काठमाडौँ । राष्ट्रिय जनमोर्चा केन्द्रीय उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले तिज पर्वलाई लैङ्गीक समानता र नारी सशक्तीकरणको अवसरका रूपमा उपयोग गर्नुपर्ने बताउनु भएको छ ।
Advertisement
नेपाली महिलाहरूको विशेष चाड तिज पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आमा, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी एकता र पारिवारिक सद्भावको शुभकामना प्रकट गर्नुभएको छ ।