• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

बगैँचाखेतीमा किसानको आकर्षण बढ्दो


  •   शुक्रबार, साउन ३०, २०८२ मा प्रकाशित
  • महोत्तरी । पछिल्ला केही वर्षयता महोत्तरीका किसानमा बगैँचा फलफूल खेतीतिर आकर्षण बढ्दैछ । अन्नबाली, तरकारी र उखुसहितका अन्यबाली लगाउन भरपर्दो सिँचाइ एवं बीउ, मल समयमा नपाइएपछि किसानको बगैँचाखेतीमा आकर्षण बढेको हो ।

    Advertisement

    जिल्लामा बगैँचाखेतीमा मुख्य रुपले आँप लगाइन्छ । लिची, रुखकटहर, सपातो र केरासहितका फलपूmल लगाइए पनि बगैँचाखेतीमा आँपतिर नै किसानको आकर्षण देखिएको छ । सामान्य सिँचाइमा गर्न सकिने, एकपटक लगाएपछि कमसेकम एक दशकसम्म हुने र बर्सेनि सामान्य गोडमेल गरेर बोट घेरबार गर्नसके आँप सजिलै हुर्कने किसान बताउँछन् । यसपालि लामो खडेरीले मुख्यबाली धान लगाउन हम्मेहम्मे परेको बताउँदै भङ्गाहा–४ का ६० वर्षीय किसान गंगाराम महतोले अब आँप रोप्ने तयारी गरेको बताउनुभयो ।

    ‘यसपाली खडेरीले कस्तो पाठ सिकायो, मैले अब आँपखेती बढाउने तयारी गरे’, महतोले भन्नुभयो, ‘करिब १० कठ्ठा जग्गामा आँप रोप्न खनेको खाल्डोमा कम्पोष्ट मल राखिसके, अब भदौ पहिलो साताभित्रै रोपिसक्छु ।’ बिरुवा रोपिएको दुई वर्षभित्रै उत्पादन दिन थाल्ने हुँदा एक वर्षमात्र खेप्नुपर्ने उहाँको भनाइ छ ।

    कृषिको जनशक्ति विदेशिएको, मौसमको प्रतिकूलता र अन्नखेती लगाउन खर्च बढ्दै गरेको किसानको भनाइ छ । आँप लगाउँदा रोप्ने बेलामा लाग्ने जनशक्तिको खर्च अन्य बालीभन्दा निकै कम हुने बर्दिवास–५ चेरुका राजन पौडेल बताउनुहुन्छ । आफूले दुई बिघाभन्दा बढीमा आँपखेती लगाएको पौडेलको भनाइ छ ।

    ‘मैले लगाएका आँपले उत्पादन दिन थालेको नै दुई वर्ष भइसक्यो, बर्सेनि रु दुई लाख ठेक्कामा व्यापारीले लाने गरेका छन्’, पौडेलले भन्नुभयो, ‘फुल्ने बेलामै ठेक्का भएपछि बगैँचाको स्याहार पनि ठेक्का लिने व्यापारीले नै गर्छन् ।’ आफूले यसपाली पनि एक बिघामा आँपखेती बढाउन लागेको उहाँले बताउनुभयो ।

    आँपका लागि यहाँको माटो र हावापानी अनुकूल भएको तथा खेती कम खर्चिलो भएपछि बगैँचा लगाउने किसान बढ्दैछन् । पाँच वर्षअघिसम्म तीन हजार हेक्टरभन्दा तल रहेको बगैँचाखेती अहिले करिब पाँच हजार हेक्टर पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । पछिला वर्षमा रोपेको वर्षदिनमै उत्पादन दिने नयाँ विकसित जातका आँप लगाउने किसान बढेका कार्यालयका सूचना अधिकारी अविरलकुमार महतो बताउनुहुन्छ ।

    यिनमा स्वर्णरेखा, मल्लिका र आम्रपालीसहित छन् । यी जातका रुख धेरै अग्ला नहुने, थोरै क्षेत्रफलभित्र पनि रोप्न सकिने, बर्सेनि फल्ने र सुगन्धितसँगै मीठो स्वादका हुँदा उपभोक्ताको रोजाइमा पर्ने गरेका महतोको अनुभव छ । यीबाहेक पुराना जातका मालदह, ग्रिन बम्बई, सिपिया, गोपालभोग, लालगुलाब, एलो बम्बई, दसहरी, कृष्णभोग र कलकतिया जातका आँपखेतीका लागि किसानको रोजाइमा पर्ने गरेका छन् ।

    बगैँचाखेतीका लागि सरकारले बिरुवा र अन्य प्राविधिक सहयोगमा समन्वय गरिदिनुपर्ने किसानको माग छ । कृषि ज्ञान केन्द्रले किसानले समन्वय गर्दा सहुलियतपूर्ण बिरुवा उपलब्धता र फलफूल विज्ञको प्राविधिक सलाह पाउने व्यवस्था गर्न सकिने कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्द यादव बताउनुहुन्छ ।

    शुक्रबार, साउन ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.