• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, साउन २८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पत्रकार श्रेष्ठलाई पक्राउ गरिएकोमा प्रगतिशीलको विरोध

राजमो गुल्मीका नेता हीरा तरामुको निधन

लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

अग्निसपन्दनको रापताप

लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

सर्पले डसेर महिलाको मृत्यु

ग्यास अभावले खाना पकाउन समस्या भएपछि चितवनमा सहुलियतको खाना

ओखलढुङ्गाको डाँडाखर्कमा दुई दशकदेखि निरन्तर पहिरो, पाँच परिवार उच्च जोखिममा

लोकप्रिय समाचार

  • १. लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

  • २. राम कार्कीले छाडे प्रगतिशील लोकतान्त्रिक पार्टी

  • ३. राजमो गुल्मीका नेता हीरा तरामुको निधन

  • ४. बाबुरामको प्रगतिशील लोकतान्त्रिक पार्टी विभाजन

  • ५. लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

  • ६. राजमोको बाइसौँ पार्टीस्कुल समापन

  • ७. तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुँदै

  • ८. एमाले कार्यदल प्रतिवेदनको निष्कर्ष : केपी शर्मा ओली नेतृत्वको वैधानिकता समाप्त

  • ९. ‘नेपालमा अब तीन खालका पार्टी मात्रै टिक्छन्’ : विप्लव

  • १०. लघुवित्तपीडितका समस्या समाधान गर्न तीन किसान सङ्गठनको माग

लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता


  •   बुधबार, साउन २७, २०८३ मा प्रकाशित
  • काठमाडौं, २७ साउन । ने.क.पा. (मसाल), नेकपा र नेकपा (एमाले) बीच लुम्बिनी प्रदेश सरकार गठन तथा राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रको पक्षमा सहकार्य गर्ने सहमति भएको छ।

    Advertisement

    तीन दलबीचको बैठकमा मसालले नेकपा–एमाले नेतृत्वमा बन्ने लुम्बिनी सरकारलाई समर्थन गर्ने तर सरकारमा सहभागी नहुने निर्णय गरेको छ। विकास निर्माण, राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रको संरक्षण तथा प्रतिगमनविरुद्धका गतिविधिमा सहकार्य गर्ने सहमति भएको मसालका महामन्त्री मोहनविक्रम सिंहले जानकारी दिए।

    बैठकमा सिंहसहित नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली तथा राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी थिए।

    तत्काल पार्टी एकताको सम्भावना नरहेको भन्दै तीन दलले साझा राष्ट्रिय मुद्दामा कार्यगत एकता गर्दै अघि बढ्ने निष्कर्ष निकालेका छन्। मसालले लुम्बिनी पुरातात्त्विक सहर, पाल्पाको तिनाउस्थित रामापिथेकस पर्यटनस्थल र प्युठानको ओखरकोट रक गार्डेनलाई प्राथमिकतामा राख्न प्रस्ताव गरेको छ।

    तीन दलबीचको सहकार्य आगामी दिनमा विस्तार गर्दै देशव्यापी बनाउने अपेक्षा मसालले गरेको छ।

    प्रस्तुत छ वक्तव्यको पूर्णंपाठ :

    “ने.क.पा. (मसाल), नेपाली कम्युनिस्ट पार्टी र नेकपा (एमाले) बिच आज सम्पन्न भएको बैठकमा ने.क.पा (मसाल)का महामन्त्री का. मोहनविक्रम सिंह, नेकपाका संयोजक का. पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एमाले)का अध्यक्ष का. केपी शर्मा ओलीको उपस्थिति रहेको थियो । त्यो बैठकमा राष्ट्रिय जनमोर्चाका कार्यवाहक अध्यक्ष का. रश्मिराज नेपाली र उपाध्यक्ष तथा प्रवक्ता का. दुर्गा पौडेल पनि सहभागी हुनुहुन्थ्यो । उक्त बैठकमा निम्नलिखित सहमति भएको छ :

    १. लुम्बिनी प्रदेश सरकार गठन र सो प्रदेशका विकास निर्माणका कार्यमा सहकार्य गर्ने ।

    २. राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रका पक्षमा तथा प्रतिगमनका विरुद्ध आन्दोलनमा सहकार्य गर्ने ।

    हामीले लुम्बिनीमा नेकपा र नेकपा (एमाले)का बिचमा बन्ने सरकारलाई समर्थन गर्ने निर्णय गरेका छौँ । हाम्रो पार्टीको केन्द्रीय कार्यालयको केही दिन पहिले बसेको बैठकले त्यो निर्णय गरेको थियो र आज त्यसबारे औपचारिक रूपले निर्णय भएको छ । तर हामीले त्यो सरकारलाई समर्थन गरे पनि हामी त्यो सरकारमा सामेल हुने छैनौँ । हामी त्यो सरकारमा सामेल नभए पनि विभिन्न विकास कार्यक्रमहरूमा मिलेर काम गर्ने सहमति भएको छ ।

    छलफलको दौरानमा यसबारे पनि हाम्रो समान दृष्टिकोण देखा परेको थियो कि तत्काल पार्टी एकताको सम्भावना छैन । त्यसका लागि हाम्रा बिचमा भएका विभिन्न सैद्धान्तिक, राजनीतिक वा सङ्गठन प्रणालीबारे भएका मतभेदहरूबारे लामो छलफल भएपछि नै सम्भव हुने कुरा हो । त्यस कारण अहिले देशका अगाडि देखा परेका गणतन्त्र र राष्ट्रियता सम्बन्धी गम्भीर समस्याबारे नै संयुक्त रूपले काम गर्नुपर्ने आवश्यकता छ भन्ने कुरामा हाम्रा बिचमा सहमति भएको छ ।

    बैठकमा लुम्बिनी पुरातात्विक सहर, तिनाउ नदीको छेउमा रामापिथेकस सम्बन्धी पर्यटन स्थल र प्युठान ओखरकोटको रक गार्डेनबारे पनि मसालका तर्फबाट विचारहरू प्रस्तुत गरिएका थिए । उक्त पुरातात्विक सहरको निर्माण भएमा त्यो अन्तर्राष्ट्रिय महत्वको पुरातात्विक सहर बन्ने छ र त्यसले नेपालको पर्यटनमा उच्च आयाम थप्ने छ । त्यो सहरको निर्माणका लागि धेरै समय र खर्च लाग्ने छ । तैपनि तत्काल त्यो सहरको डीपीआर तयार पार्न पहलकदमी गर्नुपर्ने आवश्यकतामा मसालले जोड दिएको छ ।

    त्यसै गरेर पाल्पाको तिनाउ नदीको छेउको जङ्गलमा रामापिथेकसको बङ्गाराको अवशेष पाइएको स्थान अन्तर्राष्ट्रिय पुरातात्विक महत्वको स्थान हो । त्यसलाई पर्यटकीय स्थानको रूपमा विकसित गरेमा त्यो स्थान अन्तर्राष्ट्रिय महत्वको पर्यटकीय स्थान बन्ने छ । पुरातात्विक बौद्ध शहर, रामापिथेकसको बङ्गाराको अवशेष सम्बन्धी, पर्यटक स्थल वा प्युठानको रक गार्डेन बारे बैठकमा विषय प्रस्तुत गरिए तर त्यसबारे कुनै समझदारी नभइसकेको कुरा पनि हामीले स्पष्ट गर्न चाहन्छौँ । तैपनि उक्त विषयहरूमा सबै पक्ष र लुम्बिनी सरकारबाट समेत उचित समर्थन, सहयोग र बजेट समेत प्राप्त हुनेछ भन्ने हामीले आशा गरेका छौँ ।

    प्युठानको ओखरकोटको ढाँडमा रक गार्डेनको डीपीआर तयार भइसकेको छ र त्यहाँ त्यस सम्बन्धी कार्यको पनि प्रारम्भ भएको छ । त्यो रक गार्डेनको निर्माण पूरा भएमा उक्त स्थान राष्ट्रिय महत्वको पर्यटन स्थल बन्ने छ ।

    हामीले आशा गरेका छौँ, ने.क.पा. (मसाल), नेकपा र नेकपा (एमाले)का बिचको सहकार्यबाट लुम्बिनीका विकास सम्बन्धी कार्यहरूमा पनि धेरै मद्दत पुग्ने छ । त्यस प्रकारका विकास कार्यहरूका लागि हामीले आपसमा सहमति कायम गरेर बढीभन्दा बढी योगदान दिने प्रयत्न गर्ने छौँ ।

    हामी तीनवटै पक्षहरूका बिचमा कैयौँ सैद्धान्तिक र राजनीतिक मतभेद भएको वास्तविकताप्रति पनि हाम्रो ध्यान छ । तर हाम्रो पहिलेदेखिको नै यो नीति रहेको छ कि आपसमा मतभेद भएका पार्टी वा सङ्गठनहरूका बिचमा कुनै विषयमा सहमति कायम हुन्छ भने त्यसलाई इमानदारिता र दृढतापूर्वक पालन गर्ने गर्नुपर्दछ । अहिले हाम्रा बिचमा जुन सहमति भएको छ, त्यसबारे पनि आपसमा रहेका मतभेदद्वारा बाधा पुग्न नदिइकन इमानदारिता र दृढतापूर्वक लागू गर्ने हाम्रो प्रयत्न हुने छ भने अन्य पक्षहरूबाट पनि हामीले त्यही प्रकारको आशा गर्दछौँ ।

    अन्तमा, आजको बैठकमा कार्यगत एकता सम्बन्धी जुन सहमति भएको छ, त्यसबाट देशमा वामपन्थी र प्रजातान्त्रिक आन्दोलन उठाउनका लागि धेरै मद्दत पुग्ने छ भन्ने हामीले आशा गरेका छौँ । यसका साथै यो कार्यगत एकतालाई अरु विस्तार गर्ने र त्यसलाई देशव्यापी रुप दिने पनि हाम्रो प्रयत्न हुनेछ ।”

    २०८३ श्रावण २७ गते
    मोहनविक्रम सिंह
    महामन्त्री

    बुधबार, साउन २७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पत्रकार श्रेष्ठलाई पक्राउ गरिएकोमा प्रगतिशीलको विरोध
    राजमो गुल्मीका नेता हीरा तरामुको निधन
    कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन
    लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै
    सर्पले डसेर महिलाको मृत्यु
    ग्यास अभावले खाना पकाउन समस्या भएपछि चितवनमा सहुलियतको खाना

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

    • २.
      राम कार्कीले छाडे प्रगतिशील लोकतान्त्रिक पार्टी

    • ३.
      राजमो गुल्मीका नेता हीरा तरामुको निधन

    • ४.
      बाबुरामको प्रगतिशील लोकतान्त्रिक पार्टी विभाजन

    • ५.
      लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

    • ६.
      राजमोको बाइसौँ पार्टीस्कुल समापन

    भर्खरै

    • १.
      पत्रकार श्रेष्ठलाई पक्राउ गरिएकोमा प्रगतिशीलको विरोध

    • २.
      राजमो गुल्मीका नेता हीरा तरामुको निधन

    • ३.
      लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

    • ४.
      कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

    • ५.
      अग्निसपन्दनको रापताप

    • ६.
      लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

    • ७.
      सर्पले डसेर महिलाको मृत्यु

    • ८.
      ग्यास अभावले खाना पकाउन समस्या भएपछि चितवनमा सहुलियतको खाना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.