कृष्ण केसी, भरतपुर ।
Advertisement
राष्ट्रिय जनमोर्चा चितवनकी सदस्य उर्मिला सुवेदीको स्मृतिमा शोकसभा सम्पन्न भएको छ ।
२०८२ असोज ११ गते शनिबारका दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
शोकसभामा राजमो केन्द्रीय सदस्य डम्मर पुरी, राजमो चितवनका अध्यक्ष अमरबहादुर क्षेत्रीलगायतका नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।
२०३१ मङ्सिर २८ गते बागलुङमा जन्मनुभएकी सुवेदीको निधन यही असोज ६ गतेका दिन आफ्नै निवासस्थान भरतपुर महानगरपालिका–११ पारिजात टोल विकास संस्थामा भएको थियो ।
विष्णु पौडेलको सञ्चालन तथा भक्तिरमा गौतमको अध्यक्षता अगाडि बढेको सो कार्यक्रममा मृतकको स्मृतिमा एक मिनेट मौनधारणा गरिएको थियो ।
उपस्थित सहभागीले सुवेदीको फोटोमा माल्यार्पण गर्नुभएको थियो ।
