जेनेभा, ११ चैत । तिव्र इजरायली आक्रमणका कारण एक लाख ३० हजार भन्दा बढी मानिसहरू लेबनानबाट सिरियामा स्थानान्त्रण गरेको आप्रवासनका लागि संयुक्त राष्ट्रसङ्घीय सङ्गठन (आइओ एम) ले जनाएको छ । सङ्गठनका अनुसार देशमा बढ्दो इजरायली आक्रमणको बिचमा मार्चदेखि दश लाख भन्दा बढी मानिसहरू लेबनान भित्रै विस्थापित भएका छन् ।
आइओएमका महानिर्देशक एमी पोपले निरन्तरको आक्रमणले कमजोर समुदायहरूमा धेरै दबाब दिइरहेको र मानवीय संकटहरू बढाइरहेको उल्लेख गरेका छन् ।
उहाँले वर्तमान अवस्थाले आप्रवासनलाई उल्लेख्य असर गरेको बताउदै दबाब बढ्दै जाँदा मानवीय संकट गहिरिँदै गएको चेतावनी दिएको छ ।
आप्रवासी र आन्तरिक रूपमा विस्थापित लगायत नागरिकहरूको सुरक्षा गर्न र अन्तर्राष्ट्रिय मानवीय कानूनको पूर्ण सम्मान गर्न जोड दिँदै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संयमताका साथ तत्काल समस्याको समाधान गर्न आह्वान गरेका छन् ।