• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

आज नेपाल रेडक्रसको स्थापना दिवस मनाइँदै


  •   बिहिबार, भदौ १९, २०८२ मा प्रकाशित
  • काठमाडौँ । ‘मानवताको पक्षमा’ भन्ने नाराका साथ नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को स्थापना दिवस विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ। नेपाल रेडक्रस सोसाइटी विश्व रेडक्रस अभियानको अभिन्न अङ्गको रूपमा २०२० सालमा आजकै दिन स्थापना भएको थियो । नेपाल रेडक्रसले देशभरि मानवीय सेवाका विविध कार्य गर्दै आइरहेको छ ।

    Advertisement

    नेपालको सबैभन्दा ठूलो मानवीय संस्थाको रूपमा रहेको यस सोसाइटीका करिब ११ लाखभन्दा बढी स्वयंसेवक मानवीय सेवाका कार्यमा तल्लीन रहेका सोसाइटीका निमित्त कार्यकारी निर्देशक धर्मदत्त विडारीले जानकारी दिनुभयो । हाल यस सोसाइटीको सात वटा प्रदेश समिति, ७७ जिल्ला शाखा, १,६२३ उपशाखा, ११५ सहयोग समिति र ६,५८७ जुनियर तथा युवा सर्कल सहितको साङ्गठनिक संरचना रहेका छन् । ‘म सेवा गर्छु ’ भन्ने मूलमन्त्र राखी नेपाल रेडक्रसले नेपाल सरकारको सहयोगीको रूपमा रही सङ्गठन विकास, जुनियर तथा युवा विकास, विपद् तथा सङ्कट व्यवस्थापन, सामुदायिक विकास, लैङ्गिक तथा समावेशीकरण, मानवीय मूल्य तथा रेडक्रस सिद्धान्तको प्रवद्र्धन, स्वास्थ्य सेवा, रक्तसञ्चार सेवाजस्ता महत्वपूर्ण गतिविधि देशैभरी सञ्चालन गर्दै आएका उहाँले बताउनुभयो ।

    निमित्त कार्यकारी निर्देशक विडारीले गतवर्ष देशका विभिन्न स्थानमा आएको बाढीपहिरो, आगलागी र शीतलहरबाट प्रभावित ४ हजार ९०६ परिवारलाई सोसाइटीले राहत सामग्री वितरण गरेको छ । साथै, ५हजार ३३ परिवारलाई पूर्वानुमानमा आधारित पूर्वकार्य, पुनर्लाभ, प्रतिकार्य र जीविकोपार्जनका लागि कूल रु १२ करोड २४ लाख २० हजार नौ सय ४ रुपैयाँ बराबरको नगद सहायता उपलब्ध गराइएको छ । आपत्कालीन परिस्थितिको तयारीस्वरूप, नेपाल रेडक्रसले हाल १ केन्द्रीय, ६ प्रदेशस्तरीय र ५ उपक्षत्रीय गोदामको साथै सबै जिल्ला शाखामा आवश्यक उद्धार तथा राहत सामग्रीको भण्डारणको व्यवस्था मिलाएको छ ।

    यसै वर्ष केही समय अगाडि मधेसमा भएको खडेरी सङ्कट र पर्सा जिल्लामा देखापरेको हैजा सङ्क्रमणमा अन्य स्रोतबाट सहयोग परिचालन गरी प्रभावित क्षेत्रमा प्रतिकार्यका गतिविधि जस्तै स्वच्छ खानेपानी वितरण, हात धुने अभ्याससहित साबुन वितरण, आपत्कालीन शौचालय निर्माण र सरसफाइ तथा स्वच्छताका गतिविधिसँगै सयौंँजना स्वयंसेवक परिचालनलगायतका गतिविधि स्थानीय सरकार एवम् सरोकारवालासँंगको समन्वयमा भइरहेका नेपाल रेडक्रसले जनाएको छ ।

    मानवीय मूल्य प्रवद्र्धन, रेडक्रसका आधारभूत सिद्धान्त, दृश्यात्मक पहिचान, सुरक्षित पहुँच, शान्ति प्रवद्र्धन र अन्तरराष्ट्रिय मानवीय कानुनसम्बन्धी प्रचारप्रसार सबै प्रदेशमा भइरहेका छन् । नेपाल रेडक्रसको हटलाइन ११३० मा सेवा र गतिविधिसँग सम्बन्धित १,९३७ कलहरूको सम्बोधन गरिएको छ भने विभिन्न समसामयिक विषय तथा सोसाइटीका सेवा र गतिविधिसँग सम्बन्धित १०४ रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण भएको छ ।

    सामुदायिक विकास अन्तर्गत ओखलढुङ्गा, सङ्खुवासभा र सिन्धुली जिल्लाका विभिन्न विद्यालय र समुदायमा गरी आठ खानेपानी आयोजना निर्माण सम्पन्न र म्याग्दी जिल्लाका रघुगङ्गा गाउँपालिकाका अति विपन्न समुदायका ९०१ घरधुरीलाई जीविकोपार्जन प्रवद्र्धन तालिम तथा नगद सहायता वितरण गरिएका छन् भने यी गतिविधिबाट दुई हजारभन्दा बढी लाभन्वित भएका नेपाल रेडक्रसका निमित्त कार्यकारी निर्देशक विडारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    विज्ञप्तिमा केन्द्रीय, प्रादेशिक, जिल्लास्तरीय र आकस्मिक रक्तसञ्चार गरी नेपालको ७३ जिल्लाका १२० स्थानमा रक्तसञ्चार सेवा केन्द्र तथा एकाइ क्रियाशील छन् । सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार सेवाबाट २ लाख ९४ हजार ८४८ युनिट रगत सङ्कलन गर्न र ४ लाख २ हजार ५१० युनिट रगत तथा रक्ततत्व बिरामीलाई उपलब्ध गराउन सफल भएको छ । थाई रेडक्रसको सहयोगमा प्रदर्शनीमार्गमा केन्द्रीय रक्तसञ्चार सेवाको नयाँ आधुनिक भवन निर्माण सम्पन्न भई हाल सोही स्थानबाट अझ प्रभावकारी रूपमा सेवा प्रदान गरिँदै आएको उल्लेख छ ।

    यसैगरी एम्बुलेन्स सेवाअन्तर्गत, ६५ शाखा, उपशाखा र सर्कलमार्फत १९६ स्थानबाट सञ्चालनमा रहेका दुई सय ४२ एम्बुलेन्सद्वारा विगत एक वर्षमा करिब ८६ हजार चार सय बिरामी तथा घाइतेलाई सेवा प्रदान गरिएको छ । यसवर्ष संस्थाद्वारा सञ्चालित प्राथमिक उपचारका गतिविधिमार्फत तीन हजार १२ जना प्रत्यक्ष रूपमा लाभान्वित भएका छन । त्यस्तै, नेपाल रेडक्रस सोसाइटीका श्री जानकी आँखा अस्पताल र सुर्खेत आँखा अस्पताल एवम् विभिन्न सामुदायिक आँखा उपचार केन्द्रबाट दुई लाख ९५ हजार पाँच सय २० जनाले सेवा लिएका नेपाल रेडक्रसले विज्ञप्तिमा उल्लेख गरेको छ ।

    विज्ञप्तिमा भनिएको छ “नेपाल रेडक्रस सोसाइटीका सेवामूलक तथा विकासमूलक मानवीय सेवाका गतिविधि सफलतापूर्वक सञ्चालन गर्ने स्वयंसेवक तथा कर्मचारी र यस उपलब्धिमा सहयोग गर्नुहुने सङ्घीय, प्रादेशिक र स्थानीय सरकार, विभिन्न साझेदार राष्ट्रिय सोसाइटी, संयुक्त राष्ट्रसङघीय निकाय तथा अन्य सहयोगी निकायहरू र सञ्चारकर्मीमा सोसाइटीको ६३औँ स्थापना दिवसको अवसरमा हार्दिक आभार ज्ञापन गर्दछौँ । साथै, नेपाल रेडक्रसको उन्नयनका लागि साथ र सहयोग गर्नुहुने सबैप्रति हार्दिक धन्यवादसहित नेपाल रेडक्रसको सेवामूलक गतिविधिमा सबैबाट निरन्तर सहयोग प्राप्त हुनेमा हामी विश्वस्त छौँ ।”

    बिहिबार, भदौ १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.