काठमाडौँ । देशमा रोजगारीको अभाव र राज्यको अदूरदर्शी नीतिका कारण परिवारको छाक टार्ने सुन्दर सपना लिएर दैनिक सरसर २५ सय भन्दा बढि नेपालीले नेपाली देश छोड्ने गर्दछन् ।
आफ्नो जन्मभूमि, जहान परिवार र साथीभाइ, नातागोता सबैलाई छाडेर सयौं किलोमिटर टाढा वैदेशिक रोजगारमा जाँदैगर्दा उनीहरूका मनभरि अनेक सपना साँचिएका हुन्छन् । तर, कैयौँका थुप्रैका सपनाहरू परदेशमै छुट्छन् कैयौँका टुट्छन् ।
साहुको रिन तिर्ने, जमिन, शहरमा घरघरेडी जोड्ने अनि घर छाउने सपना बोकेर केही लाख रुपैयाँ र झोलाभरि छोराछोरीलाई नाना लिएर फर्कने रहरसहित हिडेका कैयौँ युवा बाकसमा कैद भएर फर्किएका हुन्छन् । अर्थात, परिवारको आश उनीहरू लाश बनेर फर्किएका हुन्छ । परदेशमै प्राण त्यागेका उनीहरू शव भने नेपाल आइपुग्छ । यो तथ्यांक बढिरहेकै छ।
पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको दुई महिनामा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १४२ जनाको शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को साउन र भदौमा १४२ जना नेपालीको शव नेपाल ल्याइएको हो। जसमा साउनमा ४३ जना र भदौमा ९९ जनाको शव नेपाल ल्याइएको थियो ।





