काठमाडौँ । मध्य पूर्वमा अमेरिका–इजरायल र इरान बीच भइरहेको युद्धले यतिवेला विश्वजगत नै तनाबमा छ । यसैबीच जापानको टोकियोस्थित चिनियाँ दूतावासमा जापानी आत्मरक्षा बलका एक सदस्य अवैध रूपमा प्रवेश गरेको घटनाले जापान र चीनबिचको सम्बन्धमा तनाव उत्पन्न गरेको छ ।
Advertisement
जापानले उक्त घटनालाई ‘खेदजनक’ भन्दै अनुसन्धान सुरु गरेको जानकारी दिएको छ भने बेइजिङले कडा विरोध जनाएको छ ।
जापान सरकारका शीर्ष प्रवक्ता मिनोरु किहाराले पत्रकार सम्मेलनमा भने, “कानुनको पालना गर्नुपर्ने जिम्मेवारी बोकेको आत्मरक्षा बलकै एक सदस्य दूतावास परिसरमा प्रवेश गरेको आरोपमा पक्राउ पर्नु अत्यन्तै दुर्भाग्यपूर्ण घटना हो ।”
किहाराका अनुसार घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले अनुसन्धान अघि बढाइसकेको छ । दूतावासको सुरक्षालाई थप सुदृढ बनाउने कदमहरू पनि चालिएको उनले बताए ।