• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

ग्रिनल्यान्डमा युरोपेली सैन्य तैनाथी सुरु


  •   बिहिबार, माघ ०१, २०८२ मा प्रकाशित
  • नुक । खनिज–सम्पन्न तथा रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक टापु ग्रिनल्यान्डलाई लिएर बढ्दो कूटनीतिक तनावबीच युरोपेली देशहरूका सैन्य कर्मचारीहरू बिहीबारदेखि ग्रिनल्यान्ड आइपुग्न थालेका छन् । वासिङ्टनमा अमेरिकी, डेनिस र ग्रिनल्यान्डका अधिकारीहरूबीच भएको उच्चस्तरीय बैठकले ‘मौलिक असहमति’ समाधान गर्न नसकेको केही समयपछि यो सैन्य तैनाथी सुरु भएको हो ।

    Advertisement

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वायत्त डेनमार्क क्षेत्र ग्रिनल्यान्डलाई अमेरिकी नियन्त्रणमा लिनुपर्ने धारणा पटक–पटक सार्वजनिक गर्दै आउनुभएको छ । उहाँले ग्रिनल्यान्ड अमेरिकी राष्ट्रिय सुरक्षाका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको तर्क गर्दै आउनुभएको छ ।

    यसै सन्दर्भमा फ्रान्स, स्विडेन, जर्मनी र नर्वेले बुधबार संयुक्त रूपमा घोषणा गर्दै ग्रिनल्यान्डको राजधानी नुकमा जासुसी तथा अनुगमन मिसनको हिस्साका रूपमा सैन्य कर्मचारीहरू तैनाथ गर्ने जानकारी दिएका थिए ।

    ग्रिनल्यान्डका उपप्रधानमन्त्री म्युट इगेडले बुधबार आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “आजदेखि र आगामी दिनहरूमा नाटोका सैनिकहरूको ग्रिनल्यान्डमा उपस्थिति थप बढ्ने अपेक्षा गरिएको छ । थप सैन्य उडान र जहाजहरूको आवागमन पनि हुनेछ ।” उहाँका अनुसार ती सैन्य गतिविधिहरू ‘प्रशिक्षण’ का रूपमा सञ्चालन गरिनेछ ।

    फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले सामाजिक सञ्जाल एक्समार्फत ‘पहिलो फ्रान्सेली सैन्य कर्मचारीहरू ग्रिनल्यान्डतर्फ प्रस्थान गरिसकेका छन्, अन्यले पनि क्रमशः पछ्याउनेछन्’ भनी जानकारी दिनुभयो ।

    डेनमार्कको निमन्त्रणामा जर्मनीले पनि सक्रिय सहभागिता जनाएको छ। जर्मन रक्षा मन्त्रालयका अनुसार १३ सदस्यीय शक्तिशाली बुन्डेसवेहर जासुसी टोली बिहीबारदेखि आइतबारसम्म नुकमा तैनाथ गरिएको छ ।

    डेनमार्क र ग्रिनल्यान्डका विदेशमन्त्रीहरूले वासिङ्टनमा अमेरिकी उपराष्ट्रपति जे. डी. भान्स र विदेशमन्त्री मार्को रुबियोसँग भेट गरेको दिन नै उक्त सैन्य तैनाथीको औपचारिक घोषणा गरिएको थियो ।

    ह्वाइट हाउसबाट बाहिरिँदै डेनमार्कका विदेशमन्त्री लार्स लोक्के रासमुसेनले ग्रिनल्यान्डमाथि अमेरिकाको नियन्त्रण ‘बिल्कुलै आवश्यक नभएको’ स्पष्ट पार्नुभयो । उहाँले पत्रकारहरूसँग भन्नुभयो, “हामी अमेरिकी धारणा परिवर्तन गर्न सफल भएनौँ । राष्ट्रपतिको ग्रिनल्यान्डमाथि नियन्त्रण प्राप्त गर्ने चाहना अझै स्पष्ट देखिन्छ । त्यसैले हामीबीच अझै पनि मौलिक असहमति कायम छ, यद्यपि हामी असहमत हुन पनि सहमत भएका छौँ ।”

    उक्त बैठकमा सहभागी नभएपछि प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले पहिलोपटक मेलमिलापपूर्ण स्वर प्रयोग गर्दै डेनमार्कका चासोहरूलाई स्वीकार गर्नुभएको थियो । तर उहाँले कुनै पनि सम्भावित विकल्प पूर्ण रूपमा अस्वीकार नगरेको सङ्केत गर्नुभयो । “डेनमार्कसँग मेरो निकै राम्रो सम्बन्ध छ । यो विषय कसरी अगाडि बढ्छ, हामी हेर्नेछौँ । मलाई लाग्छ, केही न केही समाधान अवश्य निस्कनेछ”, उहाँले थप विवरण नदिई भन्नुभयो ।

    उहाँले पुनः दोहोर्‍याउँदै यदि रुस वा चीनले ग्रिनल्यान्ड नियन्त्रणमा लिन खोजेमा डेनमार्क शक्तिहीन हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “हामीसँग भने गर्न सक्ने सबै क्षमता छ ।”

    जनवरी ३ मा भेनेजुएलामा घातक आक्रमणको आदेश दिई राष्ट्रपति निकोलस मदुरोलाई अपदस्थ गरिएपछि राष्ट्रपति ट्रम्प ग्रिनल्यान्डको विषयमा झनै सक्रिय र उत्साहित देखिनुभएको छ ।

    यसैबीच, ग्रिनल्यान्डको राजधानी नुकमा राष्ट्रिय एकताको सन्देशस्वरूप सडक, पसलका झ्याल, अपार्टमेन्टका बालकनी तथा कार र बसहरूमा रातो र सेतो ग्रिनल्यान्डको झण्डा फहराइएको देखिएको छ । तर कतिपय स्थानीय बासिन्दाहरूले आफूहरू अचानक अन्तर्राष्ट्रिय भूराजनीतिक केन्द्रमा पर्नुपरेकोमा चिन्ता व्यक्त गरेका छन् ।

    “यो निकै डर लाग्दो छ, किनभने कुरा अत्यन्तै ठूलो बनेको छ”, नुककी ५१ वर्षीया शिक्षिका भेरा स्टिडसेनले भन्नुभयो, “मलाई आशा छ, भविष्यमा पनि हामी अहिले जस्तै शान्तिपूर्वक र बिना कुनै खलल जीवन बिताउन सक्नेछौँ ।”

    बिहिबार, माघ ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.