• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

कोटाको मल अभाव भएपछि निजी कम्पनीको मल वितरण


  •   बुधबार, साउन २१, २०८२ मा प्रकाशित
  • नेपालगञ्ज । बाँकेमा कोटामा पाउने रासायनिक मलको अभाव भएपछि स्थानीय तहले निजी कम्पनीले उत्पादन गरेको रासायनिक मल ल्याएर बिक्री तथा वितरण गर्न थालेका छन् । माटो तथा मल परीक्षण प्रयोगशालाले जाँच गरेर बजारमा ल्याएको मिश्रित रहेको रासायनिक मल गाउँपालिकाका विभिन्न १५ सहकारीमार्फत किसानले प्राप्त गरेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्मरबहादुर विकले जानकारी दिनुभयो ।

    Advertisement

    उहाँले अनुदानमा आएको कोटाको रासायनिक मलको अभावमा किसानलाई मोरङबाट उत्पादन भएको सुन्दर मल वितरण गरिएको बताउनुभयो । “यसलाई किसानले रुचाउनुभएको छ, त्यसैले यसको माग बढेको छ”, उहाँले भन्नुभयो ।

    अध्यक्ष विकले अहिलेसम्म एक हजार ५०० बोरा रासायनिक मल वितरण भएको जानकारी दिँदै सो मलको अझै माग भइरहेको बताउनुभयो । चौध हजार घरधुरी रहेको उक्त गााउपालिकामा अनुदानको मल ९०० बोरा मात्रै पाएपछि विकल्पका रुपमा सो रासायनिक मलको बिक्री वितरण भएको अध्यक्ष विकको भनाइ छ । उहाँले सो मल अनुदानको मलको तुलनामा महँगो भएको समेत उल्लेख गर्नुभयो ।

    नेपालगञ्जमा पनि सो मल बिक्री वितरणका लागि जिल्ला सहकारी सङ्घ, बाँकेको कार्यालयमा राखिएको छ । रासायनिक मल प्राप्त गर्नका लागि त्यहाँ स्थानीय किसानको भीड लागेको छ । “अनुदानको मल नपाएपछि बाध्य भएर यो रासायनिक मल ल्याएका छौँ”, जिल्ला सहकारी सङ्घ, बाँकेका प्रवन्ध सञ्चालक नवराज उपाध्यायले भन्नुभयो ।

    उहाँले अनुदानमा आउने रासायनिक मलभन्दा निजी कम्पनीले उत्पादन गरेको मल महँगो भएको उल्लेख गर्दै रासायनिक मलमा नाइट्रोजन, फस्फोरस र पोटास मिसाइएको बताउनुभयो । सहकारी सङ्घमा ५०० बोरा मल आएकामा १५० बोरा आज मात्र वितरण भएको जानकारी दिँदै प्रबन्ध सञ्चालक उपाध्यायले नेपालगञ्जबाहेक, जानकी र डुुडुवा गाउँपालिकाबाट समेत मल लिन किसान आएको बताउनुभयो । सो रासायनिक मल रु दुई हजार ५०० प्रतिबोरा पर्छ ।

    कृषि सामग्री कम्पनी लिमिटेड, नेपालगञ्जले युरिया मल कोटाअनुसार वितरण भएको जनाएको छ । कृषि सामग्री कम्पनी, लि. नेपालगञ्जका प्रमुख पुष्पराज श्रेष्ठले मागअनुसार मल नआउँदा किसानका माग सम्बोधन नभएको उल्लेख गर्दै खरिद गर्ने बेलामा नै बढी बजेट विनियोजन भए त्यसबाट आपूर्ति सहज हुने बताउनुभयो । बाँकेमा मलको अभाव भएपछि थप युरिया मल पठाउनका लागि पहल भइरहेको प्रमुख श्रेष्ठले बताउनुभयो ।

    बुधबार, साउन २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.