• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

लिपुलेक व्यापार सम्झौता खारेज गर्न चार किसान सङ्गठनको माग


  •   शनिबार, भदौ ०७, २०८२ मा प्रकाशित
  • काठमाडौँ । चार किसान सङ्गठनले चीन र भारतले लिपुलेकलाई व्यापारिक नाकाको रूपमा प्रयोग गर्ने सम्झौता गरेपछि त्यसको विरोध गरेका छन् ।

    Advertisement

    २०८२ भदौ ६ गने बिहीबार सम्पन्न संयुक्त बैठकले सो निर्णय गरेको हो ।

    नेपालमाथि भारतको हस्तक्षेपलाई मान्यता दिने गरी चीनसमेतले सो सम्झौता गर्नु पञ्चशील, संयुक्त राष्ट्र सङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको विरुद्ध रहेको उनीहरूले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

    वक्तव्यमा अनुदानको पाखण्ड राखेर चीनका विरुद्ध नेपालमा एमसिसी कार्यान्वयन गरिएकोमा त्यसको खारेजी गर्नुपर्ने उल्लेख छ ।

    सरकारले भूमि ऐन पारित गरेर कृषि र किसानलाई कर्पोरेट पुँजीवादको पकडमा लैजान खोजेको भन्दै वक्तव्यमा त्यसका विरुद्ध राष्ट्रव्यापी रूपमा आवाज उठाउनुपर्ने बताइएको छ ।

    त्यस्तै खेतीयोग्य जमिनलाई घडेरीकरण गरेर किसानलाई विस्थापित गर्ने नीतिको विरोध गर्दै प्रकृतिमैत्री तथा जनस्वास्थ्यमैत्री कृषिको विकासमा जोड दिइएको छ ।

    वक्तव्यमा झापा र इलामका चियाबगान मालिकले कर नतिरेको सम्बन्धमा कर असुलउपर गर्न माग गरिएको छ ।

    राष्ट्रियता, कृषि, किसान तथा राष्ट्रिय अर्थतन्त्रको विषयलाई विषयविज्ञसमेतको सहभागितामा अन्तरक्रिया गर्ने निर्णय भएको वक्तव्यमा जानकारी गराइएको छ ।

    वक्तव्यमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, क्रान्तिकारी किसान महासङ्घका अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान यूनियनका इन्चार्ज लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान सङ्घका अध्यक्ष दुर्गाप्रसाद जैसीको हस्ताक्षर रहेको छ ।

    यस्तो छ, वक्तव्यको पूर्ण पाठ :

    “१. भारतीय प्रभुत्ववादी विस्तारवादी शक्तिले वर्षौंदेखि नेपाली भूमि अतिक्रमण र ठाडो हस्तक्षेप गरेर नेपालको सार्वभौमिक अखण्डता र स्वाधीनतामाथि निरन्तर खतरा पुऱ्याइरहेको र विवाद खडा गरिरहेको तथा नेपाली जनताले त्यस अतिक्रमण र हस्तक्षेपको अविछिन्न रूपमा विरोध गरिरहेको सन्दर्भमा त्यसै लिपुलेक क्षेत्र भएर हालै चीन र भारतले सीमा व्यापारका निम्ति नाका खोल्ने जुन सम्झौता गरेका छन्, त्यो नेपालमाथि भारतले दशकौँदेखि गर्दै आएको यो नाङ्गो हस्तक्षेप र अतिक्रमणलाई यो समस्या बुझेको चीनले समेत मान्यता दिएर नेपालसँग पञ्चशील, संयुक्त राष्ट्र सङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको मूल्यमान्यतामा आधारित रहँदै आएको नेपाल र चीनबिचको सुसम्बन्धलाई खलल पुऱ्याएको छ । अतः यो चीन र भारतबिचको नेपाली भौगोलिक अखण्डता मिचेर जबर्जस्ती गरिएको अतिक्रमणकारी सीमाव्यापार विस्तार सम्झौता खारेज गरिनुपर्दछ भन्ने बैठकले जोडदार माग गरेको छ ।

    २. अमेरिकी ट्रम्प प्रशासनले स्थगित गरेको र पुनः सुचारु गरेको नेपाल र नेपाली जनता विरुद्धको एमसिसीले अमेरिकाले नेपाललाई सैन्य अखडामा परिणत गरी चीनलाई घेराउ गर्ने उसको अभिष्टलाई पुनः प्रष्ट पारेको छ । अतः अनुदानको पाखण्डपूर्ण नाम राखेर आएको यो अमेरिकी विश्व रणनीतिको एक अङ्ग इन्डोप्यासिफिक रणनीति (आइपिएस) अन्तर्गतको हस्तक्षेपका विरुद्ध खडा हुन र यसको खारेजीको आन्दोलनलाई अघि बढाउन तथा नेपाललाई साम्राज्यवादको अखडा बन्न नदिन नेपाली जनता संयुक्त रूपमा सङ्घर्षशील रहनुको कुनै विकल्प छैन भन्ने निष्कर्ष बैठकले पुनः निकालेको छ ।

    ३. सरकारले किसान विरोधी विवादास्पद भूमि ऐन पास गरेर कृषि र किसानलाई कर्पोरेट पुँजीवादको पकडमा पुऱ्याउने जुन खतरनाक खेलबाड गरेको छ, त्यसको बैठकले जोडदार विरोध गरेको छ र नेपालको कृषि र जीवनदायिनी शक्ति किसानलाई जोगाउन सम्पूर्ण किसान र देशका सबै क्षेत्रका सचेत बुद्धिजीवीसमेत एकजुट भएर राष्ट्रव्यापी रूपमा आवाज उठाउँदै सङ्घर्ष गर्नु अत्यावश्यक रहेको बैठकले आह्वान गरेको छ ।

    ४. खेतीयोग्य जमिनलाई घडेरीको मूल्यको लोभ देखाएर कृषिबाट किसानलाई विस्थापित गर्ने र अन्ततः स्थानीय निकायलाई नै कमजोर तुल्याउने प्रपञ्चलाई रोक्नुपर्ने माग पनि बैठकले गरेको छ ।

    ५. कृषिमा बढ्दो विषादीकरण र रासायनीकरणले प्रकृति, माटो, बालीनाली र मानिसको स्वास्थ्यसमेतलाई गम्भीर नकारात्मक असर पारिरहेकाले त्यसको विकल्प प्रकृतिमैत्री र जनस्वास्थ्यमैत्री कृषि विकास बढ्दो बाह्य हस्तक्षेपको विरोध गरेको छ ।

    ६. निजी क्षेत्रलाई सुम्पिएका झापा र इलामका चियाबगानले वर्षौंदेखि राज्यलाई राजस्व नबुझाएको यथार्थ छानबिन होस् र राजस्व छल्ने त्यस्ता अपराधीलाई जरिवाना र हर्जानासहित त्यस्ता चियाबगान मालिकबाट यथाशीघ्र राजस्व असुलउपर गरियोस् भन्ने पनि बैठकले जोडदार माग गरेको छ ।

    ७. बैठकले राष्ट्रियता, कृषि, किसान तथा राष्ट्रिय अर्थतन्त्रमाथि बढ्दो खतरालाई लिएर विषयविशेषज्ञसिहतका अन्तरक्रिया गर्नेसमेत निर्णय लिएको छ ।”

    शनिबार, भदौ ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.