• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

पञ्चायती ज्यादतीको विरोध गर्दा लेखापालको जागिर गयो : भट्ट (भिडियो कुराकानी)


  •   शनिबार, भदौ ०७, २०८२ मा प्रकाशित
  • प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।

    Advertisement

    वामपन्थी नेता आरसी (रामचन्द्र) भट्टले पञ्चायती ज्यादतीको विरोध गर्दा लेखापालको जागिर गुमाएको स्मरण गर्नुभएको छ ।

    २०८२ भदौ ६ गते शुक्रबार युगदर्शन मिडियासित अतीतका घटना साझा गर्दै उहाँले सो जानकारी दिनुभएको हो ।

    २०२८ सालमा काठमाडौँ धोबीचौरस्थित पब्लिक युथ क्याम्पसबाट बिकम पास गर्नुभएका भट्टले खानेपानी विभागमा लेखापालको जागिर खान कैलाली पुग्नुभएको थियो ।

    कैलालीको थारूबस्तीमा स्थानीय पञ्चले रक्सी खाएर त्यहाँका महिलासहित स्थानीयवासी ज्यादती गरेको उहाँले देख्नुभयो । सो ज्यादतीको विरोधमा आवाज उठाएसँगै उहाँले जागिर पनि गुमाउनुभयो ।

    ‘कैलालीका थारूबस्तीमा स्थानीय पञ्चले रक्सी खाएर साँझ बस्तीमा पस्ने र विभिन्न ज्यादती गरेको रिपोर्ट हामीकहाँ आएको थियो’ उहाँले भन्नुभयो– ‘स्थानीयवासीको रिपोर्टको आधारमा त्यो ज्यादतीको विरुद्ध सङ्घर्ष गर्न हामीले भेला गरेर ३१ सदस्यीय किसान सङ्घर्ष समिति बनायौँ । त्यो समितिमा पनि सदस्य थिएँ ।’

    समिति बनेपछि आफूहरूले नियम बनाएको उहाँले स्मरण गर्नुभयो । सो नियमभित्र साँझ निश्चित समयभित्र घर फर्किनुपर्ने, त्यसो नगरे दण्डजरिवाना गरिने उल्लेख थियो ।

    किसान सङ्घर्ष समिति बनाएको सो सूचना सुराकीले अञ्चलाधीशकहाँ पुऱ्याएका थिए । त्यस क्रममा त्यहाँका थारू किसानलाई स्थानीय पञ्चले हातपातसमेत गरेका थिए । यस प्रसङ्गमा उहाँहरूले सम्बन्धित व्यक्तिलाई कागज बनाएर, कान समाती उठबस गराई माफीसमेत मगाउनुभएको थियो ।


    यसरी गयो जागिर
    कैलाली थारूबस्तीको उक्त प्रकरणपछि भट्टका विरुद्ध सुराकी र दमन झन् बढेर गयो ।

    ‘एक जना चौधरी थरका बहिदारले यी त निजामती कर्मचारी हुन् । यिनले यस्तो काम गर्न कहाँ पाउँछन् भनेर पुलिस बोलाए’ सो घटना स्मरण गर्दै भट्टले भन्नुभयो–’मेरो घरमा पुलिस आइपुग्यो र खानतलासी गर्न थाल्यो । मसित भएका माओत्सेतुङका राता किताब, विभिन्न पत्रपत्रिका, पुस्तक, मेरा हस्तलिखित सामग्रीको आधारमा मलाई गिरफ्तार गरियो ।’

    प्रहरीले तत्कालीन अञ्चलाधीश लक्षबहादुर गुरुङको नियन्त्रणमा छ दिनसम्म बन्दकोठामा राखिएको उहाँ सम्झनुहुन्छ ।

    ‘त्यस क्रममा मलाई अँध्यारो कोठामा राखियो । पेटभरि खान दिइए । कोही आफन्त छ भने बोलाउन भनियो तर त्यहाँ मेरो खासै कोही थिएन । अन्तिममा केही अफिसर सामेल भएको इजलासले मसित सोधपुछ गऱ्यो’ त्यतिखेर इजलासलाई दिएको बयान स्मरण गर्दै उहाँले भन्नुभयो– ‘पञ्चको ज्यादती मलाई सह्य भएन । मैले ३१ सदस्यीय सङ्गठन बनाएकै हो । त्यसको एउटा सदस्य म पनि हुँ भनेर मैले बयान दिएको थिएँ ।’
    इजलासले ‘तिमी निजामती कर्मचारीलाई राजनीति गर्ने अधिकार छैन’ भन्दै पौने घण्टाजति सोधेको स्मरण उहाँ गर्नुहुन्छ ।

    अन्तिममा एउटा पत्र दिएर उहाँलाई इजलासले विदा गरेको थियो । घर पुगी त्यो पत्र खोलेर हेर्दा त्यसमा निजामती कर्मचारीले राजनीति गरेका कारण भविष्यका लागिसमेत अयोग्य हुने गरी बर्खास्त गरिएको व्यहोरा उल्लेख थियो । त्यसपछि उहाँको लेखापालको जागिर गयो ।

    सो निर्णयको विरुद्ध उहाँले अपिल गर्नुभयो । उहाँले गृहमन्त्रालय, लोकसेवा आयोग, निजामति किताबखाना र अञ्चलाधीशकहाँ लिखित पत्र रजिस्ट्री गर्नुभएको थियो । त्यसपछि पुरानो निर्णयमा सुधार गरेर भविष्यमा अयोग्य नहुने गरी लेखापालबाट बर्खास्त गरिएको थियो ।

    राजनीतिमा प्रवेश

    २०२५ सालमा उहाँ काठमाडौँ धोबीचौरको पब्लिक युथ क्याम्पसमा आइकममा भर्ना हुनुभएको थियो । त्यति बेला विद्यार्थीको एउटा जुलुस रत्नपार्कबाट आउँदै थियो । सो जुलुसले पर्चा पनि बाँडिरहेको थियो । त्यसमध्येको एउटा पत्र भट्टले पनि लिनुभयो ।

    ‘घर गएर त्यो पर्चा पढेँ । त्यसमा सुस्ता र महेशपुरको विषय उल्लेख थियो । त्यहाँ सुस्ता र महेशपुर हाम्रा हुन्, त्यहाँ अतिक्रमण बन्द हुनुपर्दछ भन्ने भाव लेखिएको थियो’ उहाँले पर्चाको स्मरण गर्दै भन्नुभयो ।

    सो घटनापछि उहाँ राजनीतिमा तानिनुभयो । त्यसपछि उहाँ सुदूर पश्चिम विद्यार्थी परिषद्मा सामेल हुनुभयो । त्यसको एकाइ समिति पब्लिक युथ क्याम्पसमा पनि खोल्नुभयो ।

    उहाँ भन्नुहुन्छ– ‘२०२५ सालको यो घटनापछि म वामपन्थी राजनीतिको प्रभावमा आएँ ।’

    परिवारको दुखद अवस्था

    भट्टजीको जन्म डडेलधुरामा भएको थियो । पछि उहाँ कैलाली बसाइँ सर्नुभएको थियो ।

    परिवारको कठिन परिस्थिति सम्झिँदै उहाँ भन्नुहुन्छ– ‘हामी पाँच भाइ टुहुरा थियौँ । आमा र बाबा हामी सानै हुँदा चार दिनको फरकमा बित्नुभएको थियो । त्यसपछि एउटा भाइ पनि बित्यो । अब हामी चार भाइ बाँकी थियौँ ।’

    जेठो दाजु अनपढ रहेको जानकारी दिँदै माइली भाउजूको मृत्युको स्मरण गर्दै उहाँले भन्नुभयो– ‘माइली भाउजूलाई गोरुले पेट्मा हान्यो । त्यतिखेर उपचार कहाँ पाउँनु ? पछिसम्म त्यही घाउ बल्झिएर उहाँको देहान्त नै भयो ।’

    त्यतिखेर माहिला दाजुले डडेलधुराको १९ रोपनी खेत बेचेर आफूलाई काठमाडौँ पढ्न पठाएको उहाँले बताउनुभयो ।

    त्यति बेलाको समयमा पनि महिला दाजुको त्यो चेतनाप्रति भट्टले अहिले पनि सम्मान व्यक्त गर्नुपर्छ ।

    जागिर अरू पनि खानुभयो

    लेखापालको जागिर खाने बेलातिरै उहाँले विवाह गर्नुभएको थियो । कैलालीमा लेखापालको जागिर गएपछि उहाँका सामु जीविकोपार्जनको समस्या आइपऱ्यो तर बिकम पास गर्नुभएका भट्टलाई जागिर खोज्न खासै समस्या भने परेन ।

    यस सम्बन्धमा उहाँ भन्नुहुन्छ– ‘त्यति बेला मिडिल क्लास (कक्षा ८), एसएलसी, आइए, बिए पढेकालाई डोको भरी भरी जागिर पाइन्थ्यो ।’

    उहाँले भनेझैँ डोटीको बुडहरको एउटा निम्नमाध्यम तहसम्म पढाइ हुने स्कुलमा पढाउने प्रस्तावका लागि त्यहाँका सञ्चालक समितिका सदस्य नै कैलाली उहाँको घरसम्म आइपुगे । उनीहरूले उनकी श्रीमतीलाई मनाएर भट्टलाई शिक्षकको रूपमा बुडहर लगे ।

    बुडहरमा भट्टले तीन वर्षजति पढाउनुभयो तर तलब नियमित हुन नसकेपछि उहाँले सो जागिर छोड्न बाध्य हुनुभयो ।

    सो स्थानको जागिरको स्मरण गर्दै उहाँ भन्नुहुन्छ– ‘शुक्रबार साँझ विद्यार्थीहरूले मलाई आआफ्नो घर लैजान्थे । त्यति बेला मैले स्थानीयवासीसँग कुराकानी गरेर समिति गठन गरेको थिएँ ।’

    बुडहरमा शिक्षक हुँदा उहाँको प्रभाव बढ्दै गएको थियो तर आर्थिक समस्याले गर्दा त्यहाँको जिम्मा अम्बादत्त जोशीलाई सुम्पिएर भट्टले सो जागिर छोड्नुभयो ।

    त्यसपछि उहाँले केही समय सहायक प्रशासकको जागिर पनि खानुभयो । २०३५ सालतिर उहाँले खाद्य गोदामको कम्पनीमा फेरि लेखापालको जागिर खानुभयो । त्यस क्रममा उहाँले खाद्य गोदामको केन्द्रीय कार्यालयमा रहेर काम गर्नुभयो ।

    त्यस्तै उहाँले कृषि विकास बैङ्कमा पनि लेखापालमा निवेदन दिनुभएको थियो ।

    चौथो महाधिवेशन पक्षसित सम्पर्क

    यसैबिचमा उहाँ कम्युनिस्ट पार्टीको सम्पर्कमा पनि आउनु थाल्नुभएको थियो, खासगरी चौथो महाधिवेशन पक्षधर कम्युनिस्ट पार्टीसँग ।

    ‘२०३७ सालसम्म सुदूरपश्चिममा कम्युनिस्ट प्रभाव प्रकट रूपमा देखा परेको थिएन’ उहाँ भन्नुहुन्छ ।

    पछि नेकपाका विभिन्न साहित्य र विभिन्न व्यक्तित्वसँगको सम्पर्कमा उहाँ चौथो महाधिवेशन पक्षमा सामेल हुनुभयो ।

    (भट्टको चौथो महाधिवेशनमा संलग्नतापछिको संस्मरण अर्कोपटक प्रस्तुत गरिनेछ । यस खण्डको भिडियो कुराकानीको पूर्ण पाठका लागि युगदर्शन मिडियाको युट्युब च्यानल वाच गर्न अनुरोध गरिन्छ) ।

    शनिबार, भदौ ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.