काठमाडौँ । अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) ले अखिल नेपाल महिला सङ्घकी महासचिव सकुन्तला रानाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
Advertisement
अन्टुकका कावा अध्यक्ष धनपति सापकोटाको हस्ताक्षरमा २०८३ साउन ३० गते शोकवक्तव्य जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको हो ।
वक्तव्यमा भनिएको छ– “अखिल नेपाल महिला सङ्घकी महासचिव सकुन्तला रानाको क्यान्सर रोगको उपचारको दौरानमा साउन २९ गते नयाँदिल्लीमा निधन भएकोमा हाम्रो सङ्गठन स्तब्ध भएको छ । हामी स्मृतिशेष रानाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति समवेदना व्यक्त गर्दछौँ ।”