझै ठिकै छु, धन्यवाद ।

    ० अनि तपाईं त अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) को केन्द्रीय कार्यवाहक अध्यक्ष हुनुहुन्छ । त्यति महŒवपूर्ण सङ्गठनको अध्यक्षको दैनिक काम छोडेर यो प्रशिक्षणलाई महŒव दिनुको कारण के होला ?

    :: विनाविचार र विनाप्रशिक्षण अध्यक्ष नै भए पनि काम छैन । हुन त यसभन्दा अगाडि पनि मैले कैयौँ प्रशिक्षण लिइसकेको छु तैपनि यस्तो मौकामा प्रशिक्षण एकपटक लिँदैमा पूर्ण हुँदैन । यसलाई पटकपटक लिनुपर्छ । यसबाट विगतमा सुनेका विषयहरू ताजा हुन्छन् र कैयौँ नयाँ विषय सुन्न पाइन्छ । यसले सङ्गठनात्मक कामलाई निश्चय नै बल पुर्‍याउँछ भन्ने मलाई लाग्छ ।

    ० तपाईं भारतदेखि अन्टुकको केन्द्रीय सदस्य, महासचिव हुँदै अध्यक्षसम्म बन्नुभयो । आफैँले पनि देशव्यापी रूपमा प्रशिक्षण चलाउँदै हिँड्नुभयो । तपाईंले तल तल्लो तहमा चलाएको प्रशिक्षण र यहाँ सम्पन्न भएको प्रशिक्षणमा के फरक पाउनुभयो ?

    :: तल चलाइने प्रशिक्षण त्यहाँका साथीहरूले कति बुझ्न सक्नुहुन्छ ? त्यसका आधारमा चलाउनुपर्ने हुन्छ । यहाँ हामीले लिएको प्रशिक्षण उच्चस्तरीय हो । सामान्य मान्छेलाई यहाँ ल्याइयो भने उहाँहरूले यो प्रशिक्षण बुझ्न सक्नुहुन्न । शब्द तथा अवधारणाका कुरा हुन्छन् । त्यसैले यो उच्चस्तरीय प्रशिक्षण हो । आवश्यक पनि थियो ।

    ० अहिलेसम्मको प्रशिक्षणमा कुनकुन विषयमा बढी महŒव दिइयो ?

    :: आजसम्म धेरै विषयमा छलफल भइसकेको छ– विश्वदृष्टिकोण, द्वन्द्वात्मक भौतिकवाद, समाजवाद, साम्यवाद, नयाँ जनवादलगायतका विषयमा । धेरै विषयमा हामीले प्रशिक्षण लिएका छौँ र ती नोट पनि गरेका छौँ । यसपालि एउटा नयाँ र अघिपछि नभएको विषय भनेको आइकोरको बारेमा हो । आइकोरका बारेमा पहिले सुनेका त थियौँ तर यसको सङ्गठनात्मक ढाँचा, नीति, कार्यनीति र यो कुन रूपमा सङ्गठित छ भन्ने विषयमा सुभाष जिसीले क्लास दिनुभयो । त्यो धेरै राम्रो लाग्यो ।

    ० त्यो अरूभन्दा फरक थियो भन्न खोज्नुभएको ?

    :: हजुर । फरक र नयाँ थियो ।

    ० यो प्रशिक्षणमा तपाईंहरूको पार्टीका नेताले मात्रै प्रशिक्षण दिनुहुन्छ कि बाहिरका विषयविज्ञले पनि ?

    :: सुरुमा भक्तपुरमा दुईमहिने क्लास सञ्चालन गर्दा पार्टीभित्र र बाहिरका विभिन्न विषयविज्ञ आएर प्रशिक्षण दिने गर्नुहुन्थ्यो तर अहिले बाहिरका विज्ञहरू खासै हुनुहुन्न । मुटुरोग विशेषज्ञ डा. सुमन्त बञ्जाडे आउनुभएको थियो । उहाँले स्वास्थ्य, मुटुरोग लाग्ने कारण र यसबाट बच्ने उपायको विषयमा प्रशिक्षण दिनुभयो, जुन धेरै उपयोगी लाग्यो । अरू विषयमा भने पार्टीभित्रकै नेता तथा साथीहरूले कक्षा चलाउनुभएको छ ।

    ० यस प्रशिक्षणमा व्यावहारिक प्रशिक्षणको कुरा पनि आएको छ । यो व्यावहारिक प्रशिक्षण भनेको के हो ? सामान्य बैठक वा अरू क्लासभन्दा यो कुन मामलामा फरक छ ?

    :: सैद्धान्तिक प्रशिक्षणलाई व्यावहारिक रूपमा कसरी परिणत गर्ने र सिद्धान्तलाई व्यवहारमा कसरी लागु गर्ने भन्ने विषयमा यसमा छलफल भयो । यसको ढाँचा कस्तो छ भने सुरुमा विषयविज्ञले विषयवस्तु प्रस्तुत गर्नुहुन्छ । त्यसपछि सहभागी छलफलमा जान्छौँ । आफ्ना विचार र सुझावहरू साथीहरूले राख्नुहुन्छ । यसरी दोहोरो संवाद र गहन छलफल भएपछि अन्त्यमा प्रशिक्षकले निष्कर्ष निकाल्नुहुन्छ । एकहोरो सुनाउँदा सहभागीले कति बुझ्यो/बुझेन भन्ने थाहा हुँदैन तर यो दोहोरो संवादले प्रशिक्षार्थी र प्रशिक्षक दुवैलाई मदत पुर्‍याउँछ । पढाएको मान्छेले कति बुझ्यो भन्ने कुरा प्रशिक्षकलाई पनि प्रस्ट हुन्छ ।

    ० सैद्धान्तिक प्रशिक्षण र व्यावहारिक प्रशिक्षणका विषय एउटै हुन्छन् कि अलगअलग ?

    :: मूल विषयवस्तु उस्तै भए पनि प्रस्तुत गर्ने तरिका र ढङ्ग अलि फरक छ ।

    ० प्रशिक्षणमा सहभागी भइरहँदा तपाईंलाई सबैभन्दा बढी चित्त बुझेको वा प्रस्टसँग बुझेको विषय कुन थियो ?

    :: यी सबै विषय पहिला पनि लिएकै विषय हुन् । आइकोरका बारेमा नयाँ कुरा बुझ्ने मौका पाइयो । द्वन्द्वात्मक भौतिकवादका बारेमा धेरैपटक प्रशिक्षण लिएको भए पनि भुलेका वा छुटेका कतिपय कुराहरू पुन: सम्झिने मौका मिल्यो । यसले गर्दा द्वन्द्वात्मक भौतिकवादबारे अझ बढी प्रस्ट भएको महसुस गरेको छु ।

    ० प्रशिक्षणबाट फर्केर फिल्डमा जाँदा अन्टुकलाई व्यवस्थित र जुझारु बनाउन यसले कत्तिको मदत पुर्‍याउँछ ?

    :: एकदमै मदत पुर्‍याउँछ । अगाडि काम गर्नका लागि यसले ठुलो ऊर्जा र मदत दिएको छ । अहिले नेपालमा मजदुर सङ्गठन केही कमजोर अवस्थामा छ । एक त उद्योगधन्दाको कमीले गर्दा मजदुरको सङ्ख्या नै कम छ । अर्कातिर भएका मजदुरलाई पनि विभिन्न पार्टीले आफ्नो भोट बैङ्कका रूपमा मात्र प्रयोग गरिरहेका छन् । वास्तविक मजदुरका हकअधिकार के हुन् र तिनलाई कसरी सुनिश्चित गर्ने भन्नेभन्दा पनि सत्तामा जानका लागि प्रयोग गर्ने प्रवृत्ति छ ।

    यसलाई चिर्दै हाम्रो अन्टुकले उद्योग, निर्माण, होटल, यातायात, कृषिलगायत असङ्ख्य क्षेत्रका मजदुरलाई सङ्गठित गर्दैछ । यति मात्र होइन, मिडिया हाउसमा काम गर्ने श्रमजीवी पत्रकार वा बैङ्कमा कम्प्युटरमा काम गर्नेजस्ता बौद्धिक श्रम गर्ने मजदुरका समस्यामा आधारित रहेर उनीहरूलाई सचेत र सङ्गठित गर्ने योजना छ । यो प्रशिक्षणपछि बस्ने केन्द्रीय बैठकले ठोस योजना बनाएर हामी देशैभरि लाग्नेछौँ ।

    ० वर्तमान सरकारले अदालत वा विभिन्न माध्यमबाट ट्रेड युनियन अधिकारमाथि अङ्कुस लगाउने प्रयास गरिरहेको सन्दर्भमा सङ्घर्षमा उत्रिन यो प्रशिक्षणले के मदत गर्‍यो ?

    :: यसले वैचारिक रूपमा मदत पुर्‍याएको छ । ट्रेड युनियन अधिकार खोसिएको विषय प्रशिक्षणका क्रममा पनि उठेको छ । सरकारको यो कदम अन्तर्राष्ट्रिय कानुनको सिधा उल्लङ्घन हो, जसमा नेपालले पनि हस्ताक्षर गरेको छ । मजदुर अधिकारमाथि अङ्कुश लगाउनु तानाशाही प्रवृत्ति हो । यसका विरुद्ध अन्तर्राष्ट्रिय र राष्ट्रिय रूपमा विभिन्न मजदुर सङ्गठनसँग मिलेर संयुक्त रूपमा विरोध गरिरहेका छौँ र सङ्घर्षलाई अझ अगाडि बढाउनुपर्ने आवश्यकता छ ।

    ० यस सम्बन्धमा तत्काल आन्दोलन घोषणा गर्ने अवस्था छ कि छैन ?

    :: तत्कालै देशै ठप्प पार्ने खालको बृहत् आन्दोलनको अवस्था त छैन किनभने मजदुरका चेतनाको स्तर र सङ्गठनात्मक अवस्था अझै सोचेजति बलियो भइसकेको छैन । अर्कातिर, सरकारले पनि आन्दोलनमा लागे विदेश जान नपाइने वा दागी भइनेजस्ता भ्रम फैलाएर अङ्कुश लगाउने प्रयत्न गरिरहेको छ । त्यसैले परिस्थितिअनुसार हामी आन्दोलन उठाउँदै अगाडि बढ्ने प्रयत्नमा छौँ ।

    ० अन्त्यमा युगदर्शन मिडियामार्फत भन्नुपर्ने थप केही कुरा छन् ?

    :: युगदर्शन मिडियाले गरिबदुखी जनताका आवाज बुलन्द गर्दै आएको छ । सरकार र विभिन्न राजनीतिक दलका गलत क्रियाकलाप, अन्याय, अत्याचार र भ्रष्टाचारका विरुद्ध यसले जुन खबरदारी गरिरहेको छ, त्यसका लागि युगदर्शन मिडियालाई धेरैधेरै धन्यवाद तथा शुभकामना छ ।

    शनिबार, साउन ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    महिला नेतृ रानाप्रति प्रगतिशीलको श्रद्धाञ्जली
    अन्टुकद्वारा महासचिव रानाप्रति श्रद्धाञ्जली
    सुगौली सन्धिको सक्कल प्रति कहाँ छ ? भारतले दियो यस्तो जवाफ
    महासचिव रानाको निधनप्रति अप्फाको श्रद्धाञ्जली
    महासचिव रानाको निधनप्रति महिला सङ्घको श्रद्धाञ्जली
    प्रदेशसभा सांसदलाई पाँच महिनामा एकपटक बोलाइन्छ : सांसद थापा (भिडियो अन्तर्वार्ता)

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

    • २.
      लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

    • ३.
      राजमो गुल्मीका नेता हीरा तरामुको निधन

    • ४.
      लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

    • ५.
      राजमोको बाइसौँ पार्टीस्कुल समापन

    • ६.
      तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुँदै

    भर्खरै

    • १.
      महिला नेतृ रानाप्रति प्रगतिशीलको श्रद्धाञ्जली

    • २.
      अन्टुकद्वारा महासचिव रानाप्रति श्रद्धाञ्जली

    • ३.
      ऊ एक्लै छ

    • ४.
      सुगौली सन्धिको सक्कल प्रति कहाँ छ ? भारतले दियो यस्तो जवाफ

    • ५.
      महासचिव रानाको निधनप्रति अप्फाको श्रद्धाञ्जली

    • ६.
      यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    • ७.
      महासचिव रानाको निधनप्रति महिला सङ्घको श्रद्धाञ्जली

    • ८.
      संयुक्त मजदुर आन्दोलन उठाउने क्रममा छौँ : सापकोटा (भिडियोसहित)

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.