• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘तनाव र अनिश्चियले दीर्घकालीन मानसिक असर पर्न सक्छ’


  •   आइतबार, भदौ २९, २०८२ मा प्रकाशित
  • डा अज्वनी रिमाल

    Advertisement

    राजनीतिक दलका नेताहरूले जनताको अपेक्षा र भावनाको सम्बोधन गर्न नसक्दा बढ्दै गरेको जनअसन्तुष्टि अहिले ‘जेनजी’ पुस्ताको आन्दोलनका रूपमा विस्फोट भएको छ । यस आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिले राजनीतिक अनिश्चिततासँगै सामाजिक तथा मानसिक जटिलतासमेत थपेको छ । यस्ता घटनाक्रमले समाजमा निराशा, अनिश्चितता र असहायताजस्ता भावनात्मक समस्या गहिरिँदै जानसक्ने देखिन्छ । राजनीतिक अस्थिरता र सामाजिक तनावबीच नागरिकको मानसिक स्वास्थ्यमासमेत नकारात्मक असर पर्न सक्ने चिन्ता विज्ञहरूले व्यक्त गर्न थालेका छन् । प्रस्तुत छ, पछिल्लो राजनीतिक परिवर्तनहरूले नेपाली समाजमा  मानसिक स्वास्थ्यमा पर्ने प्रभावबारे राससका नवीन पौडेलले मनोरोग विशेषज्ञ डा अज्वनी रिमालसँग गरेको कुराकानीको सम्पादिन अंश :

    नेपालमा अहिले जेनजीले गरेको प्रदर्शनलाई स्वास्थ्यकर्मीको दृष्टिकोणले तपाईंले कसरी हेर्नु भएको छ ?

    एक मानसिक स्वास्थ्यकर्मीका दृष्टिले हेर्दा अहिलेको आन्दोलनले जनमानसको मानसिक स्वास्थ्यमा गहिरो असर पार्ने देखिन्छ । अहिलेको वातावरणले जनमानसमा ठूलो मानसिक अन्योलता ल्याएको छ । ‘अब के होला ?’ भन्ने डर र असुरक्षाको भावनाले स्वस्थ मानसिक अवस्था भएका व्यक्तिहरूसमेत त्रसित, चिन्तित र बेचैन भइरहेका छन् । पहिले नै मानसिक स्वास्थ्य समस्या भोगिरहेकामा त झन बढी प्रभावित हुने सम्भावना हुन्छ । उनीहरुमा निद्रामा समस्या, नकारात्मक सोच, आत्मविश्वास घट्नु, समाजसँग टाढिनु तथा दैनिक क्रियाकलापमासमेत कठिनाई आउने जस्ता लक्षण देखिन सक्छ । यस्तो अवस्थामा सामूहिक ट्रमा उत्पन्न गर्ने खतरा पनि रहन्छ । आन्दोलनमा प्रत्यक्ष संलग्न भएका युवा, त्यसलाई नजिकबाट नियाल्ने वा परिवारका सदस्य गुमाउनेहरूले दीर्घकालीन मनो–सामाजिक समस्या भोग्नसक्ने सम्भावना हुन्छ । सकारात्मक पक्षमा हेर्दा युवा पुस्ताले आफ्‌नो आवाज उठाउन पाएको अनुभवले सशक्तीकरण, सामूहिक एकता र उद्देश्य बोधमा परिवर्तन ल्याएको महसुस गर्न सक्छन् । यसले केही युवामा आत्मबल र आत्मविश्वास बढाउन पनि मद्दत गरेको देखिन्छ ।

    राजनीतिक आन्दोलन र अस्थिरताले सामान्य नागरिकको मानसिक स्वास्थ्यमा के–कस्ता समस्या ल्याउँछ ?

    यस्तो आन्दोलन र अस्थिरताले नागरिकको मानसिक स्वास्थ्यमा तत्कालिकदेखि दीर्घकालीन असर पारेको हुन्छ । आन्दोलन, प्रदर्शन र हिंसात्मक घटनाको प्रत्यक्ष वा परोक्ष अनुभवले मानिसमा डर लाग्ने, असुरक्षा महसुस हुने, मन स्थिर नहुने, छटपटी र हतारहतार हुनेजस्ता प्रतिक्रियाहरू देखिन सक्छन् । व्यक्तिहरू के गरूँ, के नगरुँ भन्ने मानसिक द्वन्द्वमा फस्ने, अनावश्यक चिन्ता लिने, मनमा निरन्तर कुराहरू खेलिरहने, निद्रा नलाग्ने तथा बेचैनी र आत्तिनेजस्ता लक्षणहरू देखिने हुन्छ । दीर्घकालमा यसले व्यक्तिको स्वास्थ्यमा गम्भीर असर पुर्‍याउछ । छोटो अवधिका लक्षणहरू लामो समयसम्म रहिरहेमा डिप्रेशनजस्ता मानसिक समस्या विकसित हुनसक्ने जोखिम उच्च हुन्छ । अझ आन्दोलनमा प्रत्यक्ष संलग्न हुने र हिंसात्मक दृश्यहरूको आँखै अगाडि देख्नेमा पोस्ट–ट्राउमाटिक स्ट्रेस डिसअर्डरजस्ता समस्या देखापर्न सक्छन् । विशेषगरी युवा र किशोरकिशोरीजस्ता संवेदनशील उमेर समूहमा दीर्घकालीन तनावले शैक्षिक प्रगति, दैनिक व्यवहार, सामाजिक सम्बन्ध र शारीरिक स्वास्थ्यमा समेत नकारात्मक असर पार्ने हुन्छ ।

    यस्तो अवस्थाले आममानिस र युवापुस्तामा देखिने सामान्य मानसिक लक्षणहरू के–के हुन सक्छन् ?

    राजनीतिक प्रदर्शनीका समयमा मानिसहरूमा डर, बेचैनी, चिन्ता, आत्तिने भावना, निद्रामा समस्या देखिन सक्छ । छोटो समयभन्दा पनि यदि यस्तो समस्या लामो समय रहिरह्यो भने दीर्घकालीन चिन्ता, डिप्रेशनजस्ता गम्भीर मानसिक रोग विकसित हुने जोखिम हुन्छ । युवा पुस्तामा राजनीतिक अस्थिरता वा आन्दोलनजस्ता परिस्थितिले तनाव, निराशा र आक्रोश बढाउने सम्भावना उच्च हुन्छ । यस उमेर समूहमा सामान्यतया बिना धेरै सोचविचार र परिणामको मूल्याङ्कन नगरी हठात् निर्णय लिने व्यवहार देखिन्छ । त्यस्तै अस्थिरता र संवेदनशीलता बढी हुन्छ, जसले युवामा तनावको प्रभाव अझ तीव्र बनाउँछ ।

    सामाजिक सञ्जालको प्रभाव के कस्तो हुन्छ यो समयमा ?

    सामाजिक सञ्जाल र अपुष्ट खबरको प्रभावले मानिसको मानसिक स्वास्थ्यमा गहिरो र दीर्घकालीन असर पार्न सक्छ । आधिकारिक समाचारमा अपडेट नहुनु र सामाजिक सञ्जालको सूचना–प्रवाहमा पूर्ण ध्यान केन्द्रीत गर्नाले कार्यमा एकाग्रता घटाउने र सोच्ने क्षमतामासमेत प्रभाव पार्ने देखिन्छ । अनलाइन प्लेटफर्ममा लामो समय बिताउँदा वास्तविक जीवनका सामाजिक अन्तरक्रिया र सम्बन्धमा कमी आउने, परिवार तथा साथीभाइसँगको प्रत्यक्ष संवाद घट्ने र एकाङ्कीपन अनुभव बढ्ने गरेको पाइन्छ । यससँगै अपुष्ट समाचार र सामाजिक सञ्जालमा देखाइने नकारात्मक तथा तनावपूर्ण र भय पैदा गर्ने सामग्रीहरूले मानिसमा चिन्ता, डर, असुरक्षा र निराशा बढाउने गरेका छन् । विभिन्न अध्ययनलेसमेत छोटो समय सञ्जालमा बिताउँदा पनि चिन्ता र तनावका लक्षण उल्लेख्य रूपमा बढेको देखाएको छ । यसले डिप्रेशन, चिन्ता, एकाङ्कीपन र आत्महत्या गर्ने विचारजस्ता मानसिक स्वास्थ्यमा गम्भिर समस्या उत्पन्न गर्न सक्छ । अझ यसस्तो सङ्क्रमणकालको समयमा सामाजिक सञ्जाल प्लेटफर्ममा आउने गलत सूचनाले मानसिक स्वास्थ्यमा दीर्घकालीन नकारात्मक प्रभाव पार्ने देखिन्छ । यस्तो राजनितिक अनिश्चितताले डिप्रेसन र एनजाइटीजस्ता मानसिक रोगको समस्या पढ्ने खतरा हुन्छ ।

    राजनीतिक अनिश्चितताले युवा पिँढीमा कस्तो समस्या निम्त्याउँछ र यसका लक्षण कस्ता हुन्छन् ?

    राजनीतिक अस्थिरता, सामाजिक तनाव र भविष्यप्रति अनिश्चितले युवाको मानसिक स्वास्थ्यमा गहिरो असर पार्छ । यसले उनीहरूलाई गलत बाटोतर्फ धकेल्ने जोखिमसमेत बढाउँछ । राजनीतिक अनिश्चियमा युवा पिँढीमा तत्कालका लागि एन्जाइटी, डर र चिन्ताको स्तर बढ्छ । अनिश्चिय र भविष्यप्रतिको निराशाले नकारात्मक भावना बढ्ने हुँदा दीर्घकालमा डिप्रेसन र क्रोनिक एन्जाइटिसमेतको जोखिम बढाउँछ । राजनीतिक हिंसा र अस्थिरतासँग जडित वातावरणमा तनाव, चिन्ता र डिप्रेशनको समस्या उल्लेखनीय रूपमा बढ्ने अध्ययनहरूले पनि देखाएका छन् ।

    लामो समयसम्म तनाव, चिन्ता र निराशाको अवस्थासँग जुधिरहेका युवाहरू त्यसको समाधानको खोजीमा गलत मार्ग रोज्ने सम्भावना बढी हुन्छ । जसमा लागुऔषध दुर्व्यसन एक प्रमुख जोखिम हो । मानसिक पीडाबाट राहत पाउन वा साथीहरूको दबाबमा उनीहरू लागुपदार्थ प्रयोगतर्फ आकर्षित हुन सक्छन् । यस्तो प्रवृत्तिले उनीहरूको मानसिक र शारीरिक स्वास्थ्यमा थप जटिलता थप्छ । यसले पढाइ, सामाजिक सम्बन्ध र भविष्यको सम्भावनालाई पनि गम्भीर रूपमा प्रभावित पार्छ । त्यसैले यस्ता अवस्थामा युवालाई मनोसामाजिक परामर्श, भावनात्मक सहयोग र सकारात्मक गतिविधिमा संलग्न गराउन अत्यन्त जरुरी हुन्छ ।

    आमनागरिकले आफ्‌नो मानसिक स्वास्थ्य स्वस्थ्य राख्न दैनिक जीवनमा के–के गर्न सक्छन् ?

    मानसिक स्वास्थ्य जोगाउन सबैभन्दा पहिला आफ्‌नो दैनिकीमा सुधार ल्याउनुपर्छ । मुख्य कुरा आफ्‌नो परिवारसँग समय बिताउनु हो । परिवारमा आफ्ना कुरा राख्ने र सामाजिक सम्बन्ध मजबुत राख्नु अत्यन्त जरुरी हुन्छ । आफूभित्रको पीडा, डर वा चिन्ताबारे आफ्‌नो विश्वासिला व्यक्तिसँग खुलेर राख्दा मानसिक बोझ धेरै हदसम्म कम हुन्छ । त्यस्तै समाचार र सामाजिक सञ्जालप्रति पनि सचेत रहनुपर्छ । आजकल हामी निरन्तर नकारात्मक समाचार र अनावश्यक सूचनामा डुबिरहेका हुन्छौँ । त्यसले मानसिक शान्तिमा असर पार्छ । त्यसैले विश्वासिलो स्रोतबाट समाचार र सूचना थाहा पाउनेमा ढुक्क हुनुपर्छ । बारम्बार नभई आवश्यकतानुसार मात्र हेर्ने र सामाजिक सञ्जालको अनावश्यक प्रयोगबाट जोगिने बानी बसाल्नुपर्छ । नियमित व्यायाम, योग, गहिरो श्वास फेर्ने अभ्यास, पर्याप्त निद्रा र सन्तुलित आहारमा ध्यान दिनु मानसिक सन्तुलनका लागि आधारभूत कुरा हुन् । सबैभन्दा महत्वपूर्ण भनेको आफ्‌नो मानसिक अवस्थाप्रति सजग रहनु र आवश्यकता पर्दा मानसिक स्वास्थ्य विज्ञसँग परामर्श लिन नहिच्किचाउनु नै हो ।

    यस्तो अवस्थामा अभिभावकको भूमिका कस्तो रहन्छ ?

    स्वस्थ जीवनशैलीको निर्माणमा परिवारको भुमिका संवेदनशील हुन्छ । अभिभावकहरू यस्तो परिस्थितिमा संवेदनशील र सहयोगी बन्नुपर्छ । बुबाआमाले आफ्ना नानीबाबुसँग साथीसरह व्यवहार गर्दै उनीहरूको कुरा ध्यानपूर्वक सुन्नु र बुझ्ने प्रयास गर्नुपर्छ । बच्चाहरूले राख्ने जिज्ञासालाई सहज ढंगले सम्बोधन गर्नु, उनीहरूलाई सही–गलत छुट्याउन सहयोग गर्नु र कुनै शंका वा समस्याबारे खुलेर कुरा गर्न प्रोत्साहित गर्नु अभिभावकको दायित्व हुन्छ । घरभित्र सकारात्मक र सुरक्षित वातावरण सिर्जना गर्नु, बच्चाको भावनालाई पर्याप्त स्थान दिनु, सामाजिक सम्बन्ध र सकारात्मक गतिविधिमा संलग्न गराउन सहयोग गर्नुपर्छ । सहयोगी, खुला र विश्वासिलो वातावरण निर्माण गर्नसकेमा बालबालिकाले तनावमासमेत सहज रूपमा पार गर्न सक्छन् र उनीहरूको आत्मबल तथा मानसिक सशक्तता मजबुत बन्छ ।

    अहिलेको परिस्थितिमा देखिन सक्ने मानसिक स्वास्थ्य समस्या समाधान गर्न के–कस्ता प्रयासहरू आवश्यक देख्नुहुन्छ ?

    समाजमा देखिने मानसिक स्वास्थ्यसम्बन्धी चुनौतीहरू केबल व्यक्तिगतमा मात्रै सीमित हुँदैनन् । यसलाई  सामाजिक र नीतिगत तहमै सम्बोधन गर्नुपर्ने हुन्छ । घर र छरछिमेकका साथै, विद्यालयदेखि कार्यस्थलसम्म मानसिक स्वास्थ्य शिक्षा र परामर्श सेवाको व्यवस्था गरिनुपर्छ । समुदायस्तरमा मनोसामाजिक सहयोग प्रणाली विस्तार गर्नु र युवाका लागि सुरक्षित अभिव्यक्ति र सहभागिताको वातावरण बनाउन सहयोग गर्नुपर्छ ।

    त्यस्तै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा जिम्मेवार र तथ्यपरक सामग्री प्रवाहको सुनिश्चित हुनुपर्छ । मानसिक स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवा जतिकै महत्व दिँदै दीर्घकालीन रणनीति बनाइएन भने यस्ता राजनीतिक सङ्कटपछिका मानसिक असरहरू अझ गहिरिँदै जान सक्छन् ।

    आइतबार, भदौ २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्वस्थ भए पनि मसालप्रति प्रतिबद्ध छु
    लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो– प्रथम राष्ट्रपति डा यादव
    गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
    पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार
    तानाशाही ध्येयका साथ विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाइँदैछ : जिसी (भिडियो अन्तर्वार्ता)
    चीनमा स्वेच्छिक अंगदाता संख्या ७३ लाख नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.