• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, साउन २९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कठपुतली सरकारद्वारा गणतन्त्र, धर्मनिरपेक्षता, राष्ट्रियता र स्वाधीनतामाथि खतरा : मसाल

तीन मन्त्री र एक राज्यमन्त्रीसहित एमाले सरकारमा

काठमाडौँ विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

हीरा तरामुको निधनप्रति मसालले दियो श्रद्धाञ्जली

प्रदेशसभा सांसदलाई पाँच महिनामा एकपटक बोलाइन्छ : सांसद थापा (भिडियो अन्तर्वार्ता)

प्रहरी महानिरीक्षक कार्की भन्छन् : पाषाणयुगीन मानसिकता बोकेकाहरूबाट हामी शासित हुनुपरिरहेको छ

जाजरकोटमा बाढीले घर र पुल बगायो

बालेन्द्र सरकार सिद्धान्त र कार्यक्रम नभएको स्वेच्छाचारी : सिंह (भिडियोसहित)

लोकप्रिय समाचार

  • १. भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

  • २. लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

  • ३. राजमो गुल्मीका नेता हीरा तरामुको निधन

  • ४. लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

  • ५. राजमोको बाइसौँ पार्टीस्कुल समापन

  • ६. तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुँदै

  • ७. बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

  • ८. मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

  • ९. कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

  • १०. नयाँ पार्टीकी सांसद, पुरानै सामन्ती शैली !

३२औँ आदिवासी जनजाति दिवसको सन्दर्भमा


  •   शनिबार, साउन २३, २०८३ मा प्रकाशित
  • –दीप गोले तामाङ

    Advertisement

    आदिवासी जनजातिको समस्या नेपालमा अत्यन्त गम्भीर र जटिल बन्दै गएको छ । यस समस्यालाई हेर्दा सैद्धान्तिक तथा व्यवहारिक दुवै दृष्टिकोणबाट पर्याप्त अध्ययन, बहस र समाधानको प्रयास हुन सकेको छैन । संसारभर आदिवासी जनजातिका विषयमा विभिन्न दृष्टिकोणबाट व्याख्या र विश्लेषण गरिएको छ । नेपालमा पनि कसैले आफूलाई मूलवासी भन्छन्, कसैले मङ्गोल मूलका भन्छन्, कसैले आदिवासी भन्छन् । यस्ता विषयमा गहिरो अध्ययन र साझा बुझाइ आवश्यक छ । अन्यथा विभाजित दृष्टिकोणले हाम्रो साझा मुद्दालाई ओझेलमा पार्ने खतरा रहन्छ ।

    नेपालमा हरेक वर्ष आदिवासी जनजाति दिवस मनाइन्छ । काठमाडौँको टुँडिखेलमा देशभरबाट विभिन्न आदिवासी जनजाति समुदाय आफ्ना मौलिक भेषभूषा, भाषा र पहिचान झल्किने झाँकीसहित भेला हुन्छन् । तर केवल औपचारिक कार्यक्रम र उत्सवमा सीमित हुनु मात्र पर्याप्त हुँदैन । दिवसको मूल उद्देश्य अधिकार, पहिचान र समानताको सवाललाई व्यवहारमा स्थापित गर्नु पनि हो ।

    प्रत्येक वर्ष अगस्ट ९ तारिखका दिन विश्व आदिवासी जनजाति दिवस विश्वभर मनाइन्छ । नेपालमा सयौँ आदिवासी जनजातिको बसोबास रहेको तथ्याङ्क छ । तर आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अन्तर्गत प्रारम्भमा ५९ जातिलाई मात्र सूचीकृत गरिएको थियो । पछि २०७७ सालमा राना थारूलाई छुट्टै सूचीकृत गरेपछि सूचीकृत जातिको संख्या ६० पुगेको छ । २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार मगर ६.९० प्रतिशत, थारू करिब ६.१७ प्रतिशत, तामाङ ५.६२ प्रतिशत, नेवार ४.६० प्रतिशत र गुरुङ १.७९ प्रतिशत रहेका छन्। तामाङ समुदायभित्र धेरै व्यक्तिको थर स्पष्ट रूपमा अभिलेख नभएकाले कतिपयलाई “अन्य“ शीर्षकमा राखिएको देखिन्छ । त्यसैले सही तथ्याङ्क अझै पूर्ण रूपमा संकलन हुन सकेको छैन ।

    ३२औँ आदिवासी जनजाति दिवस केवल उत्सव मनाउने दिन मात्र होइन, इतिहासमा भएका अन्यायलाई स्मरण गर्ने, पहिचान, समानता र सामाजिक न्यायप्रति नयाँ प्रतिबद्धता व्यक्त गर्ने अवसर पनि हो । मेरो दृष्टिकोणमा आदिवासी जनजातिको प्रश्नलाई केवल जातीय पहिचानको विषयका रूपमा मात्र हेर्नु हुँदैन; यसलाई राज्यसत्ता, वर्गीय विभेद, सांस्कृतिक दमन र आर्थिक शोषणसँग जोडेर विश्लेषण गर्नुपर्छ ।

    नेपालका आदिवासी जनजातिहरूले शताब्दीयौँदेखि आफ्नो भाषा, संस्कृति, भूमि, ज्ञान र परम्पराको संरक्षण गर्दै आएका छन् । तर राज्य निर्माणको प्रक्रियामा धेरै समुदाय राजनीतिक, आर्थिक र शैक्षिक अवसरबाट पछि पारिए । उनीहरूको भाषा, संस्कृति र जीवनशैलीलाई पर्याप्त सम्मान र संरक्षण नदिइँदा असमानताको चक्र अझ गहिरिँदै गएको छ ।
    कुनै पनि समाज तबसम्म पूर्ण रूपमा लोकतान्त्रिक र न्यायपूर्ण बन्न सक्दैन, जबसम्म उत्पीडित समुदायले समान अधिकार, सम्मान र निर्णय प्रक्रियामा समान सहभागिता प्राप्त गर्दैनन् । त्यसैले आदिवासी जनजातिको मुक्ति केवल सांस्कृतिक अधिकारको प्रश्न मात्र होइन; यो सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरणसँग पनि गाँसिएको विषय हो।

    आदिवासी जनजाति दिवसले हामीलाई एउटा स्पष्ट सन्देश दिन्छ—विविधता विभाजन होइन, शक्ति हो । तर आज हामी राजनीतिक दल र विभिन्न समूहका नाममा विभाजित भएका छौँ । यसले हाम्रा साझा मुद्दा कमजोर बनाएको छ । त्यसैले हामी सबै एकताबद्ध भएर आफ्‌नो भाषा, धर्म, संस्कृति र पहिचानको संरक्षणसँगै शिक्षा, स्वास्थ्य, रोजगारी, भूमि तथा प्राकृतिक स्रोतमा समान पहुँच सुनिश्चित गर्न अग्रसर हुनुपर्छ । यही नै वास्तविक सामाजिक न्यायको आधार हो ।

    आजको आवश्यकता केवल नाराबाजी होइन, व्यवहारमा परिवर्तन हो । जातीय विभेद, घृणा र शोषणको अन्त्य गर्दै समान अवसरमा आधारित समाज निर्माण गर्नु नै प्रगतिशील मार्ग हो । यस्तो समाजमा कुनै पनि समुदाय आफ्नो पहिचानका कारण पछि पर्नु हुँदैन र सबै नागरिकले समान सम्मानका साथ बाँच्न पाउनुपर्छ । नेपालको संविधानले पनि यही मूल्यलाई आत्मसात् गरेको छ ।

    आदिवासी जनजातिहरू संसारका विभिन्न कुनाकाप्चामा बसोबास गर्छन् । नेपालका आदिवासी जनजातिहरू पनि लामो समयदेखि राज्यबाट उपेक्षित समुदायका रूपमा रहँदै आएका छन् । राज्यले उनीहरूमाथि धेरै अवस्थामा न्यायपूर्ण व्यवहार गर्न सकेको छैन। जबकि आदिवासी जनजाति राष्ट्रका अमूल्य सम्पदा हुन् । आफ्‌नो भाषा, धर्म, संस्कृति, पहिचान, परम्परा, अधिकार र सम्मानको संरक्षण तथा प्रवद्र्धनका लागि उनीहरूले अझै पनि राज्यसँग माग गर्नुपर्ने अवस्था रहेको छ ।

    कार्ल मार्क्सले समाजलाई वर्गीय संरचनाको आधारमा विश्लेषण गरेका थिए, जहाँ समाजको आर्थिक आधारले सामाजिक संरचनालाई निर्धारण गर्छ । मार्क्सवादी दृष्टिकोणले आदिवासी जनजातिलाई सामन्तवादी र पुँजीवादी व्यवस्थाबाट श्रमशोषणमा परेका उत्पीडित समुदायका रूपमा हेर्छ । यस दृष्टिकोणअनुसार उनीहरूको मुक्ति वर्गसंघर्षमार्फत सम्भव हुन्छ ।

    भ्लादिमिर लेनिनले साम्राज्यवादको अवधारणासँग जोडेर आदिवासी जनजातिलाई साम्राज्यवादी तथा औपनिवेशिक शोषणको चक्रमा परेको समुदायका रूपमा व्याख्या गरेका छन् । उहाँका अनुसार वर्गीय एकता र वर्गसंघर्षमार्फत समाजवादी आन्दोलनले मात्र वास्तविक मुक्तिको आधार तयार गर्न सक्छ ।

    माओ त्सेतुङले आदिवासी जनजाति र किसानलाई क्रान्तिको प्रमुख शक्ति मानेका छन् । उहाँले उत्पीडित समुदायको सक्रिय सहभागिताबिनाको सामाजिक परिवर्तन सम्भव नहुने विचार व्यक्त गरेका छन् ।

    ३२औँ आदिवासी जनजाति दिवसले हामी सबैलाई पहिचानको सम्मान, समान अधिकारको सुनिश्चितता, शोषणविहीन समाजको निर्माण तथा लोकतान्त्रिक, समावेशी र न्यायपूर्ण नेपालको स्थापनाका लागि संकल्पबद्ध बनाओस् । जातीय विभेद र असमानताको अन्त्य गर्न जनचेतना फैलाउने, समुदायलाई संगठित गर्ने र सामाजिक न्यायलाई व्यवहारमा कार्यान्वयन गर्ने उद्देश्यका साथ यो दिवस अर्थपूर्ण बनोस् । यही कामनासहित ३२औँ आदिवासी जनजाति दिवसको हार्दिक शुभकामना ।
    धन्यवाद ।

    २०८३/०४/१८, पौराई

    शनिबार, साउन २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पेट्रोलियम पदार्थको विकल्पमा जलविद्युत्‌
    सिजेपीको उदय र जन्तरमन्तरको ३६ दिने आन्दोलन
    विश्व आदिवासी दिवस र प्राप्त अधिकार रक्षाको प्रश्न
    नेपालमा आदिवासी जनजातिको पहिचान र परिभाषा
    नेपालको मजदुर र आन्दोलनको अवस्था र वर्तमान सरकार
    सत्तारूढ दलको लोकप्रियतावादी दोहोरो चरित्र

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

    • २.
      लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

    • ३.
      राजमो गुल्मीका नेता हीरा तरामुको निधन

    • ४.
      लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

    • ५.
      राजमोको बाइसौँ पार्टीस्कुल समापन

    • ६.
      तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुँदै

    भर्खरै

    • १.
      कठपुतली सरकारद्वारा गणतन्त्र, धर्मनिरपेक्षता, राष्ट्रियता र स्वाधीनतामाथि खतरा : मसाल

    • २.
      तीन मन्त्री र एक राज्यमन्त्रीसहित एमाले सरकारमा

    • ३.
      काठमाडौँ विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त

    • ४.
      राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

    • ५.
      हीरा तरामुको निधनप्रति मसालले दियो श्रद्धाञ्जली

    • ६.
      प्रदेशसभा सांसदलाई पाँच महिनामा एकपटक बोलाइन्छ : सांसद थापा (भिडियो अन्तर्वार्ता)

    • ७.
      प्रहरी महानिरीक्षक कार्की भन्छन् : पाषाणयुगीन मानसिकता बोकेकाहरूबाट हामी शासित हुनुपरिरहेको छ

    • ८.
      जाजरकोटमा बाढीले घर र पुल बगायो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.