काठमाडौँ, साउन २९ । गुल्मीका हीरा तरामुको निधनप्रति नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले दुःख व्यक्त गरेको छ । गुल्मी जिल्ला सत्यवती गाउँपालिका– ३ निवासी हीरा तरामु (का. हिक्मत) को निधनप्रति पार्टीले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
पार्टीका महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरसहित जारी गरिएको श्रद्धाञ्जली वक्तव्यमा तरामुको निधन २०८३ साल साउन २६ गते भएको उल्लेख छ ।
वक्तव्यअनुसार तरामुले पछिल्लो समय पार्टीको सत्यवती गाउँपालिका सेक्रेटरीको जिम्मेवारीसमेत सम्हालेका थिए । उनी अनुशासित, जुझारु, प्रतिबद्ध र कर्तव्यनिष्ठ सदस्यका रूपमा पार्टीमा सक्रिय रहेको मसालले जनाएको छ।
उनको निधनले पार्टीको आन्दोलनमा गम्भीर क्षति पुगेको उल्लेख गर्दै पार्टीले दिवंगत तरामुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकमा रहेका परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।
