काठमाडौँ। काठमाडौँ आउँदै गरेको बस उत्तरगया गाउँपालिका वडा–५ लहरेपौवामा दुर्घटना भएको छ ।
Advertisement
रसुवाको पासाङल्हामू मार्ग अन्तर्गत लहरेपौवामा बा ४ ख ८४३५ नम्बरको बस दिउँसो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रसुवाका इन्स्पेक्टर राजु शाहले जानकारी दिए ।
उनका अनुसार दुर्घटना बस सडकबाट ३० मिटर तल खसेको छ भने १२ जना यात्रु घाइते भएका छन्।
घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको उनले बताए ।
घाइते भएका सबैलाई जिल्ला अस्पताल त्रिशुली पठाइएको शाहले बताए ।